असोज १८,काठमाडौं । नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र(लाइसेन्स)परीक्षा मंसिर ९ मा सञ्चालन गर्ने भएको छ । परिषद्ले बिहीबार एक सूचना प्रकाशित गर्दै पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण भएकाले आवेदन दिनसक्ने बताएको छ ।
यस्तै अनलाइनबाट कात्तिक २१ देखि २३ गतेसम्म दस्तुर बुझाउनुपर्नेछ । उम्मेदवारले यही असोज २१ देखि कात्तिक २० गतेभित्र अनलाइन आवेदन बुझाउन पर्नेछ ।