असोज १६,काठमाडौं । सोमवार राति सवा २ बजेतिर शिवपुरी यातायात प्रालिको धनगाडीबाट काठमाण्डौ तर्फ गईरहेको बा ४ ख ८४८८ नम्बरको बसमा ईन्जनको भागबाट आगोलागी भएको थियो ।
मानवीय क्षति नभएको , बसमा रहेका १७ जना यात्रुलाई अन्य गाडीमा राखि गन्तव्य तर्फ पठाइएको र बसको भित्रको फाईबरको भाग र सिट जलि क्षति भएको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए।