Advertisement
Advertisement
Advertisement
Advertisement

गण्डकी प्रदेशको तनहूँमा सबै भन्दा बढी डेंगुबाट संक्रमित

  |      17:37:00   |  
web image
web image

असोज २८, काठमाडौं । तनहुँमा डेंगुबाट संक्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ। असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेंगु संक्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर डेंगुबाट संक्रमित हुनेको सङ्ख्या सात हजार नौ सय ४६ पुगेको छ। त्यसमध्ये ६५ प्रतिशत बिरामी तनहुँमा छन्। निर्देशनालयका अनुसार तनहुँमा पाँच हजार दुई सय ४२, कास्कीमा एक हजार पाँच सय ४४, गोरखामा पाँच सय ७४, म्याग्दीमा ९२, मनाङमा छ, बागलुङमा एक सय ७६, नवलपुरमा एक सय १०, स्याङ्जामा ५७, पर्वतमा छ, लमजुङमा एक सय ३९ संक्रमित भएका छन्। 

डेंगुबाट प्रदेशभर सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँका पाँच र स्याङ्जाका दुई जना रहेका निर्देशनालयले जनाएको छ। 

तनहुँको व्यास नगरपालिकामा सबैभन्दा बढी डेंगु संक्रमित रहेका जनाउँदै मृत्यु हुने पाँचै जना व्यासका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार व्यासमा मात्रै संक्रमित हुनेको सङ्ख्या चार हजार तीन सय भन्दा बढी छ। 

दमौली  तनहुँमा डेंगुबाट संक्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ। असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेंगु संक्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर डेंगुबाट संक्रमित हुनेको सङ्ख्या सात हजार नौ सय ४६ पुगेको छ। त्यसमध्ये ६५ प्रतिशत बिरामी तनहुँमा छन्। निर्देशनालयका अनुसार तनहुँमा पाँच हजार दुई सय ४२, कास्कीमा एक हजार पाँच सय ४४, गोरखामा पाँच सय ७४, म्याग्दीमा ९२, मनाङमा छ, बागलुङमा एक सय ७६, नवलपुरमा एक सय १०, स्याङ्जामा ५७, पर्वतमा छ, लमजुङमा एक सय ३९ संक्रमित भएका छन्। 

डेंगुबाट प्रदेशभर सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँका पाँच र स्याङ्जाका दुई जना रहेका निर्देशनालयले जनाएको छ। 

तनहुँको व्यास नगरपालिकामा सबैभन्दा बढी डेंगु संक्रमित रहेका जनाउँदै मृत्यु हुने पाँचै जना व्यासका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार व्यासमा मात्रै संक्रमित हुनेको सङ्ख्या चार हजार तीन सय भन्दा बढी छ। 

आँबुखैरेनीमा ३९, ऋषिङमा एक सय २९, घिरिङमा आठ, देवघाटमा सात, बन्दीपुरमा ३२ र म्याग्दे गाउँपालिकामा ६७ जना तथा भानु नगरपालिकामा ७१, भिमादमा एक सय २६, र शुक्लागण्डकीमा दुई सय २१ संक्रमित छन्। संक्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेको अधिकारीले जानकारी दिए। 

सबैभन्दा बढी संक्रमित रहेको व्यास नगरपालिकाको वडा नं १ मा एक हजार २६, २ मा एक हजार एक सय ७५, ३ मा पाँच सय २७, ४ मा छ सय ८०, ५ मा सय एक सय ९०, ६ मा ६३, ७ मा ५४, ८ मा १४, ९ मा ४१, १० मा एक सय ३८, ११ मा एक सय १५, १२ मा ४७, १३ मा ६५ र १४ मा ३० जनामा संक्रमण भएको छ। 

जिल्लाका ३४ स्वास्थ्य संस्थामा डेंगुको परीक्षण गरिएको छ। त्यसमध्ये सबैभन्दा बढी दमौली अस्पतालमा परीक्षण गरिएको छ। डेंगु संक्रमित बढेसँगै अस्पताल तथा मेडिकलमा बिरामीको चाप बढ्दो छ। 

जिल्लाका ३४ स्वास्थ्य संस्थामा डेंगुको परीक्षण गरिएको छ। त्यसमध्ये सबैभन्दा बढी दमौली अस्पतालमा परीक्षण गरिएको छ। डेंगु संक्रमित बढेसँगै अस्पताल तथा मेडिकलमा बिरामीको चाप बढ्दो छ। 

डेंगु संक्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई ‘खोज र नष्ट’अभियान सञ्चालन गर्न परिपत्र गरिएको स्वास्थ्य कार्याका प्रमुख अधिकारीले जानकारी दिए। उनले भने, “डेंगु ज्वरोबाट बच्न र सतर्कता अपनाउन सबै स्थानीय तहमा रहेका स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य संस्थालाई परिपत्र गरी दैनिक सम्पर्क गर्ने गरिएको छ। सचेतनामूलक कार्यक्रमलाई पनि सँगै अगाडी बढाइएको छ।”

अधिकारीका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ। स्थानीय अस्पतालहरूको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीलाई उपचार गर्ने र जटिलता उत्पन्न हुनसक्ने भएमा वा विशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी प्रेषण गर्न सबै अस्पताललाई निर्देशन दिइएको उनले बताए।

“एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो। यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ। यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण हुन्”, अधिकारीले भने।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेंगुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ। पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय रहेका उनले जानकारी दिए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement