असोज १५, काठमाडौं ।नेपाली महिला भलिबल टोलीले चीनको हान्झाउमा जारी १९ औं एसियाडमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
सोमबार भएको समूह सी अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा हार भएको छ ।
दुबै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाट अघि बढ्न सकेन ।
नेपाली महिला भलिबल टोलीले अब नवौंदेखि १२औं स्थानको लागि खेल्नेछ