असाज २१, काठमाडौं । इजरायलले दुई हजार तीन सय नेपाली श्रमिकको माग गरेको छ । यसअघि केयर गिभरका रुपमा एक हजार एक सय नेपाली श्रमिक गएर इजरायलमा काम गरिरहेका छन् ।
इजरायलले सरकारीस्तरमै श्रमिकका रुपमा लैजाने सम्झौता छ । सोहि सम्झौताअनुसार एक हजार तीन सय केयर गिभर र एक हजार कृषि श्रमिकका रुपमा लैजाने प्रस्ताब नेपालसमक्ष गरेको छ ।
इजरायलले माग गरेको दुई हजार तिन सय मध्ये केयर गिभरका एक हजार तीन सय श्रमिक तत्कालै पठाउन प्रकृया सुरु गर्न लागेको श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार व्यवस्थापन महासाखा प्रमुख राजिव पोख्रेलले जानकारी दिए । माग भएका कामदार पठाउने विषयमा मन्त्रालय र इजरायल अधिकारी बीचको पहिलो चरणको बार्ता समेत सकिएको उनले बताए ।
'दुई देशका अधिकारीबीचको वार्ता सकारात्मक रुपमा सम्पन्न भएको छ अब तिहार लगत्तै केएर गिभरका लागि माग भएको एकहजार तिन सय श्रमिक इजरायल पठाउनका लागि आवस्यक प्रक्रिया सुरु गर्छौ , ' पोख्रलले भने ।