Advertisement
Advertisement
Advertisement
Advertisement

विश्वभरका महिला रिसाहा हुँदै गएको सर्वेक्षण सार्वजनिक

  |      00:00:00   |  
Web Image
Web Image

पुस ६, काठमाडौं । विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले विश्वभरका महिला औसतमा पछिल्लो १० वर्षमा रिसाहा हुँदै गएको सङ्केत गरेको छ। यसको कारण के हुन सक्छ ?

दुई वर्षअघि भान्सा कोठामा रहेका बेला ताशा रेनीले निकै चर्को आवाज निस्कने गरी चिच्याइन्। यसले उनी आफैलाई आश्चर्यचकित पार्‍यो।

'रिसाउनु मेरा लागि सधैँ सहज भाव थियो, 'उनले भनिन्। तर यस्तो अवस्था उनले विगतमा महसुस गरेकी थिइनन्।

यो कोभिड महामारीको बीचमा भएको थियो। त्यसको २० मिनेट अघि आफूलाई क्रुद्ध पारेका कुराहरू सम्झँदै घरभित्रै उनी हिँडेकी थिइन्।

त्यसरी चिच्याएपछि उनले असाध्यै हलुका महसुस गरिन्।

पेसाले हिप्नो थेरापिस्ट र लाइफ कोच ताशाले त्यसयता विश्वभरका महिलाहरूलाई जुममा जमा गर्दै उनीहरूलाई क्रुद्ध बनाउने कुराहरूबारे बोल्न लगाउने र चिच्याएर आफ्नो भाव प्रस्फुटन गर्न लगाउने गर्छिन्।

बीबीसीले ग्यालप वर्ल्ड पोलको १० वर्षको तथ्याङ्क केलाउँदा महिलाहरू झन् झन् रिसाहा हुँदै गएको देखिन्छ।

उक्त सर्वेक्षणमा प्रत्येक वर्ष १५० देशका १२०,००० मानिसहरूलाई सोधिने प्रश्नमध्ये अघिल्लो दिन अधिकांश समय ती व्यक्तिले कस्तो भाव महसुस गरेका थिए भन्ने प्रश्न पनि पर्छ।

खास गरी नराम्रो महसुस हुँदा महिलाहरूले क्रोध, नैराश्य, तनाव अनि चिन्ता जस्ता भाव पुरुषको तुलनामा निरन्तर रूपमा बढी महसुस गर्ने गरेको बताउने गरेका छन्।

सन् २०१२ यताको तथ्याङ्क केलाउँदा पुरुषको तुलनामा बढी सङ्ख्यामा महिलाहरूले निराश महसुस गर्ने गरेको देखिन्छ। महिला, पुरुष दुवैले गर्ने यस्तो अनुभूति उकालो लाग्ने क्रममै छ।

तर क्रोध अनि तनाव महसुस हुनुमा पुरुषसँगको तुलनामा खाडल बढ्दो क्रममा छ। सन् २०१२मा दुवै लिङ्गका मानिसहरूले समान तहमा क्रोध अनि तनाव महसुस गर्ने गरेको देखिन्छ।

त्यसको ९ वर्ष पछिको समयसँग तुलना गर्दा महिलाहरू झन् झन् क्रुद्ध बन्दै गएको देखिन्छ। पुरुषहरूको तुलनामा उनीहरू ६ प्रतिशत बढी रिसाहा भएको देखिन्छ। बढी तनाव लिने कुरामा पनि महिलाहरू अघि परेको देखिन्छ।

यस्तो तथ्याङ्कले अमेरिकास्थित एक जना थेरापिस्ट सारा हार्मनलाई आश्चर्यमा पार्दैन। सन् २०२१मा उनले आफूकहाँ आउने महिलाहरूलाई चौरमा जमा पारेर चिच्याउन लगाएकी थिइन्।

एक वर्षपछि फेरि उनी चौरमा पुगिन।  'यसपालिको चिच्याहट भाइरल भयो, 'उनले भनिन्। आमाहरू रहेको एउटा अनलाइन समूहमा रहेकी एक जना पत्रकारले यसलाई प्रकाशमा ल्याइन् र त्यस लगत्तै उनलाई विश्वभरका पत्रकारहरूले सम्पर्क गर्न थाले।

विश्वभर महिलाहरूले महसुस गरेको भाव आफूले समात्न सकेको साराको विश्वास छ। महामारीको बोझ असमान रूपमा आफूहरूमा परिरहेकाले उनीहरू तीव्र गतिमा निराश बनेको साराको बुझाइ छ।
इन्स्टिच्युट फर फिस्कल स्टडीजीले सन् २०२०मा इङ्गल्यान्डमा विषमलैंगिक सम्बन्धमा रहेका झन्डै ५,००० अभिभावकहरूको सर्वेक्षणमा बुवाको तुलनामा लकडाउनको समयमा आमाहरूले बढी घरेलु जिम्मेवारी लिने गरेको पाइएको थियो।

जसका कारण उनीहरूले काम गर्ने समय घटाएका थिए। श्रीमान् भन्दा श्रीमतीले बढी आमदानी गर्नेहरूको हकमा समेत अवस्था उस्तै देखियो।

केही देशमा अघिल्लो दिन रिस महसुस गरेको बताउनेको महिला र पुरुषको सङ्ख्यामा देखिएको भिन्नता विश्वव्यापी औसतभन्दा धेरै छ।

कम्बोडियामा सन् २०२१मा १७ प्रतिशतको फरक देखिएको थियो भने भारत र पाकिस्तानमा त्यस्तो भिन्नता १२ प्रतिशत थियो।

मनोचिकित्सक डा। लक्ष्मी विजयाकुमार यो बढी भन्दा बढी महिला शिक्षित, रोजगार अनि आर्थिक रूपमा आत्मनिर्भर भएसँगै उत्पन्न भएको तनावको नतिजा रहेको ठान्छिन्।

'यसै समयमा उनीहरू पुरातन, पितृसत्तात्मक प्रणाली र संस्कृतिद्वारा बाँधिएका छन्,' उनी भन्छिन्।
'घरमा पितृसत्तात्मक व्यवस्था र घरबाहिर मुक्ति पाएकी महिलाबीचको असहमतिले धेरै क्रोध निम्त्याउँछ।'

भारतको चेन्नाई सहरमा व्यस्त समय रहने प्रत्येक शुक्रवार साँझ उनी यो पाटोलाई महसुस गर्छिन्।

'तपाईँले पुरुषहरू आराम गर्दै चिया पसलमा गएर धूम्रपान गरिरहेको देख्नुहुन्छ। र तपाईँले महिलाहरूलाई बस वा रेल स्टेसनमा हतार गर्दै गरेको देख्नुहुन्छ। उनीहरू के पकाउने भनेर सोचिरहेका हुन्छन्। धेरै महिलाहरू घर फर्कने क्रममा रेलमै तरकारी केलाउन थाल्छन्।'

उनका अनुसार विगतमा महिलाहरूलाई रिस उठ्यो भन्नुलाई उचित मानिँदैनथ्यो तर त्यो बिस्तारै परिवर्तन हुँदै गएको छ।

महामारीले महिलाहरूको काममा पारेको प्रभावले पनि उनीहरूको भावमा फरक पारेको हुनसक्छ।

सन् २०२० अघि श्रममा महिलाहरूको सहभागितामा निकै ढिला प्रगति भएको देखिएको यूएन विमिनकी डेटा साइन्टिस्ट जीनेट अजकोना बताउँछिन्।

सन् २०२०मा त त्यो गति ठप्प नै भयो। यो वर्ष १६९ राष्ट्रमा काम गर्ने महिलाहरूको सङ्ख्या सन् २०१९ भन्दा कम हुने अनुमान गरिएको छ।

महिलाहरूको प्रगति ?

बीबीसी १०० विमिनको १०औ वार्षिकोत्सवको अवसरमा बीबीसीले सभान्टा कमरेसलाई १५ देशका महिलाहरूलाई वर्तमान समयलाई १० वर्ष अघिको समयसँग तुलना गर्न आग्रह गरेको थियो।

▪ सर्वेक्षणमा सहभागी भएका प्रत्येक देशका आधा जस्तो महिलाले १० वर्ष अघिको तुलनामा आफूहरू आर्थिक निर्णय आफै लिन सक्षम भएको महसुस गरेको बताए

▪ अमेरिका र पाकिस्तानबाहेक प्रत्येक देशका सर्वेक्षणमा सहभागी मध्ये कम्तीमा आधा जस्तो महिलाले प्रेम सम्बन्धमा रहेका व्यक्तिसँग सहमति बारे छलफल गर्न सहज भएको महसुस गरेको बताएका छन्

▪अधिकांश देशका कम्तीमा दुई तिहाइ महिला सहभागीहरूले सामाजिक सञ्जालले आफ्नो जीवनमा सकारात्मक प्रभाव पारेको बताए। अमेरिका र यूकेमा भने उक्त सङ्ख्या ५० प्रतिशत भन्दा कम थियो

▪ १५ मध्ये १२ देशमा ४० प्रतिशत वा बढी महिलाले पछिल्लो १० वर्षमा सबैभन्दा बढी प्रगति आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रतामा देखिएको बताएका छन् ।

▪ अमेरिकामा सर्वेक्षणमा सहभागी मध्ये ४६ प्रतिशत महिलाले १० वर्ष अघिको समय भन्दा हाल चिकित्सकीय रूपमा सुरक्षित गर्भपतनको पहुँच स्थापित गर्न कठिन भएको बताए । 'हाम्रो श्रम बजार लिङ्गले विभाजन गरेको छ,' सन् २०१९मा 'रेज बिकम्स हर' नाम गरेको पुस्तकमा लेखक सोराया सीमेलीले लेखेकी छन्।

उनले स्याहार सुसार लगायत महिलाहरू बढी संलग्न रहने पेसामा महिलाहरूमा महामारीसँग जोडिएको रिस प्रस्फुटन भएको रूपमा हेरिकी छन्।

अमेरिकामा महिलाहरूमा महामारीले निम्त्याएको बोझबारे निकै लेखिएको छ। तर ग्यालप वर्ल्ड पोलको नतिजाले त्यहाँ भने पुरुष भन्दा महिला रिसाहा नभएको सङ्केत गरेको छ।

'अमेरिकाका महिलाहरू रिस उठेको छ भन्न निकै लजाउँछन्,' त्यसकारण उनीहरूले रिसलाई तनाव वा निराशाका रूपमा व्याख्या गर्ने गरेको हुनसक्ने सीमेली बताउँछिन्।

उनले भने जस्तै तनाव अनि निराशाको भावबारे बताउने अमेरिकी महिलाहरूको सङ्ख्या उल्लेख्य छ। अन्य ठाउँहरूमा पनि यस्तै अवस्था देखिन्छ।

आफू तनावमा रहने ब्रजिल, युरुग्वे, पेरू, साइप्रस अनि ग्रीसमा पुरुषहरूको तुलनामा बढी महिलाहरूले बताएका छन्।

ब्रजिलमा प्रत्येक १० मध्ये ६ जना महिलाले अघिल्लो दिन अधिकांश समय तनावमा रहेको बताएका छन्। पुरुषहरूको यस्तो सङ्ख्या भने प्रत्येक १० जनामा ४ भन्दा केही कम छ।

बोलिभिया, पेरू अनि इक्वेडरमा पनि महिला पुरुषमा उत्पन्न हुने भावमा ठूलो भिन्नता देखिन्छ।

बोलिभिया र इक्वेडरमा सर्वेक्षणमा सहभागी झन्डै आधा जस्तो महिलाले अघिल्लो दिन उनीहरू निराश रहेको बताए जुन पुरुषसँगको तुलनामा १५ प्रतिशत बढी हो।

यी देशहरूमा पुरुषभन्दा महिलाले नकारात्मक भाव आफूमा बढी पैदा हुने बताउने गरेको पनि कम्तीमा १० वर्ष भयो। र कैयौँ देशमा अवस्था झन् नराम्रो हुँदै गएको छ।

तर अमेरिका अनि विश्वका जुन कुनै देशमा रहेका महिलाहरूले  'अब हुन्न' भन्न सक्ने अवस्थामा पुगेको ताशा रेनी ठान्छिन्।

डेटा जर्नालीजमस् लियाना ब्राभो, क्रीस्टीन जिभ्यान्स र हेलेना रोसीएस्का

थप रिपोर्टिङ्गस् भ्यालेरीआ पेरास्सो र जोर्जिना पिएर्स

सर्वेक्षण विधिहरू

ग्यालपले वार्षिक रूपमा १५० भन्दा बढी देश र क्षेत्रका १२०,००० भन्दा बढी मानिसहरूमा र्‍यान्डमसर्वेक्षण गर्ने गर्छ जसले विश्वको ९८ प्रतिशत भन्दा बढी वयस्क जनसङ्ख्याको प्रतिनिधित्व गर्छ। उनीहरूसँग टेलिफोन वा प्रत्यक्ष अन्तर्वार्ता गरिन्छ।

त्यस्तै सभानता कमरेसले १८ वर्ष माथिका १५,७२३ महिलामा सर्वेक्षण गरेको छ जसमा इजिप्ट ९१,०६७०, नाइजीरिया ९१,०१८०, मेक्सिको ९१,१०९०, अमेरिका ९१,०४२०, ब्राजिल ९१,००८०, चीन ९१,०२५०, भारत ९१,१०७०, इन्डोनेसिया ९१,०६१०, पाकिस्तान ९१,००६०, साउदी अरब ९१,०१२०, रुस ९१,०१००, टर्की ९१,१६००, यूके ९१,०६७० र युक्रेन ९१,००९० सहभागी छन्। उनीहरूसँग अक्टोबर १७ देखि नोभेम्बर १६बीच सर्वेक्षण गरिएको थियो।

स्रोत: बीबीसी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement