Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनले ल्याएका ५ सकारात्मक परिवर्तन

  |      16:09:00   |  
लकडाउनले ल्याएका ५ सकारात्मक परिवर्तन

चैत १९, काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर मानिस समस्यामा परेका छन्। मानव जातिको इतिहासलाई नै यसले चुनौती थपेको छ। यो भाइरसको संक्रमणबाट दैनिक रूपमा मृत्यु हुनेको संख्या थपिँदै गएको छ। यही भाइरसका कारण राज्य मात्र नभई देशहरू नै लकडाउन भइरहेका छन्। हजारौं मानिस क्वारेन्टाइनमा छन् भने लाखौं घरमै बन्दी बनेका छन्

यसले अर्थतन्त्र ठूलो नकारात्मक असर पारेको छ। हजारौं  मानिसले रोजगारी गुमाइरहेका छन्। यसरी यति धेरै नकारात्मक असर हुँदाहुँदै कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका केही सकारात्मक प्रभाव पनि  देखिएका छन्। 

प्रदुषणमा कमी 
कोरोना भाइरसका कारण देशका कयौं क्षेत्र लकडाउन भए। लकडाउन भएकाले मौसममा सुधार भएको छ। कोरोनाका कारण विश्वमै प्रदुषणको मात्रामा सुधार आएको छ। खासगरी चीन र इटलीमा वायु प्रदुषणको गम्भीर कारक नाइट्रोजन डाईअक्साइडमा उत्सर्जनमा व्यापक कमी आएको छ। 

औद्योगिक कारखाना बन्द हुँदा र सडकमा सवारी साधन न्यून मात्रामा सञ्चालन भएका छन्।  यसले पनि वायु प्रदुषणको मात्रामा कमी ल्याएको हो। न्युयोर्कमा शोधकर्ताहरूले बिबिसीलाई बताएअनुसार गत वर्षभन्दा यो वर्ष कार्बन मोनोअक्साइडको उत्सर्जनमा ५० प्रतिशतले कमी आएको छ। मुख्य रूपमा कारबाट निस्कने हानीकारक ग्यासमा कमी आएको हो। 

ठूलो संख्यामा उडान रद्द भएका छन्। लाखौं मानिस घरमै बसेर काम गरिरहेका छन्। यो मानिसका लागि नयाँ तरिका अपनाउने अवसर पनि भएको कतिपयको तर्क छ। यो कार्यलाई आगामी दिनमा निरन्तरता दिन सक्ने अपेक्षा छ। यसका साथै पृथ्वीको तापमानलाई बढाउन भूमिका खेल्ने वायु प्रदुषणमा कमी आउने अनुमान गरिएको छ।

स्वच्छ पानी 
इटलीको भेनिसबासीका अनुसार सहरका नहरमा पानीको गुणस्तरमा सुधार भएको छ। कोरोना भाइरसका कारण उत्तरी इटालीका लोकप्रिय पर्यटकीय क्षेत्र खाली भएका छन्। पर्यटक नआउँदा वाटर ट्राफिकमा कमी आएको र पानी सफा भएको बताइएको छ। मानिसको आवातजावतमा कमी भएकाले पानी सफा हुन पुगेको छ। फोहोर देखिने पानी सफा भएको छ। माछाहरू पौडिएको देख्न थालिएको छ। 

उदारता
कोरोना भाइरसका कारण केही देशले शहर पूर्ण रुपमा बन्द गरेका छन् भने केही देश तयारीमा रहेका छन्। घरमा कहिलेसम्म बन्द हुनुपर्ने हो भन्ने डरले मानिस स्टोरहरु आवश्यकताका सामान धमाधम खरिद गरिरहेका छन्। मानिस छोटो समयमा धेरै सामान जम्मा गर्ने भागदौडका कारण आपत्कालीन स्थिति सिर्जना भएको छ। कैयौं स्थानमा समान खरिद गर्न पुगेका मानिसबीच झगडा पनि भएको छ। 

यी सबै खबरका बीचमा केही सुखद् कुरा पनि आएका छन्। न्युर्योकका दुई मानिसले ७२ घन्टामा १३ सय स्वयंसेवक तयार गरेका छन्।  उनीहरूको काम सहरका वृद्धलाई आवश्यकताअनुसार घरेलु समान र औषधी पुर्‍याउने काम गर्ने गर्दछन्। बेलायतमा हजारौं मानिसले कोरोना भाइरस विरुद्ध लड्न फेसबुकमा स्थानीय सहयोग ग्रुप निर्माण गरेर हातेमालो गरेका छन्। यस्तो ग्रुप क्यानडामा पनि निर्माण भएको छ। यी ग्रुपका कारण ‘केयर मंगरिङ’ ट्रेन्ड नै शुरु भएको छ। अष्ट्रेलियामा सुपर मार्केटमा वृद्ध र युवाका लागि अलग्गै खरिदस्थल निर्माण गरिएको छ।

पाका मानिस र अपांगहरूका लागि सामान खरिदमा कुनै समस्या नहोस् भनेर युवाहरुले स्वतः रुपमा यसमा स्वयंसेवा गरिरहेका हुन्। विश्वका केही धनी र अन्य मानिसहरूले पनि कोरोनाविरुद्ध लड्न सहयोगको घोषणा गरेका छन्। केही मानिस कसरी आइसोलेसन र क्वारेनटाइनमा बस्ने भनी आम मानिसलाई शिक्षा दिइरहेका छन्।

एकता
घर र अफिसको भागदौडबीचमा व्यस्त रहेका मानिस छिमेकीसँग टाढा रहँदै आएका थिए। अझ भनौं घरमा मानिसबाट टाढिँदै गएका थिए। यसरी भौतिक दुरी कम भए पनि भावनात्मक दुरी बढी भएका मानिसहरूको भावनात्मक उनीहरूलाई कोरोना भाइरसले एकजुट हुने मौका दिएको छ। 

कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन भएका कारण मानिसको आवतजावत बन्द छ। परिवारलाई समय दिएका छन्। छिमेकीसँग हाइहेलो गरिरहेका देखिन थालेका छन्। यो संगै समुदायमा पनि उनीहरूको उपस्थिति देखिन थालेको छ। इटाली पूर्ण रूपमा बन्द छ तर मानिस घरको छतमा आएर एक अर्काको हौसला बढाई रहेका छन्। गीत गाईरहेका छन् भने कतिपय मानिसहरु खेल पनि खेलिरहेका छन्। 

दक्षिणी स्पेनमा एक फिटनेस मास्टरले एक अपार्टमेन्टमा तल्लो छतबाट माथिल्लो छतमा एक्सरसाइज गराइरहेका थिए। उक्त अपार्टमेन्टका सबै उनको सिकाईसँगै सिकिरहेका थिए। मानिस आ आफ्नो छतमा निस्केर उनको आदेश पालना गर्दै एक्सरसाइज गरिरहेका थिए। वकोरोना भाइरसले घरमै बसेपछि उनको धेरै साथी बनेका छन्। धेरै मानिसहरू अहिले आफ्ना परिवार,आफन्त र नाता गोतालाई फोन, भिडियो कलमार्फत् स्वास्थ्य अवस्था र त्यहाँको बसाइबारे सोधिरहेका छन्। 

कैयौं मानिसहरुले त मोबाइल एप्समार्फत् भर्चुअस पार्टीसमेत गरिरहेका छन्। यो भाइरसले स्वास्थ्यकर्मीको आवश्यकता र उनीहरूको महत्वलाई झन् बढावा दिएको छ। युरोपमा लाखौं मानिसहरू आफ्नो घरको छतमा उभिएर ती तमाम डाक्टर र नर्सको हौसला दिइरहेका छन् जो कोरोना महामारीको निर्मुल पार्नका लागि दिनरात आफ्नो अस्पतालमा खटिएका छन्।

बेलायतको लन्डनमा धेरै मेडिकल विद्यार्थीहरूले स्वतः स्वयम्‍सेवक काम थालेका छन्। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कर्फ्यू जनतालाई नै  पालना गर्न भनेका थिए। जनताले नै स्वत रुपमा जागरुप गराउन उनले घोषणा गरेको कार्यक्रममा लाखौं मानिसले साथ दिँदै घरमै बसे। मानिसले ताली, थाली र धन्टी बजाएर मोदीको जनता कर्फ्यूको घोषणा गरे।

सिर्जनात्मकता
भाइरस संक्रमण फैलन नदिन गरिएको लकडाउनका  कारण मानिस घरमै छन्। उनीहरुमध्ये अधिकतमले सिर्जनात्मकता विकास गर्ने समय पाएका छन्। सामाजिक सञ्जालमा धेरै मानिसले आफ्नो नयाँ बानीबारे तस्बिरलगायतका सामग्री पोस्ट गरिरहेका छन्। मानिसहरूको किताब पढ्ने, खाना पकाउने  र पेन्टिङ गर्ने सोख सामाजिक सञ्जालमा देखिन थालेको छ। 

वासिंटन डिसीको पब्लिक लाइब्रेरीले भर्चुअल बुक क्लब शुरु गरेको छ। इटलीका चर्चित सेफ मास्सिमो बोटुराले इन्स्टाग्राममा खाना पकाउने सिरिज नै शुरु गरेका छन्। उनले यसको नाम ‘किचेन क्वारेन्टाइन’ दिएका छन्। घर बसेर कसरी स्वादिष्ट खाना बनाउने भनेर सिकाइरहेका छन्। 

अमेरिकाको टेनिसी राज्यमा एक जना आर्ट टिचरले कोरोना भाइरसका कारण विद्यालय बन्द भएर घरमा बसेका बालबालिकाका लागि लाइभ कक्षा शुरु गरेका छन्। विद्यालय बन्द भएपनि लाइभका माध्यमबाट पढाई निरन्तर  गराउन उनले यस्तो कक्षा सञ्चालन गरेका हुन्। सार्वजनिक स्थलहरु बन्द भएका कारण मानिसहरु लाइभमा झुम्मिरहेका छन्। ठूला ग्यालेरीहरुमा पनि भर्चुअल यात्रा जारी छ। अष्ट्रेलियाको सिड्नी ओब्जर्भेटरीले  घरमा बन्द रहेका मानिसलाई ुनाइट स्काई टुरु देखाउन शुरु गरेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement