Advertisement
Advertisement
Advertisement
Advertisement

बेबारिसे घरमा सिरियाली बालबालिकाको पढाइ

  |      17:28:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ९, अलेप्पो (सिरिया), (रासस/एएफपी) । बिद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन् । 

द्वन्द्वका कारण स्कुल भत्किएपछि चारजना शिक्षकले एक सयजति बालबालिकालाई यही अस्थायी स्कुलमा पढाउन थालेका हुन् ।

 

स्कुलमा अहिले छदेखि १२ वर्ष उमेरका बालबालिका अध्ययनरत छन् । उत्तरी अलेप्पो प्रान्तको पश्चिमतर्फको यो सानो स्कुलमा केटाकेटी पढाउने प्रयास अहिले जारी छ । आधा निर्माण सकिएपछि त्यसै अलपत्र परेको यो घरको भूइँमा केटाकेटी सुकुलमै बस्छन् । उनीहरुले कापी किताब राख्ने स–साना झोला साथमै राखेको देख्न सकिन्छ । के गर्नु, “भविष्यका कर्णधार”का रुपमा लिइने साना बालबालिका पढ्ने यो स्कुलमा डेस्क, पुस्तकालय वा शौचालय छैन । 

 

यहाँ घरको वरिपरिको पर्खालमा लथालिङ्ग झुण्डिएका झ्यालबाट बाहिरको तातो हावा भित्रसम्म पुग्छ । चम्किलो नीलो टी–सर्ट र जिन्समा सजिएकी एक बालिकाको कपाल राम्रोसँग बाटिएको छ । उनी किताबमा निमग्न मात्र होइन लेखाइमा पनि उत्तिकै होसियार छिन् । 

 

“यो स्कुल होइन,” ११ वर्षका अली अब्देल जवाद भन्छन् । “यहाँ कक्षाकोठा छैन, बस्ने सिट छैन, केही पनि छैन । हामी त यहाँ भूइँमा बसेर पढिरहेका छौं ।” 

एउटा कक्षाकोठामा घुँघट ओढेका ससाना बालिका हाँसो गरिरहेका छन् । शिक्षकले भने मुश्किलले व्यवस्था गरिएको बोर्डमा लेखेर पाठ पढाउँदैछन् । 

 

अर्को कोठामा स्कुलकी एकमात्र शिक्षिका प्लास्टिक कुर्चीमा बस्नुभएको छ । उहाँका वरिपरि भित्तामा अढेस लागेर एक हुल केटाकेटी केही सिक्दैछन् । केही बालबालिका प्लास्टिकबाट बनाइएको कार्पेटमा घुँडाले टेकेर बसेका छन् । कार्पेटको छेउमा उनीहरुका जुत्ता राम्रोसँग मिलाएर राखिएको छ । बालबालिका र शिक्षक सिरियाकै अर्को ठाउँबाट विस्थापित भएर यहाँ आइपुगेको एकजना शिक्षकले बताउनुभयो । 

 

केही राजधानी दमास्कसको बाहिरी क्षेत्र पूर्वी घोउटाबाट यहाँ आइपुगेका छन् । विगतमा विद्रोहीको कब्जामा रहेको घोउटा गत अप्रिलदेखि सरकारको नियन्त्रणमा छ । अरु हामा वा होम्स प्रान्तबाट आएका छन् । यो घरको बाहिर आँगनमा एउटा फोहरासमेत जडान गरिएको छ, तर यसमा पानी छैन । यो फोहरा केटाकेटीका लागि घुमीघुमी खेल्ने ठाउँ भएको छ । 

 

विपक्षीको अधिनमा रहेका क्षेत्रमा सञ्चालित स्कुलहरुका लागि सामान्यतया दातृ संस्थाहरुले सहयोग गरिरहेका छन्, तर विगतमा यस्ता धेरै स्कुलमा बमबारी भएका थिए । “हामी सधैं कहिले, कसले बमबारी गर्ला भनेर त्रसित हुन्थ्यौं,” मोहम्मद नाम गरेका एकजना शिक्षकले बताउनुभयो । 

 

स्कुल चलाइएको यो भवन विद्रोहीकै कब्जामा रहेको क्षेत्रमा छ । यहाँबाट नजिकै पूर्वीअलेप्पोमा सरकारी सेनाको नियन्त्रण छ । पश्चिमतर्फ इडलीब छ जहाँ विद्रोहीको बलियो पकड छ । इडलीब प्रान्त र यससँग जोडिएका अलेप्पो र लटाकीया प्रान्तमा करिब ३० लाख मानिस बसोबास गर्दछन् । सिरियाका अरु भागमा भड्किएको युद्धबाट आधाभन्दा बढी विस्थापित भएका छन् । 

 

यही महिनाको शुरुमा इडलीबमा सरकारी फौजले आक्रमण गर्ने त्रास बढेको थियो, तर गत साता दमास्कस र यसको सहयोगी मस्को तथा विद्रोहीलाई सघाइरहेको टर्कीबीच फौजी कारबाही तत्काल नगर्ने सम्झौता भएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement