Advertisement
Advertisement
Advertisement
Advertisement

निर्मला प्रकरणमा प्रहरी र उसको अनुसन्धान कहाँ कहाँ 'चुक्यो'?

  |      19:22:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १४, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञहरूसहितको अनुसन्धान टोलीले आइतवार प्रतिवेदन पेश गरेको छ।गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

 

 

सो प्रतिवेदनमाथि छलफल गरी आयोगले सरकारलाई चार बुँदे सिफारिस तथा २४ बुँदे निर्देशन दिएको छ।अनुसन्धान टोलीका अनुसार घटना सम्बन्धमा प्रहरी र उसको अनुसन्धान कहाँ कहाँ चुक्यो तरुशवमा चोटपटक लगायत अन्य लक्षण तथा विवरणहरू घटनास्थल तथा लाश जाँच मुचुल्कामा अभिलेखीकरण नगरिएको।कर्तव्य ज्यान जस्तो शङ्कास्पद मृत्युको शव परीक्षणमा मृतकका कपडा समेत गहिरो अवलोकन गरी च्यातिएको, घस्रिएको, केही लागेको आदि अभिलेखीकरण गरिएमा त्यस्ता सूचनाबाट मृतकले प्रतिकार गरे वा नगरेको अन्दाज गर्न वा जानकारी पाउन मद्दत पुग्ने भए पनि ती सबै विवरण उल्लेख नगरिएको, जसका कारण मृत्युको कारण लगायत निष्कर्षमा पुग्न नसकिएको।
 

 

शवको बाहिरी जाँचको सिलसिलामा घटनास्थलमा मुचुल्का गर्दा हेर्नुपर्ने भनिएका लक्षणहरू शरीरको कुन भाग कति कडा छ वा छैन, शरीरको कतापट्टि रगत थिग्रिएको देखिन्छ र थिग्रिएको भागमा थिच्दा डाम मात्र बस्छ कि बस्दैन कि रगत सरेर सेतो डाम मात्र देखिन्छ । आदिका बारेमा जाँच गरी अभिलेखीकरण गर्नुपर्नेमा त्यो नगरिएको।घाँटी अठ्याएर मारेको भनिए पनि थप सम्भावित लक्षणहरू र लेखिएका लक्षणहरूको समेत थप स्पष्टता नभएका कारण २४ घण्टाभित्र मृत्यु भएको भनी दिइएको राय कानूनी चिकित्सा विज्ञानका सिद्धान्तले पुष्टि गरेको नपाइएको।
 

 

डीएनए सम्बन्धमा
पन्तको शरीरबाट डीएनए परीक्षणका लागि भेजाइनल स्वाब लगायतका नमुना सङ्कलन गर्दा सिन्कोमा बेरिएको कपासबाट सङ्कलन गरेको पाइएको, जुन प्रक्रिया पूर्णतः दोषमुक्त छ भनी भन्न नसकिने। यसरी सङ्कलन गरी टेस्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए सङ्कलन नहुने र त्यो ह्रास हुँदै जाने, नष्ट हुन सक्ने र परिणाम सही नआउने समस्या रहेको पाइयो। मूलतः नमुनाहरू सङ्कलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो।

 

 

निर्मला पन्तको घटनामा वाइएसटीआरु प्रविधिबाट मात्रै परीक्षण गरेको पाइयो, यसबाट वंशरसमूह पहिचान मात्र गर्न सघाउने पुग्ने तर व्यक्ति पहिचान गर्न सकिने अटोसोमलु परीक्षण प्रविधि प्रयोग नगरेको।
 

 

शुरूवाती परीक्षणमा मुख्य भेजाइनल स्वाबको प्रयोग, सो समेतबाट न्यून पुरुष डीएनए प्राप्ति, लामो समयसम्म भेजाइनल स्वाब यथास्थितिमा रहन नसक्नु जस्ता आधारमा बाँकी भेजाइन स्वावबाट थप नतिजामूलक परीक्षणको सम्भावना अत्यधिक कम छ।
 

 

प्रहरीरअनुसन्धान अधिकारी घटनाप्रति मौकामा संवेदनशील भएको नपाइएको।घटनाको शुरूवात भएको स्थानको मौकामै जाँच पड्ताल तथा सोधपुछ नभएको।
 

 

घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतले प्रत्येक घटनालाई गम्भीर रूपमा नलिएकोघटनास्थलको छुट्टाछुट्टै मुचुल्का खडा नगरिएको।लाश जाँचका सामान्य सिद्धान्तप्रति प्रहरी अधिकारी सजग र गम्भीर नभएको।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement