Advertisement
Advertisement
Advertisement
Advertisement

वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू

  |      11:46:00   |  
वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू

वैशाख ९ काठमाडौं । व्यापार, शिक्षा र पूर्वाधारको गतिशील विकास भइरहेका सहरहरू तर त्यही सहरभित्र त्यस्ता केही अनुहारहरू छन् जसको जीवनमा न चहलपहल छ न भविष्यका योजनाहरू नै । खासगरी बुढ्यौली उमेरमा आश्रयविहीन भएकाहरूको ठूलो सङ्ख्या अहिले परिवार छाडेर वृद्धाश्रमको चारकिल्लाभित्र निर्जिव जीवन बाँच्न विवश छन् ।

सत्तरी वर्षीया इन्दिरा सुवेदी इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा विगत १४ वर्षदेखि आश्रय लिइरहेकी छिन्। उनको अनुहारमा जीवनमा केही गर्न नसकेकामा पश्चाताप, निराशा, आक्रोश र कुण्ठा झल्किरहेको पाइन्छ ।

उनको नजर भने हरबखत बाहिर सडकमा हिँडिरहेका मान्छेहरूमा केन्द्रित हुन्छ । ती मान्छेहरूलाई हेर्दै उनी भन्छिन्, “सानै उमेरमा विवाह गरेँ, २० वर्षको उमेरमा छोरालाई जन्म दिएँ । घरमा खुसीको माहोल बेग्लै थियो । घरनजिकै सानो चियापसल र सागसब्जीको पसल पनि थियो । छोरालाई साथमा लिएर बिहान पसल जान्थे अनि साँझपख घर फर्किँदा घरको रौनक बेग्लै हुन्थ्यो।”

“तर समय निष्ठुरी र क्रुर पनि हुँदोरहेछ । एघार महिनाको कलिलै उमेरमा मेरो छोरा बित्यो । छोराको मृत्यु भएको केही समयमै अर्को बज्रपात आइलाग्यो, पतिको पनि निधन भयो । श्रीमान् बितेपछि म सहाराविहीन भएँ, र अन्तिममा म वृद्धाश्रम पुगेँ”, आफ्नो विगत सुनाउँदै उनले भने।

सुरुमा वृद्धाश्रम भनेको कस्तो हुन्छ भन्ने थाहा नै थिएन मलाई । सानैमा बाबाआमा पनि गुमाएकी थिएँ, श्रीमान् बितेपछि छ मेरा कोही भएनन्, एक्ली भएँ । चिनजानका केही आफन्तले सधैँ भन्ने गर्थे, आश्रम गएर बस्नू । उहाँहरूकै कुरा मानेर वृद्धाश्रम आएर बसिरहेकी छु, सुवेदीले बताइन्।

उनले अगाडि सुनाइन्, “मेरो परिवार कस्तो थियो भन्ने पनि बिर्सिसकेँ मैले । केही आफन्त भने मलाई कहिलेकाहीँ भेट्न आउनुहुन्छ। वृद्धाश्रम बस्न थालेपछि अहिले यही मेरो परिवारजस्तो लाग्छ । बस्नका लागि राम्रो सुविधा छ, दैनिक जीवन सहज तरिकाले बित्ने गरेको छ, अहिले मेरो लागि आश्रम नै प्यारो छ ।”

अहिले १७ जना वृद्धवृद्धा बसिरहेको रामजानकी शान्ति वृद्धाश्रम २०५६ सालमा इटहरीमा खुल्यो । आधुनिक जीवनशैली अपनाउने नाममा परिवारबाट छुट्टिएर बस्ने चलन बढेसँगै पछिल्लो समय वृद्धवृद्धाहरू घरविहीन हुनुपर्ने स्थिति बन्दै गएको पनि पाइन्छ । सामाजिक मनोविज्ञानले वृद्धाश्रमलाई अनावश्यक ठाने पनि अहिलेको सामाजिक यथार्थले भने वृद्धाश्रमको आवश्यकतालाई औँल्याइरहेको छ र वृद्धवृद्धाहरूको आश्रयस्थल बनिरहेको छ ।

यस्तै इन्दिरा सुवेदीको जस्तै कथा विराटेश्वर वृद्धाश्रम विराटनगरमा बसिरहेकी ८१ वर्षीया सरिता गौतमको पनि छ । उनी विगत २८ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी छिन्। “सकुन्जेल काम गरेँ, छोराछोरी हुर्काएँ । शिक्षा दिएँ । अहिले तिनै सन्तानले नचिनेझैँ गरे । आफ्ना छोराछोरी सन्तानका लागि जिन्दगी बिताएँ । तर अहिले तिनै सन्तानले थाँती राखेजस्तै गरे, न माया छ न सम्मान छ”, उनले भनिन्।

गौतमको आँखामा पीडामात्र होइन, वेदना पनि प्रष्ट देखिरहेको थियो । आश्रममा आएपछि शान्ति र सुख त छ । तर मनको कुँडाइ भने अझै छ । धक खोलेर बोलिरहेकी गौतम भन्छिन्, “यो घर त हो नि तर आफ्नोपन खै कहाँ छ र रु छोराछोरीले आफ्नो संसार बनाए । मलाई सबैले बिर्से अन्त्यमा, आफ्नै सन्तानले आश्रम पुर्याइदिए । माया त बाल्यकालमा मात्र रहेछ । अहिले त सबै व्यस्त छन् अनि हामीजस्ता बुढाबुढी भने बेकार जस्तै भएछौँ”, उनले पीडा पोखिन्।

“पतिको मृत्युपछि छोराछोरीका लागि बाँचे । उनीहरूको पढाइ, विवाह सबै व्यवस्थापन गरेँ । अहिले न फोन गर्छन् न भेट्न आउँछन् । अहिले छोराछोरी कता छन् केही थाहा छैन । मलाई यही आश्रम अहिले सुन्दर घरजस्तो छ”, खुसी साट्ने प्रयास गर्दै गौतमले भनिन्।

त्यस्तै ८६ वर्षीया पवित्रा सुवेदी विगत २१ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी छिन्। जीवनभर कहिले नथाकी आफ्ना सन्तानका लागि खटिनुभएकी उनी अहिले पराइझैँ ठानिएका ठाउँमा दिनहरू बिताइरहेकी छिन्। प्रष्ट बोल्न र राम्रोसँग देख्न पनि नसक्ने उनका आँखाहरूले अहिले सन्तानविहीन भएर वृद्धाश्रमको ओछ्यानमा टोलाएर बाहिरको आकाश हेरिरहेका छन् ।

“आफ्नै सन्तानले मलाई हेरचाह गर्न नसकेपछि आश्रम ल्याएर छाडे । कहिलेकाहीँ मलाई भेट्न छोरा आउँछ । तर अनुहार कस्तो छ प्रष्ट देख्न सक्दिनँ । पहिले घरमा छोराछोरीसँगै बसेर बिहान–बेलुकाको खानासँगै बसेर खाएको याद आउँछ”, उनले मनको पीडा पोखिन्। हुन त यहाँ पनि मजस्तै धेरै वृद्धहरू हुनुहुन्छ, उहाँहरूसँग गफ गरेर मन भुलाउन कोसिस गर्छु । तर घरजस्तो न्यानोपन भने हुँदैन रहेछ, उनले सुनाइन्।

पछिल्लो समय विशेषगरी सहरी क्षेत्रमा व्यस्त परिवारका वृद्धवृद्धा र विभिन्न कारणले परिवारबाट वञ्चित हुन पुगेका वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकतासमेत बढ्दै गएको छ । घरमा बसेर असुरक्षित र अमर्यादित जीवन जिउनुभन्दा वृद्धाश्रममा बस्न राम्रो भन्ने विषय आजभोलि समाजमा स्थापित हुँदै गएको रामजानकी वृद्धाश्रमका अध्यक्ष ठगेन्द्रप्रसाद आचार्यले बताए। यो राम्रो कुरा त होइन तर सामाजिक घटना, परिवेशले आवश्यकता बढाएको छ, उनले भने।

स्थानीय र प्रदेश सरकारले यस्ता आश्रमका लागि बेलाबेला दिवा खाजादेखि अनुदान रकम प्रदान गरिरहेको छ । केही समयअघि प्रदेश सरकारले उपलब्ध गराएको रु नौ लाखले ट्रस निर्माण गरेपछि रामजानकी वृद्धाश्रममा वर्षामा पानी चुहिने समस्या समाधान भएको छ । आचार्यले भने, आश्रम सञ्चालन गर्नका लागि केन्द्र सरकारले समेत राम्रो सहयोग गरिरहेको छ ।

शिक्षक पेसाबाट अवकाश भएपछि २०६० सालमा विराटेश्वर वृद्धाश्रम सेवा समिति खोलेर सञ्चालन गर्दै आएका जगत अर्याल पछिल्लो समय वृद्धवृद्धाहरू घरबासविहीन हुँदै गएकामा चिन्ता व्यक्त गरे। वृद्धवृद्धाका दिनहरू सम्मानपूर्वक र शान्तिका साथ बिताउन सक्नेगरी सेवा गर्न पाऊँ भनी यो आश्रम स्थापना गरी सञ्चालन गर्दै आइरहेको छु, उनले भने। यो आश्रममा अहिले ६० जनाभन्दा बढी वृद्धवृद्धाले आश्रय लिइरहेका छन् ।

इटहरी रामजानकी शान्ति वृद्धाश्रमका सञ्चालक समिति सदस्य सन्तोष ओझा भन्छन्, “वृद्धवृद्धाले जुन आत्मीयता खोजिरहनुभएको हुन्छ, त्यो परिवारको मायामा मात्र भेटिन्छ । यहाँ आमाहरूलाई निकै मायाको खाँचो हुन्छ । त्यो वृद्धाश्रममा नपाउन सकिन्छ ।” अहिले रामजानकी आश्रममा रहेका आमाहरूको मनोबल बढाउन आश्रममा मन्दिर र ध्यान केन्द्र बनाइएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको विवरणअनुसार कोशी प्रदेशमा ज्येष्ठ नागरिकको सङ्ख्या पाँच लाख ५६ हजार ४६४ अर्थात् प्रदेशको ११।२२ प्रतिशत रहेको छ । प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट आर्थिक वर्ष २०८१/८२ मा ज्येष्ठ नागरिकका लागि रु एक करोड आठ लाख बजेट विनियोजन गरी खर्च गरिरहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement