 
                                    काठमाडौं। माझी गाउँमा एकिकृत बस्ती बन्ने भएको छ । भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जिवन गुजारिरहेका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र अन्य केही सहयोगी हातबाट माझी गाउँ एकिकृत बस्ती बसाउने अभियान गरिने भएको हो ।
शनिबार ठुलोसिरुबारी माझी गाउँमा पुगेकी अभिनेत्री खड्काले माझी गाउँमा सुविधाजनक एकिकृत बस्ती बनाउने प्रतिबद्धता जनाएकी छिन् । ‘माझी गाँउको मुहार फेर्न बस्ती बसाउने अभियान थाल्न लागेका हौं,’ उनले भनिन, ‘यसैको लागि तपाईंहरुलाई भेट्न आएको हौं । अब चाँडै बस्ती निर्माणतर्फ लाग्नेछौं ।’ उनले स्वागातार्थ बसेका माझी परिवारलाई आवासदेखि अन्य सुविधा समेत उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् ।
हालसम्म माझी बस्तीमा आर्थिक अभावमा कसैले पनि घर बनाउने काम थाल्न सकेका छैनन् । ‘पहिलो किस्तामा पाएको पचास हजार भत्किएको घडेरी सम्याउँदै सकियो । घर कसरी बनाउनु ?’ सुकुली माझीले भनिन्, ‘आर्थिक अभावमा घर बनाउन सकेको छैनौं ।’
उक्त क्षेत्रका बासिन्दाको जिविकोपार्जनको मुख्य स्रोत भनेको कृषि हो । तर त्यसबा महिनादिन खान पनि खान नपुग्ने भएपछि उनीहरु समस्यामा परेका थिए । हाल सहयोगी हात र अभिनेत्रीको पहलमा एकिकृत बस्ती बस्ने भएपछि माझी बस्तीमा खुशीयाली छाएको छ ।
भूकम्पपछि टहरामा जिवन गुजारिरहेका सीमान्तकृत जाती माझीगाउँको ६३ परिवारलाई आवासको आवश्यकता भएकोले जिल्लाभर पुनर्निर्माणको चरण अगाडि बढीरहेको बेला सामूहिक रुपमा बस्ती बनाउने योजना थालेको एकिकृत बस्तीका अभियानमा लागेका सहजकर्ता यज्ञराज कार्की बताउँछन् ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयले माझी गाउँमा भौगोलिक अनुगमन गरेर एकिकृत बस्ती बनाउन अनुमति दिइसकेको छ । सरकारले दिने अनुदानले घर बनाउन नपुग्ने भएपछि माझी परिवार अन्योलमा परेका थिए ।
‘अभिनेत्री श्वेता गाउँमै आएर सामूहिक आवास बनाइदिने प्रतिबद्धता जनाएपछि माझी गाउँ खुशीले उचालिएको छ,’ ठुलोसिरुवारी माझीगाँउका स्थानीय दिनेश माझीले भने, ‘एकिकृत बस्ती बसाउने खबर पाएसंगै हामीमा पुन: घरमा बस्न पाइने आश जागेको छ ।’
सदरमुकामको नजिकै रहेपनि कोल्टेमा परेको माझी बस्ती वरिपरी पानीको समस्या हुने गरेको छ । पशु पालन, कृषि प्रमुख पेशा रहेको माझी बस्तीमा सवारी साधन पुगेपनि स्वास्थ्य चौकी, गाविसको सुविधा पाउन घण्टौं हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय बताउाछन् । बस्ती बन्ने भएपछि अभिनेत्री श्वेतालाई माझी परिवारले भव्य स्वागत गरेका थिए ।
हास्य कलाकार धुर्मुस सुन्तलीले निर्माण गरेको मेलम्ची गिरानचौर सामूहिक एकिकृत बस्तीपछि जिल्लाभर १८ भन्दा बढी एकिकृत बस्ती बन्न थालेका छन् । मेलम्ची बासबारी, ठुलोसिरुवारी माझी गाउँ लगायत विभिन्न स्थानमा एकिकृत बस्तीको अभियान सुरु गरिएको छ । मेलम्चीको बासबारीमा एकसय पचास एकिकृत आवास बनाउने काम सुरु भइसकेको अभियन्ता गणेश तिवारीले जानकारी दिए ।
हप्ता दिन अगाडि मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ गोविन्द पोखरेलले एकिकृत बस्तीको शिलन्यास गरेका थिए ।
 नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                                                                                        नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                            
                         काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                                                                                        काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                            
                         काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                                                                                        काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                            
                         काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                                                                                        काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                            
                         काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                                                                                        
काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                            
                         काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                                                                                        काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                            
                         काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                                                                                        काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                            
                         साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                                                                                        साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                            
                         काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...
                                                                                        काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...