Advertisement
Advertisement
Advertisement
Advertisement

‘बाख्राको दूध' खुवाएर ४ सन्तान हुर्काएकि रेलीले ४ बचाउन सकिनन्

  |      13:08:00   |  
web image
web image

मेरो नाम रेली बिक हो, उमेर ४२ वर्ष भयो । मेरो घर बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुुक्तिकोटमा पर्छ । अहिले मसँग डेढ वर्षको छोरासहित ३ बच्चा छन् ।

 

मेरो १४ वर्षको उमेरमा विवाह भएको थियो । अहिलेसम्म १० पटक गर्भवती भएँ । दुई वटा गर्भ तुहियो । ४ वटा बच्चा जन्मेको केही समयमा बिते । चार वटा बच्चा जीवित छन् । तीन छोरी र एक छोरा बितेका हुन् । छोरो त डेढ वर्षको भएर गयो ।

 


छोरो बितेकोमा सारै पीडा छ मलाई । छोरो नहुँदा सबैले अपुतो भनेर हेला गर्छन् । आफ्नो दूध आउँदैनथ्यो, बाख्राको दूध खुवाएर हुर्काएकी थिएँ । डेढ वर्षको हुँदा त्यो पनि बित्यो, तीन छोरी १ वर्षको नहुँदै गए । अरू ४ जना बाँचेका छन् ।

 

अहिले मसँग भएको डेढ वर्षको छोरो पनि कुपोषणबाट ग्रसित छ । जन्मेको तीन महिनासम्म बाख्राको दूध खुवाएर जेनतेन बचाएँ । तीन महिनापछि कडा कुपोषण भएर मर्ने–बाँच्ने टुङ्गो नभएपछि गाउँपालिकाले पैसा दिएर कोल्टी अस्पतालमा लग्यौं । त्यहाँ कुपोषणले ग्रसित भएको भन्दै नेपालगञ्ज लैजान भने । नेपालगञ्ज लैजान पैसा थिएन, त्यसैले घर फिर्ता ल्यायौं ।

 

केही समयपछि गाउँमा पत्रकारहरू आए । मेरा बच्चाको फोटो र भिडियो खिचेर लगे । पछि हामीलाई काठमाडौं बोलाए । त्यहाँ छोरा र मेरो कुपोषणको उपचार भयो । अरूको सहयोगले काठमाडौं पु¥याएर छोराको कुपोषणको उपचार गरेर घर आयांै ।

 

अहिले पनि बच्चालाई पूरै राम्रो त भएको छैन । कालबाट छोरो त बच्यो, तर गाउँमा फिर्ता हुँदा राम्रो खान नपाएपछि बच्चाको अवस्था अहिले उस्तै हुन थालेको छ । अहिले पनि स्वास्थ्यकर्मी जाँच गर्न आउँदा कडा कुपोषण रहेको भनेर मार्तडी अस्पतालमा लैजान भनेका छन् । तर, पैसा नहुँदा लैजान सकेका छैनौं ।

 

खान–लाउन राम्रोसँग पाउँदैनौं, गाई–भैंसी किन्न पैसा छैन । हामीले धेरैजसो नुनको धुलोसँग भात खानुपर्छ । बच्चालाई पनि त्यही खुवाउने हो, आफू पनि त्यही खाने हो ।

 

गाउँमा सक्नेले आफ्ना बच्चाका लागि पाउडर दूध ल्याएर खुवाउँछन् । अहिले बाँचेकी छोरी कौसी १३ वर्षकी भई । ऊ तीन महिनाकी थिई, एउटा बाख्रो किनेका थियांै, बाख्राको दूध खुवाइरहेकी थिएँ । तर, बाख्रो मरेपछि हामीसँग न पैसा थियो, न दूध ।

 

पल्लो घर जेठानीका छोराका लागि दिल्लीबाट ७ महिनासम्म पुग्ने पाउडर दूध ल्याएका थिए । जेठानीको छोरा बित्यो । त्यसपछि उनीहरूकोमा काम गरिदिने शर्तमा त्यही पाउडर दूध माग्यौ । त्यही दूध खुवाएर बाँचेकी छोरी अहिले कक्षा ३ मा पढ्छे । जेठानीको छोरा बाँचेको भए मेरी छोरीले दूध पाउने थिइनँ । त्यसपछि छोरी बाँँच्ने थिई कि थिइनँ भन्न सक्दिनँ । कहिलेकाहीं लाग्छ जेठानीको छोरा मर्दा पो मेरो छोरी बाँचेकी हो कि ?

 

म आफू पनि कुुपोषित छु, हामी राम्रोसँग खान पाउँदैनौं । लगाएको अन्नबालीले महिना दिन मात्रै खान पुग्ने भएकाले बजारको चामलको भरमा हुन्छांै । कुनै दिन खाना पुग्दैन, कहिलेकाहीं त एक छाक मात्रै खाएर दिन कटाउनुपर्छ । छोराछोरीको मुखमा चारो हाल्न धौ–धौ हुन्छ आफूले कहाँ राम्रो खान पाउनु । पहिलो बच्चा जन्मेको बेला त थोरै थोरै दूध आउँथ्यो । दोस्रो सन्तान जन्मेदेखि नै दूध आउँदैन, मैले त बाख्राकै दूधले चार सन्तान हुर्काएँ, चार सन्तान बिते ।

 

घरमा खान–लाउन दुःख छ । श्रीमान् बलबहादुर बिक राम्रोसँग आँखा देख्न सक्दैनन्, अरूको सहयोगले यो छोरा अहिलेसम्म बचाएकी छु । अझै पनि बाँच्ने हो या होइन मनमा चिन्ताले सताइरहन्छ ।

 

जेठो छोरो कति गर्दा पनि बचाउन सकिनँ । आफ्ना दूधले पुगेन भनेर एउटा भर्खर पाठो पाएको बाख्रो किनेर त्यसको दूध खुवाएँ । छोरालाई दूध खुवाउन पुगोस् भनेर पाठो बिक्री गरें । खै बाख्राको दूध र मेरो दूध नपचेर हो कि, तीन दिनसम्म झाडापखाला लागेर ऊ बित्यो । जडिबुटी त गरेको हो तर बचाउन सकिनँ । ऊ बाँचेको भए, अहिले त बुहारी ल्याउने थियो के गर्नु?

 

कतै जागिर गर्नलाई श्रीमान् पढालेखा छैनन् । आँखा पनि राम्रोसँग देख्दैनन् । अझ हामी त दलित मान्छे, ऋण खोज्दा पनि कसैले विश्वास गर्दैन । अहिले पनि समस्या धेरै छन् । कमजोर भएर होला चक्कर आउँछ । पाठेघरमा पनि समस्या छ ।

 

बच्चा पाउन स्वास्थ्य चौकी जान पनि पाइनँ । स्वास्थ्य चौकी उहिले ४ घण्टा टाढा साप्पाटाको छुदरी गाउँमा थियो । स्वास्थ्य चौकी जान बाटो अप्ठ्यारो थियो । तीन वटा बच्चा घरमै पाएँ । बाँकी कोही जंगल जाँदा र कोही खेतबारीमा काम गर्न गएको बेला जन्माएँ ।

 

उहिलेदेखि परिवारमा समस्या भयो, खान–लाउन पाइएन । सिस्नु सइनु खायौ । धेरै दुःख पायौं । पेट दुख्यो, रगत बग्यो, चक्कर आयो । दुई तीन दिनकी सुत्केरी हुँदा पनि पेटभरी खान पाइएन । ३० दिनसम्म गोठमै बस्नुपर्ने चलन छ । सुत्केरी भएको बेला खाना पकाइदिने समेत कोही हुन्न, आफैं पकाएर खानुपर्छ ।

बच्चा पाउन दुःख भयो, पाइसकेपछि पाल्न पनि दुःख भयो । लगाउने कपडा हुन्न । खेतीपाती कम भयो खान–लाउन समस्या । हुने मान्छे पैसा खर्च गरेर राम्रा ठाउँमा उपचार गर्न जान्छन्, अस्पतालमा जान्छन् । हामी नहुने मान्छे कहाँ जानु रु यो उमेरसम्म पनि रोग पालिरहेकी छु ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement