पुस १५, काडमाडौं ।संखुवासभा, तेह्रथुम, इलाम, धनकुटा, ताप्लेजुङलगायत जिल्लाका उच्च क्षेत्रमा शुक्रबारदेखि हिउँ परेको छ । अचानक परेको हिउँले जाडो बढ्दा जनजीवन प्रभावित भएको छ । हिउँमा रमाउनेहरू विराटनगरदेखि ती क्षेत्रमा पुगेका छन् । विराटनगर — हिमाली र पहाडी जिल्लाका उच्च भेगमा शुक्रबार भएको हिमपातले चिसो बढेको छ । ह्वात्तै बढेको चिसोले जनजीवन प्रभावित बनेको हो ।
धनकुटाको पाख्रिबासमा शुक्रबार परेकोको हिउँ खेल्दै सर्वसाधारण हिउँ परेका स्थानमा पुगेर खेल्ने र रमाइलो गर्नेहरू शनिबार उल्लेख्य संख्यामा ती क्षेत्रमा पुगेका थिए । संखुवासभा, तेह्रथुम, इलाम, धनकुटा, ताप्लेजुङलगायत जिल्लामा हिमपात भएको छ । इलामका उत्तरी लेकाली क्षेत्रमा भएको हिमपातपछि चिसो बढेको छ । वर्षौंपछि कम उचाइसम्म हिमपात भएको हो । मेची राजमार्गको पौवा खण्डको सेपिलो पाटोतिर शनिबार दिउँसोसम्म हिउँका कारण यातायातका साधान सञ्चालनमा कठिनाइ भएको छ ।
घाम लागेर हिउँ पग्लन थालेपछि सडक चिप्लो भएकाले जोखिम बढेको हो । ‘मुस्किलले केही गाडी मात्र आउजाउ गरिरहेका छन्,’ राँकेका श्री विष्टले भने, ‘साना केही सवारीसाधन चिप्लिने गरेको पनि देखियो ।’ दिनभर ठूला सवारीसाधन चल्न सकेनन् । साना सवारीसाधनलाई पनि कतिपय ठाउ“बाट धकेलेर निकाल्नुपर्ने अवस्था भएको उनले बताए । राँके क्षेत्रमा शुक्रबार हिउँ परेपछि खेल्न जानेको संख्या बढेको छ । २०६० पछि यो क्षेत्रमा पहिलो पटक हिउँ परेको हो । २ हजार मिटर माथिका क्षेत्रमा सामान्य हिमपात भएको छ । त्यस्तै इलाम नगरपालिकाको बरबोटेलगायत क्षेत्रमा असिना परेको थियो ।
दिनभर घाम लागे पनि चिसो बतास चलेकाले सदरमुकामलगायत लेकाली क्षेत्रमा नियमित काम गर्नेलाई समस्या छ । हिमपातका कारण सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्य भएका छन् । पुस पहिलो साता पनि उच्च पहाडी क्षेत्रमा वर्षासँगै सामान्य हिमपात भएको थियो । ‘हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन्,’ जौबारीका पेम्बाछिरिङ लामाले भने, ‘घर बाहिर निस्कने अवस्था नभएकाले धेरैले आगो तापेरै दिन बिताउने गरेका छन् ।’ हिमपातले सीमावर्ती मानेभन्ज्याङदेखि ३२ किलोमिटरको दूरीमा रहेको सन्दकपुरसम्मका सडकमा अवरोध पुर्याएको छ । बाक्लो हिउँ जमेकाले केही दिन सवारीसाधन चल्न कठिन हुने स्थानीयले बताएका छन् । गैरीबास क्षेत्रमा १ दर्जन जति गाडी हिउँ पार गर्न नसकेर रोकिएका छन् । गैरीबासदेखि फाटकसम्मको क्षेत्रमा घनाजंगल भएकाले हिउँ नपग्लिएका कारण यातायात अवरुद्ध भएको हो ।
गुफापोखरी सेताम्य
संखुवासभाको पर्यटकीय स्थल गुफापोखरीकी हिमा खनाल यो सिजनमा पहिलो पटक हिमपात भएपछि रमाएकी छन् । स्थानीयवासी जाडोको प्रवाह नगरी हिउँ खेल्न व्यस्त छन् । शुक्रबार दिउँसो मौसममा परिवर्तन आएपछि पानीसँगै ठूलो हिमपात भयो । हिउँ अझै पनि पग्लिएको छैन । गुफापोखरी र बजार क्षेत्र सेताम्य छ । यहाँबाट देखिने तीनजुरे, मिल्के, जलजले क्षेत्रका डाँडाकाँडा पनि सेताम्य छन् । गुफापोखरी आसपासमा हिउँ परेको थाहा पाएपछि तेह्रथुम, संखुवासभा र धनकुटाका सर्वसाधारणको भीड लागेको छ । शनिबारमात्रै हिउँ खेल्न विभिन्न स्थानबाट आन्तरिक पर्यटक आएको उनले बताइन् । खनाल गुफापोखरीकी होटल व्यवसायी हुन्तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी,मेन्छ्यायेम डाँडा, मिल्केलगायत क्षेत्र सेताम्य बनेका छन् । गुफाबजारमा विगतका वर्षमा भन्दा बढी हिउँ परेकोे स्थानीय मञ्जु खनालले बताइन् ।
बाक्लो हिमपात
धनकुटाका विभिन्न स्थानमा बाक्लो असिना तथा हिउँ परेको छ । उच्च लेकाली भेकमा वर्षौंपछि हिउँ परेको स्थानीयले जनाएका छन् । खासगरी १ हजार ८ सय मिटर उचाइ माथिका अधिकांश स्थानमा हिउँ परेको छ । पर्यटकीय स्थल हिले तथा पाख्रिबास क्षेत्रमा अपराह्न हिउ“ परेपछि सर्वसाधारण हिउ“मा रमाउन भेलाभएका थिए ।हिलेबजार क्षेत्रमा १६ वर्षपछि बाक्लो हिउँ परेको स्थानीय उमेश घिमिरेले बताए । हिलेमा आधा फिट बाक्लो हिउँ परेको छ । हिउँ खेल्न धनकुटा बजारलगायतबाट सयौंको संख्यामा सर्वसाधारण भेला भएपछि सडकमा ट्राफिक जामसमेत भएको प्रहरीले जनाएको छ । यसैगरी होराइजन रिसोर्ट क्षेत्र, गुराँसे, जोरपाटी, सिधुवा, भीरगाउँको माथिल्लो भागलगायतका स्थानमा अपराह्न ४ बजेदेखि करिब एक घण्टा हिउँ परेको स्थानीय रूपा बानेमले जानकारी दिइन् । ती स्थानमा वर्षौंपछि हिउँ परेको हो । पाख्रिबास क्षेत्रमा पनि ३५ वर्षपछि हिउँ परेको स्थानीय रोशन परियारले बताए । हिउँ परेसँगै जाडो बढे पनि स्थानीयवासीले साँझ अबेरसम्म एकापसमा हिउँ छ्यापाछ्याप गर्दै रमाइलो गरेको स्थानीय अञ्जु थापाले बताइन् । धनकुटा, तेह्रथुम र संखुवासभाको संगमस्थल चित्रे, मुढेशनिश्चरे लगायतका स्थानमा पनि शनिबार हिमपात भएको छ ।
तेह्रथुमको वसन्तपुरमा हिउँ खेल्न शनिबार उल्लेख संख्यामा सर्वसाधारण भेला भए । हिउँ हेर्न र खेल्न आएका अँन्तरिक पर्यटकका कारण पटेकडाँडादेखि मिल्केसम्मको क्षेत्रमा चहलपहल बढेको थियो । वसन्तपुर क्षेत्रमा परेको बाल्लो हिउँमा खेल्न धरान ८ बरगाछीबाट पुजन पोखरेलसहितको समूह चित्रे बजार आइपुगेको छ । ६ जनाको समूहमा आएका उनीहरू दिनभर पटेकडाँडा क्षेत्रमा जमेको बाल्लो हिउँमा आपसमा खेलेर रमाइलो गरिरहेका थिए ।लर्डबुद्ध कलेज विराटनगरबाट हिउँ हेर्न ३० जनाभन्दा बढी विद्यँर्थीको समूह तीनजुरे क्षेत्रमा शुक्रबार बेलुकी नै आइपुगेको थियो । उनीहरू शनिबार बेलुकीसम्म पनि यतैतिर हिउँको विभिन्न आकृति बनाएर रमाइरहेका छन् । ‘पहिलो पटक हिउँ देख्दा साह्रै रमाइलो भयो,’ समूहमा हिउँ खेल्न आएका निमेश तामाङले भने ।
हिउँमा खेल्न र हेर्न आउनेका कारण यहाँका होटल तथा लज भरिभराउ भएको वसन्तपुरकै ठूलो याक होटलका सञ्चालक पेम्बाछिरिङ भोटियाले बताए । पर्याप्त होटल नहुँदा आएका सबै पर्यटकलाई बास बसाउन र खुवाउन समस्या भएको होटल व्यवसायीको भनाइ छ । जनाभन्दा बढी विद्यँर्थीको समूह तीनजुरे क्षेत्रमा शुक्रबार बेलुकी नै आइपुगेको थियो । उनीहरू शनिबार बेलुकीसम्म पनि यतैतिर हिउँको विभिन्न आकृति बनाएर रमाइरहेका छन् । ‘पहिलो पटक हिउँ देख्दा साह्रै रमाइलो भयो,’ समूहमा हिउँ खेल्न आएका निमेश तामाङले भने । हिउँमा खेल्न र हेर्न आउनेका कारण यहाँका होटल तथा लज भरिभराउ भएको वसन्तपुरकै ठूलो याक होटलका सञ्चालक पेम्बाछिरिङ भोटियाले बताए । पर्याप्त होटल नहुँदा आएका सबै पर्यटकलाई बास बसाउन र खुवाउन समस्या भएको होटल व्यवसायीको भनाइ छ ।