Advertisement
Advertisement
Advertisement
Advertisement

सन्तानलाई शिशु स्याहार केन्द्रमा राखेर आमा कमाउँदै

  |      15:08:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ४, तेह्रथुम । जिल्लाको म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३२ वर्षे सुनीता सम्बाहाम्फेका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । बाह्र वर्षे छोरा कक्षा ५ र नौ वर्षे छोरी कक्षा ३ मा पढ्छन् । सानो छोरा अहिले तीन वर्षको पुग्दैछ । ठूला दुई नानी हुर्काउन सुनितालाई निकै हम्मे–हम्मे पर्यो । 

 

घरको काम र मेलापातमा कति दिन त नानीलाई पिठ्युँमा बोकेर काम गर्न जानुपथ्र्यो । उनीहरूलाई विद्यालय जाने बानी बसाउन झन मुस्किल परेको थियो। तर अहिले सानो छोराको बारेमा त्यति धेरै चिन्ता छैन । घर नजिकै खुलेको शिशु हेरचाह केन्द्रमा सुनीताले सानो छोरा एड्मिनलाई राख्न थालेको दुई वर्ष बढी भइसकेको छ । स्थानीय महिला सम्मिलित शुम्भोलुङ महिला समूहले खोलेको केन्द्रमा बिहान १० बजेदखि साँझ ५ बजेसम्म छ महीनादेखि विद्यालय उमेर पूर्वका बालबालिकाको हेरचाह गर्ने व्यवस्था मिलाइएको छ । अहिले एड्मिन आफैँ केन्द्रमा जान थालेका छन् । 

 

हेरचाह केन्द्रमा गएर बस्ने, खेल्ने र आफूजस्तै अरु साथीसँग रमाउने उनलाई बानी परिसकेको छ । घरमा दुई–चार जना मान्छे आउँदा पनि एड्मिन बोल्न डराउँदैनन् । आमाको काख बिनै पनि उनलाई घुलमिल गर्ने, खेल्ने, रमाउने, खाने बानी परिसकेको छ । अब एड्मिनलाई विद्यालय पठाउन पनि उनका दिदीदाजुलाई जस्तो गाह्रो नहुने सुनीता बताउनुहुन्छ । त्यसो त हेरचाह केन्द्रले एड्मिनलाई राम्रो मात्रै होइन, परिवारलाई नै सजिलोसमेत बनाएको छ । एड्मिनको स्याहारसुसार गर्ने समय सुनीता र परिवारका अन्य सदस्यले अर्थोपार्जनका क्रियाकलापमा खर्चिएका छन् । एउटा बच्चाको हेरचाह गर्ने जिम्मा स्वभावैले आमाकै हुन्छ । त्यसकारण पनि आमाले नानीलाई हुर्काउन थाल्दा आफ्नो जीवनको महत्वपूर्ण समयनै व्यतीत गरिसकेकी हुन्छिन् । 

 

आमाले आफ्नो नानीलाई ध्यान दिँदा आफ्नो व्यक्तित्व विकास भुल्छिन् । आम्दानी देखिने काम गर्न पाउँदिनन् तर सुनीताले पछिल्ला दुई वर्ष यस्ता धेरै कष्ट बेहोर्नु परेन । बरु बच्चाको वृद्धि विकास र आफ्नो व्यक्तित्व विकास सँगसँगै अघि बढ्यो । नानीलाई हेरचाह केन्द्रमा राखेर सुनिताले आफ्ना लागि चाहिने रुपैयाँ आफैँ जुटाउन सक्ने हुनुभयो । घरको काम, मेलाको काम र परिवारलाई दिने समय पनि व्यवस्थित बनेको छ । “नानी बोकी–बोकी पनि काम नगरी खान पाइन्नँ, केही नगरे पनि घरको काम त नानी पिठ्युँमा बोकेर पनि सबै आफैँले गर्नैपर्छ”, उहाँ भन्नुहुन्छ, “हेरचाह केन्द्र खुलेपछि नानी त्यता राख्यो, यता आफू ढुक्कले काम गर्यो” ।

 

नानी छाडेर काम गर्दा नानीले फोहोर गर्यो कि ? नराम्रो खायो कि ? भनेर पनि पीर गर्नु नपर्ने सुनीताको अनुभव छ । नानीलाई हेरचाह केन्द्रमा राखेर सुनीताले घरको भान्साको काम मात्रै हैन, करेसाबारीमा तरकारी खेती, फलफूल खेती, अदुवा खेतीलगायत आयआर्जनका काम गर्नुभएको छ । 

 

उहाँले नानी हेर्ने समयलाई अर्थोपार्जनको काममा खर्चिएपछि श्रीमान् र सासू ससुरा पनि खुशी हुनुहुन्छ । हेरचाह केन्द्रले आफ्नो परिवारमा खुशी भित्रिएको उहाँका श्रीमान् जयप्रकाशले बताउनुभयो । “उनको धेरै समय नानीसँगै बित्थ्यो, अहिले उनले कमाएकैले घर खर्च चल्छ, उनले नै घर सम्हालेकी छिन्, मैले कमाएको दुई–चार रुपैयाँ बचत हुन्छ” श्रीमतीतिर फर्किएर जयप्रकाशले भन्नुभयो। सुनिताले यो वर्ष पनि अदुवा खेतीबाट मात्रै रु २० हजार आम्दानी गर्नुभएको छ । तरकारी, फलफूल र कुखुराको आम्दानी छुट्टै छ । 

 

सुनीताको जस्तै आर्थिक सबलता बढेको छ, सोही गाउँकी कोमलमाया लिम्बूको पनि । केही वर्ष अघिसम्म के खाउँ, के लाउँ रु भन्ने अवस्थाको कोमलमायाको परिवारमा धेरै परिवर्तन आएको छ । कोमलमायाले पनि आफ्नो सानो नानीलाई हेरचाह केन्द्रमा राखेर बचेको समयलाई आयआर्जनमा लगाउनुभएको छ । 

 

उहाँले पनि श्रीमान् ईश्वरको सहयोगमा अदुवाको व्यावसायिक खेती गर्नुभएको छ। अहिले खुर्सानी, लसुन, आलु उखु, केरा, माछा र अलैँची खेतीबाट पनि आम्दानी हुन थालेको छ । काम गर्ने श्रीमान् र श्रीमती दुई जना मात्रै भए पनि उहाँले वार्षिक घर खर्च कटाएर खेती किसानीबाटै लाखौँ रुपैयाँ बचत गर्न थाल्नुभएको छ । 

 

“बच्चालाई हेरचाह केन्द्रमा राखेर काम गर्न नपाएको भए यति धेरै आम्दानी हुन्थेन, एक्लैले कति पनि काम गर्न सकिन्न”, कोमलमाया भन्नुहुन्छ । हेरचाह केन्द्र खुलेपछि पहिलेजस्तो मेलापात जाँदा पनि नानी भोकायो होला रु दिसा पिसाब गयो होला रु कतै लड्यो कि ? भन्ने जस्ता धेरै पीर खेप्नु नपरेको उहाँले बताउनुभयो । “हेरचाह केन्द्रले नै हाम्रो परिवारको सबै कुरा भएको छ”, श्रीमान् ईश्वरले भन्नुभयो, “सानो नानी हुँदा काम गर्ने एक्लै पर्थे, खेती पनि यति धेरै थिएन, तर जबदेखि हेरचाह केन्द्र खुल्यो, अनि त नानी हेरचाह केन्द्रमा, हामी मेलामा ।” श्रीमान्का कुरामा थप्दै कोमलमायाले भन्नुभयो, “आम्मै १ बच्चा हेर्दै यति धेरै काम मैले पनि कसरी गर्थेँ र रु यो सब देन हेरचाह केन्द्रकै हो ।” 

 

कोमलमायाले खनेर बेच्ने बेला भएको अदुवाबाट भाउ राम्रो भएको भए ४० हजार बढी आम्दानी हुने थियो । यो गाउँमा उहाँ जस्तै दर्जनौँ दम्पती छन्, जसले हेरचाह केन्द्र खुलेपछि घरको काममा सजिलो भएको बताउँछन् । गाउँमा रहेको समूहले एक्सन एड नेपालको सहयोगमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत देउराली सोसाइटीको सहजीकरणमा शिशु हेरचाह केन्द्र सञ्चालन गरेको छ ।केन्द्रमा गाउँका १० जनासम्म बच्चा ल्याउने गरिएको छ । समूहले नै बच्चाको रेखदेखका लागि हेरालु राखेको छ । एक जना हेरालुबाटै केन्द्रमा आउने ८–१० जना बच्चाको रेखदेख, खुवाइपिलाइ र सरसफाइ हुन्छ । समूहको आफ्नै भवन छ । बच्चालाई आवश्यक कपडा, खेलौना, खाना बनाउने सामग्री आदि व्यवस्थापन गरिएको छ । 

 

केन्द्र खुलेपछि गाउँका महिलाको व्यक्तित्व विकास र आयआर्जन दुवैतर्फ सहयोग पुगेको समूहकी अध्यक्ष योगिता लिम्बूले बताउनुभयो । ०६९ सालमा गठन भएको समूहमा गाउँका ३५ महिला सदस्य छन् । समूहले ०७१ सालबाट सामुदायिक शिशु हेरचाह केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्र सञ्चालनका लागि समूहले स्थापना गरेको अक्षयकोषमा अहिले रु तीन लाख बढी जम्मा भएको छ । समूहमा आबद्धले प्रतिसदस्य मासिक रु १०० का दरले सो कोषमा जम्मा गरिरहेका छन् । स्थानीयवासी प्रेमबहादुर सम्बाहाम्फेले निःशुल्क पाँच आना जग्गा दिएपछि समूहका महिला आफैँले रु तीन लाख लागतमा एक तले भवन बनाएका छन् । 

 

अध्यक्ष लिम्बूका अनुसार लिम्बू समुदायको बाहुल्य रहेको गाउँका महिलाले बच्चालाई केन्द्रमा राखेर आयआर्जनका गतिविधि गरेका छन् । कतिपयले बाख्रा, बङ्गुर र पशुपालन गरेका छन् भने कतिपयले अदुवा, अकबरे र तरकारी खेती गरेका छन् । त्यसबाट आएको रकमले उनीहरूको व्यक्तिगत र पारिवारिक जीवनलाई सहज बनाएको अध्यक्ष लिम्बूले बताउनुभयो । 
 

 

बच्चाको रेखदेखका लागि हेरालु राखेको छ । एक जना हेरालुबाटै केन्द्रमा आउने ८–१० जना बच्चाको रेखदेख, खुवाइपिलाइ र सरसफाइ हुन्छ । समूहको आफ्नै भवन छ । बच्चालाई आवश्यक कपडा, खेलौना, खाना बनाउने सामग्री आदि व्यवस्थापन गरिएको छ । केन्द्र खुलेपछि गाउँका महिलाको व्यक्तित्व विकास र आयआर्जन दुवैतर्फ सहयोग पुगेको समूहकी अध्यक्ष योगिता लिम्बूले बताउनुभयो। ०६९ सालमा गठन भएको समूहमा गाउँका ३५ महिला सदस्य छन्। समूहले ०७१ सालबाट सामुदायिक शिशु हेरचाह केन्द्र सञ्चालनमा ल्याएको हो । 

 

केन्द्र सञ्चालनका लागि समूहले स्थापना गरेको अक्षयकोषमा अहिले रु तीन लाख बढी जम्मा भएको छ । समूहमा आबद्धले प्रतिसदस्य मासिक रु १०० का दरले सो कोषमा जम्मा गरिरहेका छन् । स्थानीयवासी प्रेमबहादुर सम्बाहाम्फेले निःशुल्क पाँच आना जग्गा दिएपछि समूहका महिला आफैँले रु तीन लाख लागतमा एक तले भवन बनाएका छन् । अध्यक्ष लिम्बूका अनुसार लिम्बू समुदायको बाहुल्य रहेको गाउँका महिलाले बच्चालाई केन्द्रमा राखेर आयआर्जनका गतिविधि गरेका छन् । कतिपयले बाख्रा, बङ्गुर र पशुपालन गरेका छन् भने कतिपयले अदुवा, अकबरे र तरकारी खेती गरेका छन् । त्यसबाट आएको रकमले उनीहरूको व्यक्तिगत र पारिवारिक जीवनलाई सहज बनाएको अध्यक्ष लिम्बूले बताउनुभयो । 

 

–प्रकाश धौलाकोटी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement