Advertisement
Advertisement
Advertisement
Advertisement

रोकिएन घरमै सुत्केरी हुने क्रम

  |      14:53:00   |  
रोकिएन घरमै सुत्केरी हुने क्रम

चैत २८ काठमाडौं ।  घरमा हुने सुत्केरी दर शून्य बनाउन सरकारले विभिन्न अभियान सञ्चालन गरेको छ । जिल्लामा सरकारी संयन्त्रले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरिरहेका छन् ।  पायक पार्ने स्थानमा चौबिसै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर स्थापना भएका छन् । तर ओखलढुङ्गामा अझै घरमा सुत्केरी हुने क्रम रोकिएको छैन । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा २९ जना घरमै सुत्केरी भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कानुसार चालु आवमा सबैभन्दा बढी चिशङ्खुगढी गाउँपालिकामा आठ जना गर्भवती घरमै सुत्केरी भएका छन् । त्यस्तै  सिद्धिचरण नगरपालिकामा चार, मोलुङमा तीन, खिजीदेम्बामा पाँच, चम्पादेवीमा सात, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिकामा एक–एक जना घरमै सुत्केरी भएका छन् । लिखु गाउँपालिकामा भने चालु आर्वमा घरमा सुत्केरी भएको तथ्याङ्क छैन ।

पछिल्ला तीन आवमा ११६ गर्भवती घरमै सुत्केरी भएका छन् । आव २०८०/८१ मा ४५ र आव २०७९/८० मा ४२ जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विवेक पोखरेलले बताउनुभयो । सुरक्षित मातृत्व कार्यक्रम र गाउँगाउँमा दक्ष स्वास्थ्यकर्मीसहित प्रसूतिगृह सञ्चालन गरेर संस्थागत सुत्केरी गराउन पहल गरिए पनि अझै घरमै सुत्केरी हुने क्रम नरोकिएको सूचना अधिकारी पोखरेलको भनाइ छ ।

“नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि सचेतना र जागरणका कार्यक्रम सञ्चालन गरिएको छ । प्रसूतिगृह ठाउँठाउँमा सञ्चालनमा छन् तर घरमा सुत्केरी हुने क्रम रोकिएको छैन”, पोखरेलले भने, “यद्यपि विगतमा भन्दा केही सुधार आएको छ । जिल्लाका सबै स्थानीय तह र सरोकारवाला निकायले थप पहल गर्ने र नागरिक आफैँ बढी सचेत हुने हो भने यो समस्या समाधान हुन्छ ।” स्वयंसेविका, स्वास्थ्यकर्मी र आमा समूहमार्फत पनि सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेर नियमित गर्भजाँच गराउने, घरमा हुने सुत्केरीको दर घटाउने, मातृशिशु मृत्युदर शून्य बनाउनेजस्ता अभियान सञ्चालन भइरहेको उनले बताए।  

एक वर्षमा ९१ महिला उमेर नपुग्दै सुत्केरी

ओखलढुङ्गामा विवाहयोग्य उमेरअगावै सुत्केरी हुनेको सङ्ख्या बढेको छ । वालविवाह हुनेक्रम नरोकिएको यस जिल्लामा आठ महिनामा ९१ जना किशोरीले प्रजनन उमेरअगावै बच्चा जन्माएका हुन् । चालु आवको साउनदेखि फागुन मसान्तसम्म ९१ जना महिला २० वर्ष नपुग्दै सुत्केरी भएको स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विवेक पोखरेलले बताए। कार्यालयका अनुसार सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा २९ जना किशोरी सुत्केरी भएका छन् ।

मानेभञ्ज्याङमा १७, चम्पादेवीमा १३ र सुनकोशीमा आठ जना कम उमेरमा सुत्केरी भएका छन् । लिखु, खिजीदेम्बा र मोलुङ गाउँपालिकामा सात–सात जना र सबैभन्दा कम चिशङ्खुगढी गाउँपालिकामा तीन जना सरकारले तोकेको विवाह गर्ने उमेर नपुग्दै सुत्केरी भएका छन् ।

जिल्ला अस्पताल, ओखलढुङ्गा सामुदायिक अस्पताल र जिल्लाका विभिन्न स्थानीय तहका बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाको उमेरअनुसार यो तथ्याङ्क सङ्कलन गरिएको छ । जिल्लामा विगतमा परिवारको दबाबमा उमेर नपुग्दै मागी विवाह गर्ने चलन थियो । अहिले पारिवारिक दबाबमा मागी विवाह गर्ने क्रम घटेपछि २० वर्ष नपुग्दै प्रेम विवाह गर्नेको सङ्ख्या बढेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement