काठमाडौं । नौ वर्षअघि गढीमाईको मेलाको बेला अचानक केही महिना बेपत्ता भएका रामबहादुर बमजन कहाँ गएका थिए होलान्रु
सम्पर्कविहीन हुनुअघि आफूलाई धर्मगुरुका रूपमा चिनाउने बमजनले गढीमाईको मेला हुने ठाउँमा आफू जाने र त्यहाँ हुने पशुबलि रोक्ने उद्घोष गरेका थिए। त्यस्ता तरुण तपस्वी एक महिनासम्म हराउँदा धेरैको मनमा विभिन्न आशङ्का कौतूहल जन्माएको थियो।
नेपाल प्रहरीले अहिले त्यसको सम्भावित उत्तर पाएको छ। हत्या र मान्छे बेपत्ता पारेको उजुरी उनीविरुद्ध परेपछि अनुसन्धान थालेको प्रहरीका अनुसार बमजन त्यतिबेला आफ्नो आश्रममा बस्ने एउटी आनीको आमाबुवाको घर गएका थिए।
बमजन त्यतिबेला आनी रिता बोटको घरमा गएर एक महिनाजति बसेका र त्यसपछि दुवै जना त्यहाँबाट सँगै हिँडेका थिएू भन्ने लिखित जानकारी रिता बोटकी आमाले प्रहरीलाई दिएको सर्लाहीका प्रहरी उपरीक्षक एसपी पोषराज पोखरेलले बीबीसीलाई बताए।
बमजनसँग गएपछि रिता बोट घर नफर्किएको भन्दै उनकी आमाले प्रहरी गुहारेकी छन्।
यसअघि पनि बमजनको नाममा सिन्धुपाल्चोक, सिन्धुली, बारा जस्ता स्थानमा खोलिएका आश्रममा गएका भक्तहरू बेपत्ता भएका र तिनीहरूको ुखोजतलास गरिपाऊँ भन्दै प्रहरीमा निवेदनहरू दर्ता भएका छन्।
ती घटनाबारे अनुसन्धान गरिरहेको नेपाली प्रहरीको टेबलमा यतिखेर एउटा अर्को निवेदन थपिएको हो।
बमजनको संस्थाले उनीसँग जोडिएका आरोपहरू असत्य गरेको बताउँदै आएको छ।
प्रहरीले भने उजुरीका आधारमा प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ मा अनुसन्धान केन्द्रित भएको बताएको छ।
आनी रिता बोट कहाँ गइन् होला ?
रिता बोटका आमाबुवा सर्लाहीको वाग्मती नगरपालिका १२ स्थित काजीराम टोलमा बसोबास गर्दै आएका छन्।रिताको उमेर हाल अन्दाजी २९ वर्षको छ।
उनकी आमा सोमती बोटले वर्षौँदेखि हराइरहेकी आफ्नी छोरीको ुखोजतलास गरिपाऊँ भन्दै गत पुस १८ गते सर्लाहीको हरिओनस्थित प्रहरी कार्यालयमा उजुरी दिइन्।
त्यसपछि हामीले खोजतलास गर्नका लागि सोधपुछ र अनुसन्धानको काम अघि बढाएका छौँ, प्रहरी उपरीक्षक एसपी पोषराज पोखरेलले बीबीसी नेपाली सेवासँग भने, तर अहिलेसम्म केही थाहा हुन सकेको छैन।
प्रहरीसमक्ष दिएको उजुरीमा उल्लेख गरिए अनुसार रिता बोट २०६३ सालमा बारा जिल्लाको हलखोरियास्थित रामबहादुर बमजनको आश्रममा गएकी थिइन्।
त्यतिबेला बमजनले नेपालका जङ्गलमा एक्लै तपस्या गर्ने लिटल बुद्धुका रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत् ख्याति कमाउँदै थिए।
सोमती बोटका अनुसार त्यतिबेला हलखोरिया गएकी रिता बोट आनी बनिन्।
गढीमाई मेलाको बेला आमाबुवाको घरमा आएको बेला म अब बमजनसँगै बस्छु भन्दै हिँडेकी थिइन्, एसपी पोखरेलले भने।
के प्रहरीसँग आनी रिता बोटको तस्बिर पनि छर ?
सर्लाही प्रहरीका अनुसार प्रहरीलाई दिइएको निवेदनमा आनी रिताको हुलिया खुलाइएको छ। तर उनको तस्बिर समावेश गरिएको छैन।
त्यसैले प्रहरी अहिले अर्को समस्या खेप्दछ। बेपत्ता भनिएकी आनीको तस्बिर नै नभएपछि उनलाई कसरी खोज्ने र कहाँ खोज्नेरु
एसपी पोखरेलका अनुसार गढीमाईको मेलाको बेला घरमा बसेर गएपछि आनी रिता फेरि एक दिन आमाबुवालाई भेट्न आएकी थिइन्।
अब हामी सँगै बस्छौँ भनेर घरमा भएका आफ्ना तस्बिरहरू सबै जलाएरु हिँडेपछि उनको आमाबुवासँग सम्पर्क नै छैन,उनले भने।
बीबीसीले निवेदक सोमती बोटसँग पनि सम्पर्क गर्ने प्रयास गरिरहेको छ।
के भन्छन् अनुयायीहरू ?
विश्वभरि ख्याति कमाइसकेका रामबहादुर बमजनले बौद्धधर्मभन्दा फरक देखिने गरी बोधिमार्ग दर्शन मैत्री धर्मु नाम गरेको सम्प्रदाय बनाएका छन्।
उनी आफूलाई महासम्बोधि धर्म सङ्घको गुरुका रूपमा चिनाउँछन्।
सो सङ्घका पदाधिकारीहरूले बमजनविरुद्ध लगाइएका सबै आरोपहरू असत्य रहेको बताउँदै आएका छन्।
उनका अनुयायीहरूको एउटा समूहले हालै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बमजनको प्रतिरक्षा गरेका थिए।
प्रहरी अनुसन्धान कसरी अघि बढ्दैछ ?
बमजनका आश्रमहरूबाट मानिसहरू बेपत्ता भएका भन्ने आशयका निवेदनहरू एकपछि अर्को गरी पर्न थालेपछि नेपाल प्रहरीले केही सक्रियता देखाएको छ।
उसले हालै सिन्धुपाल्चोक र सिन्धुलीका आश्रममा बस्ने बमजनका अनुयायीहरूसँग सोधपुछ गरिसकेको छ।
सिन्धुली आश्रममा सुरक्षाघेराभित्र बस्छन् रामबहादुर बमजनलिटल बुद्धु रामबहादुर बमजनको आश्रममा प्रहरीको छापातर अनुसन्धान कुनै निष्कर्षमा पुगिसकेको छैन।
नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी उत्तमराज सुवेदीले बिहीवार बीबीसी नेपाली सेवासँग भने, अहिलेसम्म चारवटा उजुरी परेका छन्। सबै सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएका छन्। केन्द्रबाट पनि हामीले सहयोग गरिरहेका छौँ।
एसएसपी सुवेदीका अनुसार घटनाहरू पुराना भएकाले तिनको अनुसन्धानमा जटिलता देखिएको छ।
उनले भने, मानिसहरू बेपत्ता भएका कुरा आएका छन्। उनीहरूलाई जे पनि भएको हुन सक्छ। उनीहरू कहाँ होलान्रु नेपालमा होलान् कि विदेशमा ‘ हामीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौँ। बीबीसी