Advertisement
Advertisement
Advertisement
Advertisement

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सामूहिक प्रतिबद्धता

  |      12:09:00   |  
वेब तस्विर
वेब तस्विर

असोज २, काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकासमन्त्रीले बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेकाछन् । 
 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग सोमबार  गरेको छलफलपछि आज जारी काठमाडौँ प्रतिबद्धतापत्रमा सो घोषणा गरिएको हो । 

 

प्रतिबद्धतापत्रमा बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुका साथै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार प्रवद्र्धन तथा संरक्षणका लागि सहकार्य गर्न उनीहरु सहमत भएकाछन् । 

 

लैङ्गिक हिंसाबाट पीडित तथा मानव बेचबिखन पीडित÷प्रभावित व्यक्तिको उद्धार, पुनःस्थापना र सुरक्षा, असहाय र अशक्त ज्येष्ठ नागरिकको लागि आरोग्य आश्रमको निर्माण र सञ्चालन, अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनाका लागि सङ्घ र प्रदेशबाट सञ्चालन गरिने कार्यमा समन्वय र सहकार्य गर्ने, सरकारी तथा गैरसरकारी संस्थाबाट सञ्चालित बालगृह, पुनःस्थापना केन्द्र, सेवा केन्द्र तथा वृद्धाश्रमको समन्वयात्मकरूपमा अनुगमन तथा नियमन गर्ने प्रदेश सामाजिक विकासमन्त्रीले प्रतिबद्धता व्यक्त गरेकाछन् । 

 

त्यसैगरी सडक बालबालिकाको उद्धार, पुनःस्थापना, सामाजिकीकरण तथा पारिवारिक पुनः एकीकरणका कार्यमार्फत सडक बालबालिका मुक्त क्षेत्र विस्तार गर्दै जाने, बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न योजना बनाई कार्यान्वयन गर्न सबै प्रदेशका सामाजिक विकासमन्त्री सहमत भएकाछन् । 

 

सरकारले प्रत्यक्ष कार्यान्वयनमा ल्याएका कार्यक्रमको प्रदेश सरकारबाट सहकार्य, समन्वय, कार्यान्वयन र अनुगमनमा सहयोग गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकसम्बन्धी कोषको पुनःस्थापना कोष, लैङ्गिक हिंसा निवारण कोष, एकल महिला सुरक्षा कोष, आपत्कालीन बाल उद्धार कोष, अपाङ्गतासम्बन्धी पुनःस्थापना कोष, ज्येष्ठ नागरिक कोष० समन्वयात्मकरूपमा व्यवस्थापन र परिचालन गर्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरेकाछन् । 

 

महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सम्बन्धमा अन्तर्राष्ट्रिय सन्धि र प्रतिबद्धताबमोजिमका दायित्व पूरा गर्ने कार्यका लागि सामाजिक विकास मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विशेष पहल गर्ने र सोसम्बन्धी प्रतिवेदन आदानप्रदान गर्ने प्रतिबद्धतामा उल्लेख छ । 

 

महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा सम्पादन भएका वार्षिक कार्यक्रमको चौमासिक र वार्षिक उपलब्धि, समस्या र चुनौतीका सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रदेश सामाजिक विकास मन्त्रालयसँग र प्रदेशले स्थानीय तहसँग नियमित समीक्षा गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेकाछन् । 

 

“सङ्घीय शासन प्रणालीअनुरुप सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका, एक अर्काबीच सहकार्य र समन्वय जस्ता विषयमा आपसी छलफल गरी सङ्घ र प्रदेश तहको काम कारवाही सहज, प्रभावकारी र व्यवस्थित गर्न तीनै तहको सरकारले प्रभवाकारी भूमिका निर्वाह गर्न सहमति भएको छ”, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव विनिता भट्टराईले जानकारी दिईन् । 

 

उनले मुलुक सङ्घीय संरचनामा गएसँगै सबै जिल्लाका महिला तथा बालबालिका कार्यालय विघटन भएपछि सङ्घीय सरकारले अब प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरी कार्य गर्ने बताईन् । 

 

प्रतिबद्धतापत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तर्फबाट मन्त्री थममाया थापा र प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश नं २ का नवलकिशोर साह, गण्डकी प्रदेशका नरदेवी पुनमगर, प्रदेश नं ५ का सुदर्शन बराल, कर्णाली प्रदेशका दलबहादुर रावल, प्रदेश नं ७ का दीर्घबहादुर सोडारी र प्रदेश नं ३ बाट सो मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले हस्ताक्षर गरेकाछन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement