Advertisement
Advertisement
Advertisement
Advertisement

बालबालिका अझै श्रममा जान बाध्य

  |      12:49:00   |  
वेब तस्विर
वेब तस्विर

रीता लामा 

पुष १९, घोराही । घोराही उपमहानगरपालिकाको सहकार्यमा लामो समयदेखि बाल अधिकारको क्षेत्रमा काम गरिरहेको हिमालय शान्ति तथा विकास अभियान ९हिप्डेक०ले छ जना बालश्रमिकलाई परिवारमा पुनःस्थापना गरेको छ । हिप्डेकले केही दिन अघि १४ जना बालश्रमिकलाई परिवारमा पुनःस्थापना गरेको थियो । हिप्डेकका कार्यक्रम संयोजक किरण गौतमका अनुसार परिवारसँगै फर्काइएका बालबालिकालाई शैक्षिक सामग्री र आयआर्जनका लागि परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । उद्धार गरिएका अधिकांश बालश्रमिक ग्यारेज, होटल, गाडी धुलाई, जुत्तापसल जस्ता क्षेत्रमा काम गर्छन् । धेरैजसो बालबालिका होटेलमा काम गर्दै गरेको अवस्थामा भेटिने गरेका छन् । 

 

पुनःस्थापनाको क्रममा अधिकांशको परिवारमा समस्या हँुदा बालबालिका काममा आउनुपर्ने बाध्यतासमेत देखिएको छ । बाबु आमाले बेवास्ता गर्नु, आर्थिक अवस्था नाजुक हुनु, आमाबाबु नहुनु, भए पनि गैर जिम्मेवार हुनु, पारिवारिक बेमेल हुनुलगायतका समस्यााले बालबालिका काम गर्न बाध्य हुने गरेको संयोजक गौतमले बताउनुभयो ।  “गरीब परिवारका अभिभावक दिनरात जाँडरक्सी खाने र बालबालिकालाई कुटपिट गर्छन् । शिक्षा, स्वास्थ्य, खानपिनमा ध्यान नदिँदा बालबालिका काममा आउने गरेको भेटिन्छ”, उहाँले भन्नुभयो, “त्यसमा पनि केही अभिभावकले त बालबालिकालाई काममा लगाएर त्यसबाट आएको पैसाले जाँडरक्सी खाने वा घर खर्च चलाउने गरेको पनि देखिएको छ ।” 

 

युनिसेफको आर्थिक सहयोग र घोराही उपमहानगरको नीति तथा कार्यक्रमअनुसार काम गरिरहेको संस्था हिप्डेकले सन् २०१६, ०१७ र ०१८ मा धेरै बालश्रमिकको विवरण सङ्कलन गरेको छ भने केहीलाई पुनःस्थापना समेत गरेको छ । सन् २०१६ मा ४६०, सन् २०१७ मा ३०५ र सन् २०१८ मा १९३ श्रमिक बालबालिका घोराही क्षेत्रमा भेटिएका थिए । संस्थाका कोषाध्यक्ष दुर्गालाल केसीका अनुसार विगत तीन वर्षको अवधिमा संस्थाले ३१८ बालश्रमिकको विवरण निर्माण, २०१ को घटना व्यवस्थापन, १२५ लाई विद्यालय भर्ना, शैक्षिक सामग्री तथा पोशाक सहयोग गरेको थियो । त्यस्तै ११७ बालश्रमिकलाई मनोसामाजिक परामर्श, १०३ को उद्धार तथा पुनःस्थापना, ९४ बालश्रमिका परिवारलाई आर्थिक साहयता र परामर्श दिइएको थियो । बाल अधिकारकर्मी एवं पत्रकार केसीका अनुसार हिप्डेकले सन २०१३ मा युनिसेफको आर्थिक सहयोगमा गरेको सर्वेक्षणमा घोराहीमा मात्र ८४८ बालश्रमिक भेटिएका थिए । अहिले २०१८ मा आइपुग्दा घोराही बजारमा ८५ बालश्रमिक भेटिएका छन् । तथ्याङ्कले घोराही बजार क्षेत्रमा बालश्रमिक घटेको तर निर्मूल हुनसकेको देखाएको छ । 

 

उपमहानगरपालिकाले सबै वडालाई बालमैत्री बनाउने तयारी गरिरहेको छ तर पारिवारिक समस्याले बालबालिका श्रममा लाग्न थालेपछि उनीहरूको पुनःस्थापना, शिक्षा, स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ । उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपाने बालश्रमिक न्यूनीकरणको लागि उपमहानगरले धेरै प्रयास गरिरहेको बताउनुभयो । सबै वडामा बालसञ्जाल गठन गर्नेदेखि बालविवाह न्यूनीकरण, बालबालिकाको गाँसबाससँगै शिक्षा, स्वास्थ्यको अधिकारबारे पनि सचेतनाको कार्यक्रम भइरहेको उहाँको भनाइ छ ।  उहाँले आगामी दिनमा बालबालिकालाई काममा लगाउने अभिभावक र काममा राख्ने मालिकलाई नै कारवाही प्रक्रिया थालेर भए पनि बालश्रम शून्यमा झार्ने लक्ष्य रहेको बताउनुभयो । 

 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहले वडालाई बालमैत्री बनाउने, बालविवाह, लैङ्गिक हिंसा, छुवाछूत, दाइजो, कमलरी, बालश्रम, मानव बेचबिखनजस्ता कुरीतिको अन्त्य गर्ने, गराउने काम गर्नुपर्ने भन्ने उल्लेख गरेको छ । त्यस्तै सडक बालबालिकाको उद्धार र पुनःस्थापनाका लागि लगत सङ्कलन गर्ने जिम्मेवारी तोकेको छ । ऐनमा बालश्रम, बालविवाह र जन्मदर्तासम्बन्धी चेतनामूलक सामग्री प्रकाशन र वितरण गर्नुपर्ने, बालबालिका, शिक्षक र अभिभावकलाई बाल संरक्षणसम्बन्धी अभिमुखीकरण गर्नुपर्ने, बालश्रमिक उद्धार समितिको बैठक बसी उद्धार र पुनःस्थापनासम्बन्धी योजना तय गर्नुपर्ने, समुदाय तहमा बाल संरक्षणसम्बन्धी चेतनामूलक भिडियो प्रदर्शनी गर्नुपर्ने व्यवस्था गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement