Advertisement
Advertisement
Advertisement
Advertisement

बहिनी जिस्क्याएको निहुँमा ललितपुरमा युवकले गरे साथीको हत्या

  |      13:09:00   |  
बहिनी जिस्क्याएको निहुँमा ललितपुरमा युवकले गरे साथीको हत्या

चैत १४ काठमाडौं । ललितपुरको इमाडोलमा एक जनाको हत्या भएको छ।

महालक्ष्मी नगरपालिका-४ ओचु हाइटमा रहेको मन्दिर अगाडि बुधबार राति एक पुरूषको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

हत्या भएका व्यक्ति रामेछाप घर भई ओचुहाइट बस्ने ३० वर्षीय रिपक खाती रहेको एसएसपी अधिकारीले जानकारी दिए। उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरेको छ।

खातीमाथि खुकुरी प्रहार भएको हो।

गएराति करिब पौने १ बजेतिर  हत्या भएको खबर पाएपछि परिसर र प्रहरी वृत्त सातदोबाटोको टोली खटिएको थियो।

प्रहरीको टोलीले राति मुचुल्का गरी बिहीबार बिहान करिब ४ बजेतिर शव पोष्टमर्टमका लागि पाटन अस्पताल पठाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यामा अहिलेसम्म दिपकको मात्रै संलग्नता देखिएको छ।
‘अहिलेसम्म उनको मात्रै संलग्नता देखिएको छ। घटनास्थलबाटै उनलाई पक्राउ गरेका हौं। धेरै सोधपुछ गर्न भ्याइसकेका छैनौं,’ एसएसपी अधिकारीले भने।

यद्यपि प्रारम्भिक बयानमा उनले हत्याको कारण भने खुलाएका छन्।
दिपक पनि रामेछापकै हुन्। दुई जनाबीच पुरानो चिनजान पनि थियो। दिपककी अन्दाजी १५ वर्षकी बहिनी पनि छिन्।
बहिनीलाई खातीले जिस्क्याउने गरेको प्रारम्भिक बयानमा बताएका छन्।

‘बहिनीलाई जिस्क्याएको भन्ने कारण देखिन्छ। पहिले पनि जिस्क्याएको रहेछ। त्यतिबेला पनि सम्झाइबुझाइ गरेको भनेका रहेछन्,’ एसएसपी अधिकारीले भने।

आफूलाई फेरि जिस्क्याएको भनेर बहिनीले सुमनलाई बुधबार सुनाएकी थिइन्। त्यसपछि उनले रिपकलाई राति नै मन्दिरमा बोलाएका थिए। चिनजानकै भएकाले रिपक पनि मन्दिरमा आएका थिए।

मन्दिरमा आएपछि उनीमाथि सुमनले खुकुरी प्रहार गरी हत्या गरेको एसएसपी अधिकारीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement