Advertisement
Advertisement
Advertisement
Advertisement

पाथीभरामा जिपमा करेन्टः मावलीका हजुरबा, हजुरआमा र नातिनीको मृत्यु

  |      11:41:00   |  
पाथीभरामा जिपमा करेन्टः मावलीका हजुरबा, हजुरआमा र नातिनीको मृत्यु

वैशाख ८ काठमाडौं । पाथीभरातर्फ गइरहेको जिपमा करेन्ट लागेर आगो लाग्दा ट्याक्सी चालकसहित चार जनाको मृत्यु भएको छ । जसमा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) रबि रावलले बताए ।दुर्घटनामा दुई जना घाइते भएको उनले जानकारी दिए । 

प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उपचारका लागि ल्याइएकामध्ये ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य ९सन्ध्या०को अवस्था गम्भीर रहेको बताइएको छ । उनका १० वर्षीय छोरा अभियव आचार्यको अवस्था सामान्य रहेको छ । 

पाथीभरा जाँदै गरेका ललितपुर महानगरपालिका निवासी सविनाका छोरी १६ वर्षीय आध्या आचार्यको घटनास्थलमै  मृत्यु भएको प्रनि बस्नेतले जानकारी दिए । आध्याका मावलीतर्फका हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षका बिनोद पौडेल, मावली हजुरआमा ६० वर्षकी सिरता पौडेल तथा सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४२ वर्षका दुर्गा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर अवस्थाकी घाइते सविनाको शरीरको धेरै भाग जलेकोले हेलिकोप्टरमार्फत थप उपचारको आवश्यकता देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिए । उनलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लागिने तयारी रहेको सहायक प्रमख जिल्ला अधिकारी संदिपा खड्काले बताइन् । पाथीभरा क्षेत्रको फुरुम्बु १० तेर्से भन्ने स्थानमा उक्त घटना भएको र सवारी नम्बर ३०११ रहेको बताइएको छ ।
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement