Advertisement
Advertisement
Advertisement
Advertisement

पाँचवटी छोरीपछि छोरो जन्मियो, गाउँभरिकालाई बोलाएर भोज खुवाइयो

  |      00:00:00   |  
पाँचवटी छोरीपछि छोरो जन्मियो, गाउँभरिकालाई बोलाएर भोज खुवाइयो

अखण्ड भण्डारी

काठमाडौं। पाँचवटी छोरीपछि छोरो जन्मियो । उनले ठूलो भोज गरे । गाउँभरिकालाई बोलाएर मीठो–मीठो खुवाए । सुत्केरी उकास्न खसी काटे । पाँचौं छोरी जन्मिँदा अवस्था ठीक उल्टो थियो । छोराको आसमा रहेका उनी फेरि पनि छोरी नै जन्मिँदा ‘खङ्ग्रङ्ग’ भए । त्यसको रिस श्रीमतीसँग पोखे । उनलाई गुन्द्रुक र ढिँडो पकाएर खान दिए । अर्कोपालि जब छोरो जन्मियो, अनि मात्र उनको ‘रिस’ मर्‍यो ।

 

छोरो २० वर्षको हुँदा श्रीमती बितिन् । त्यही छोरामाथि सौतेनी आमाले दुव्र्यवहार गर्ली भन्ने चिन्ताले उनले अर्को बिहे गरेनन् । छोरीहरूको बिहे भइसकेको थियो । छोराको पढाइ तीव्र गतिमा गइरहेको थियो । छोरा २४ वर्षको हुँदा धुमधाम बिहे गरिदिए । तराईमा केही बिगाहा जमिन जोडेकै थिए । खान–लाउन र पैसा खेलाउन खास खाँचो थिएन । उनी ढुक्कले चलिरहेका थिए । 

 

छोरा–बुहारी राजधानी गए, उतै काम गर्न थाले । एक दिन आएर छोराले भनेछ, ‘तपाईंको सेखपछि यो सम्पत्ति अर्कैले खान सक्छ, बरु बेलैमा मेरो नाममा पास गरिदिनुहोस् । तपाईंलाई बाचुन्जेल म हेरिहाल्छु ।’ उनले छोराले भने–भने ठाउँमा सहर्ष ल्याप्चे लगाइदिए । छोराले त्यो जग्गा बेच्यो । काठमाडौंमा जग्गामै पैसा हाल्यो । कमाउन, बढाउन थाल्यो । क्रमशस् करोडपति भयो । 

 

उनी भने वृद्धाश्रममा भेटिए । आश्रमको पेटीमा तपतप आँसु झार्दै उनले पछुतो गरे, ‘मैले छोरा र छोरीबीच भेदभाव गरें । चिन्न सकिनँ । जन्मिँदै छोरीमाथि दुव्र्यवहार गरें । सम्पत्ति छोराकै हो भन्ने ठानें । छोरीलाई पनि हेर्नुपर्छ भन्ने कहिल्यै सोच्न सकिनँ । त्यसैको पाप अहिले भोगिरहेको छु ।’ उनको वृद्धाश्रम यात्रा केही वर्षको दुस्खद जीवन भोगाइपछि तय भएको थियो । ‘बुहारीले तथानाम मुख छाड्थी, चुइँक्क बोल्यो भने छोराले मुख च्यातिदिन्छु भन्थ्यो’, उनले सुनाए, ‘पछि–पछि त कुटपिटै गर्न थाले । केही उपाय नलागेर यहाँ आएँ ।’

 

खुसीको संयोग– बुवा आश्रममा बस्न थालेको थाहा पाएर तिनै छोरी भेट्न गइछिन्, जो जन्मिँदा उनले श्रीमतीलाई गुन्द्रुक–ढिँडो खुवाएका थिए । उनको जन्मप्रति ग्लानि गरेका थिए । जो जन्मिँदा हर्षबढाइँ गरिएको थियो, त्यही छोराले घर निकाला मात्र गरेन, बुवालाई भेट्न गएको निहुँमा दिदीसँग बोल्नै छाडेछ । तिहारसम्म माया मारेछ । 

 

अहिले नारी दिवस सप्ताह चलिरहेछ । संसारभरि नारी अधिकारका फरक–फरक पाटाबाट बहस भइरहेका छन् । नेपालमा पनि धेरै गोष्ठी, सेमिनार र अन्तरक्रिया भइरहेका छन् । नारीका नाममा आएको ‘डलर’ कतै नारीद्वारा त कतै पुरुषद्वारा ‘ढंग पुर्‍याएर’ खर्च भइरहेको छ । तर, कहीं–कतै एउटा विषय उठेको खासै पाइँदैन, त्यो हो– छोरीलाई पनि पैतृक सम्पत्तिमा बिनासर्त समान अधिकार । 

 

नेपालको संविधानको धारा ३८ मा ‘महिलाको हक’ प्रत्याभूत गरिएको छ । त्यसको ९१० मा ‘प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ’ भनिएको छ । त्यसकै ९६० मा भनिएको छ, ‘सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ ।’ संविधानको ‘भेदभावबिना समान वंशीय हक’ को व्यवस्थालाई घुमाएर ‘सम्पत्तिमा छोरा–छोरीको समान अधिकार’ बुझ्न सकिएला, भिन्दै कुरा । तर, वास्तविकता भिन्न छ । यतिका भरमा छोरीले सम्पत्तिमा समान हक पाउन सक्दैनन् । र, छोरीले जबसम्म पैतृक सम्पत्तिमा बराबर हक पाउँदैनन्, तबसम्म हाम्रो समाज रूपान्तरण हुँदैन । अर्थात्, बाबु–आमाले पनि साँचो अर्थमा सुख पाउँदैनन् ।

 

नारीका दुइटा पाटा छन्– छोरी नारी र बुहारी नारी । बुहारीलाई सम्पत्तिमा जति बढी हक छ, छोरीलाई त्यति छैन । संविधानले पनि छोरीलाई भन्दा बुहारीलाई बढ्ता अधिकार दिएको छ । छोरालाई पढाइमा राम्रो खर्च गर्ने, त्यही छोराका लागि जोगाइदिन छोरीका जरुरी काममा पनि खर्च नदिने अभिभावक धेरै छन् । छोरो नजन्मिुउन्जेल जति पनि छोरी थप्नेहरू धेरै भेटिन्छन् । त्यसभन्दा दुस्खद पक्ष, भ्रुणमै छोरा–छोरी पहिचान गरी गर्भपतन गराउने क्रम बढ्दो छ । यसमा बाबुभन्दा आमाको रहरले बढ्ता काम गरेको छ । महिलालाई नै छोरीको भर छैन । अर्थात्, छोरा नै चाहिने, छोरीले वंशको निरन्तरता नदिने मान्यता राख्ने बढ्ता महिला नै छन् । 

 

ठीक उल्टो– महिलाको जिन्दगी भने नियन्त्रणै नियन्त्रणमा गुज्रिन्छ– सानामा अभिभावकको, बिहेपछि लोग्ने र उसको परिवारको अनि वृद्धा भएपछि छोरा–बुहारीको । उनीहरू स्वतन्त्र हुन नसक्नुको कारण उही हो– सम्पत्तिमा हक नहुनु । अभिभावकले अर्काको घर जाने, उतैको मानो खाने ठान्छन् । लोग्ने र परिवारले ‘ल्याइते’ का नजरले हेर्छन् । बुढेसकालमा छोरा–बुहारीले दुस्ख गरेर स्याहार्नुपर्ने बोझका रूपमा लिन्छन् । सबैका हकमा यो लागू हुँदैन । तर, खोज्दै जाँदा यसलाई भोग्ने समाजमा धेरै पाइन्छन् । उपल्लो कालमा बढ्ता नियन्त्रणको जिन्दगी व्यक्तित गर्ने नारी लाखौं छन् ।
 

 

त्यसकै परिणाम धेरै बुवा–आमा वृद्धाश्रममा छन् । तीमध्ये ठूलै संख्या घरमा छोरी–बुहारी सम्पत्ति हुँदाहुँदै शरण पर्न गएका हुन् । कतिपय त घरबाट लखेटिएका हुन् । कतिपयले सन्तानलाई सुम्पेको अथाह सम्पत्ति उनीहरूले जिन्दगीभरि रगत पसिना बगाएर जुटाएको हो । आफ्नै पौरख अन्ततस् उनीहरूको आफ्नो छैन । आफ्नै सन्तान आफ्नाजस्ता छैनन् । खाई–नखाई हुर्काएका सन्तान नै बैरी भएका छन् । त्यसको कारण पनि सम्पत्तिमा उत्तराधिकार तोक्ने प्रचलन भएर हो । त्यो पनि छोरालाई मात्र । कतिपयका छोराले भएको सम्पत्ति बेलैमा अंशबण्डा गराएर लिन्छन्, बाबु–आमालाई रित्तै पार्छन् । कसले ‘पाल्ने’ नाममा अन्त्यमा बाबु–आमालाई नै मिल्काइदिन्छन् ।

 

उही नारी– बुहारी कठोर होलान्, छोरी पक्कै कठोर हुन सक्दैनन् । छोरीलाई समान माया र अधिकार दिनुहोस्, कहिल्यै दुस्ख पाउनुहुने छैन ।

(कान्तिपुरमा प्रकाशित अखण्ड भण्डारीको लेख)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement