Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

  |      18:18:00   |  
नेपालमा पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

माघ १२, काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ। पुरुषभन्दा महिलाको सङ्ख्या छ लाख ९,८५८ जनाले मात्रै बढी छ।

नतिजामा ‘अन्य लिङ्गी’हरू समेटिएका छैनन्। विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार जनगणनाको पहिलो चरणमा सङ्कलित अन्य लिङ्गीहरूको तथ्याङ्क आठदेखि नौ महिनाभित्र सार्वजनिक गरिनेछ।

विभागका अनुसार नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेको छ। विसं २०६८ सालको तथ्याङ्कअनुसार उक्त दर १.४० प्रतिशत थियो।

तुलनात्मक रूपमा जनसङ्ख्या वृद्धिदर घटेको विभागका उपमहानिर्देशक रेग्मीले बीबीसीसँग भने।

”जनसङ्ख्या बढेको जस्तो देखिए पनि वृद्धिदर १ प्रतिशतभन्दा कम भएको छ। यसले नेपाल पनि विकासशील देशको सूचीमा उक्लिने सङ्केत गर्छ,” उनले भने।

त्यस्तै जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको तथ्याङ्क छ। एक दशकअघि नेपालमा जनघनत्व १८१ जना प्रतिवर्गकिलोमिटर थियो।

बुधवार सार्वजनिक तथ्याङ्कअनुसार विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार ४७८ छ।

सार्वजनिक तथ्याङ्क जनगणना गर्दा हरेक गणकलाई दिइएको ‘कन्ट्रोल बुक’ अर्थात् फारमहरू समेटिएको किताबको आवरणमा उल्लिखित विवरणमा आधारित छ।

त्यसमा जम्मा कतिवटा घर गनियो, ती घरमा कति परिवार थिए, हरेक परिवारमा कति जना महिला र कति जना पुरुष थिए र ती घरका कति जना सदस्य विदेश गएका छन् भन्नेबारे विवरण उल्लेख गरिएको थियो।

 

कहिले आउँछ अन्तिम नतिजा ?
हाल केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको लगत प्रशोधन गर्नका लागि जनशक्ति आह्वान गरेको छ।

कुल चार सय कर्मचारी माग गरिएकोमा १,७०० जनाले आवेदन पेस गरेको बताइएको छ।

“हामीले कोडर र सम्पादकमा १०० जना र तथ्याङ्क प्रवेश गराउन ३०० जना डेटा एन्ट्री अपरेटर भर्ना गर्दैछौँ। हाल अन्तर्वार्ता भइरहेको छ,” रेग्मीले भने।

अन्तर्वार्ताबाट छानिएकाहरूले फारम जाँच गर्नेदेखि विवरण प्रशोधन सम्मका काम गर्नेछन्। छ महिनाभित्र जनगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने योजना रहे पनि कोरोनाभाइरस महामारीका कारण केही प्रक्रिया ढिला हुने जानकारी रेग्मीले दिए।

“महामारी लम्बिएन भने करिब आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुन्छ होला र अन्तिम नतिजाका लागि अझै बढी समय लाग्छ,” उनले बताए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement