चैत २७ काठमाडौं । पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव सशस्त्र प्रहरीको गोताखोर टोली निकालेको छ । जिल्लाको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका सोही ठाउँ बस्ने १३ वर्षीय दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जाको शव बुधवार निकालिएको हो ।
दुवै बालबालिका नुहाउने क्रममा चैत्र २६ गते साँझ उक्त नदिमा डुबेर बेपत्ता भएका थिए । उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नंं। १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भूपबहादुर बुढाथोकीको कमान्डमा गोताखोरसहितको टोली खटिएको थियो ।
स्वपनिलको शव ३५ फिट गहिराइबाट बिहान ११ः ३० बजे र दिक्षाको शव ५० फिट गहिराइबाट अपराह्न १२ः ३० बजे निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।