Advertisement
Advertisement
Advertisement
Advertisement

दलित महिला नेतृत्वमा आएपछि : ‘घृणा हैन, अहिले कदर गर्छन्’

  |      14:14:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १३, वीरेन्द्रनगर । केही वर्षअघिसम्म दुई/चार जनाको जमातमा उभिएर बोल्न उनलाई संकोच लाग्थ्यो । महिला, त्यसमा पनि दलित समुदायको । बोल्दा गलत भइहाल्ने हो कि भन्ने चिन्ता उनलाई भइरहन्थ्यो । एक वर्षयतादेखि उनले कार्यपालिका सदस्य भएर सिंगो नगरपालिका नै हाँकिरहेकी छन् । नगरका मुख्य योजना बनाउने काममा पनि अग्रपंक्तिमै छिन उनी । गुर्भाकोट नगरपालिकाको कार्यपालिका सदस्य भएपछि पैंतीस वर्षीया सरस्वती नेपाली अहिले ढुक्कसँग बोल्न मात्र होइन सजिलैसँग सभामा पनि आफ्ना विचार राख्न सक्छिन् । 

 

अहिले उनको हस्ताक्षर बिना योजना नै बन्दैन । त्यसैले गाउँका पुरुषहरुले पनि उनको सरसल्लाह लिन थालेका छन् । “नीति निर्माण र योजना बनाउने ठाउँमा पुगेपछि सबैले हेर्ने दृष्टिकोणमा फरक देखेकी छु,” उनले भनिन् – “दलित भनी घृणा गर्नेहरु अहिले नमस्कार भन्न थालेका छन् ।” 

 

श्रीमती तथा बुहारीको नातामा सीमित परिचय वडाको सदस्यसम्म पुग्न कम्ता संघर्ष गर्नुपरेन सिम्ता गाउँपालिकाका नम्रता लोहारलाई । दिउँसो बैठक हुने दिनमा बिहानै उठेर त कहिले राति अबेरसम्म तयारी सकेर भएपनि उनी समय निकाल्छिन् । घरपरिवारको सहयोगले कामलाई निरन्तरता दिँदै गएपछि अहिले सफलता मिलेको उनी बताउँछिन्। उनको काम देखेर पूरै परिवार खुशी छन् । घरायसी अथवा मेलापातको काममा मात्र घरबाहिर निस्कने नम्रता अहिले विभिन्न योजनाका काम लिएर जाने गर्छिन् ।

 

“पहिले हाम्रा अगाडि नपत्याएर होच्याउने र छाडा बोल्ने पुरुषहरु अहिले राम्रोसँग बोल्नुहुन्छ,” उनी भन्छिन् – “हामीलाई नपत्याउने व्यक्तिहरुले हामीलाई नमस्कार भन्न थालेका छन् ।” त्यतिमात्र होइन अहिले अन्य जातिका व्यक्तिहरु आफूसँग सँगै बसेर खाना खान थालेकामा उनी खुशी छिन्।


 
काखमा दुधेबच्चा च्याप्दै सोही गाउँपालिकाकी राधिका नेपाली पनि वडाका बैठकमा सहभागी हुन थालेकी छिन् । उनी वडाका लागि आवश्यक पर्ने योजनाहरुबारे निर्णय लिने छलफलहरुमा पनि सहभागी हुन्छिन् । बुहारीको परिचयमा सीमित उनी विभिन्न कार्यक्रममा वडा सदस्यको परिचय दिन पाउँदा खुशीको अनुभव गर्छिन् । त्यसमाथि पनि गाउँका पहिले दलित भनेर हेयको दृष्टिले हेर्ने पुरुषहरुले नै नमस्कार गर्दा उनको मन गद्गद् हुन्छ ।

 

वर्षैं सम्म पुरुषहरुले नेतृत्व गरेको पदमा काम गर्न सकिँदैन कि भन्ने त्रास थियो तर पनि हिम्मत नहारेर पद सम्हाल्दैआएको उनी बताउछिन्। घरायसी सानोतिनो काममा निर्णय नगरेकी उनलाई एक्कासी पद सम्हाल्न चुनौती थियो । महिला दिदीबहिनीले साथ दिएपछि सफल भएको उनको भनाइ छ । अझै अगाडि बढेर पछि परेका दलित महिलाको हकअधिकार र उनीहरुलाई अगाडि बढाउन लागिपर्ने उहाँको चाहना छ । नेतृत्वमा आएपछि आफूहरुमाथि पहिलेको जस्तो छुवाछूत र विभेद कम भएको उन ठान्छिन्। 

 

“हामी कमजोर र नेतृत्व तहमा नभएका कारण नै हामीमाथि छुवाछूत र विभेद गरिएको रहेछ,” उनले भनिन् । निर्णायक पदमा पुगेपछि समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको वीरेन्द्रनगर नगरपालिकाका वडा सदस्य बुद्धिसरा विकको अनुभव छ । “नेतृत्व तहमा पुगेपछि मसँग आशा गर्नेहरु धेरै छन्,” उनले भनिन् – “त्यसैले गर्दा पनि मप्रतिको उनीहरुको व्यवहारमा फरक छ । अहिले सबैको अगाडि बोल्दा सबैले कदर गर्ने गरेका छन् ।”


 
दलित महिला नेतृत्वमा आएपछि उनीहरुमाथि हुने छुवाछूत जस्ता विभेद हटेको अनुभव गरेका यी प्रतिनिधि महिला हुन् । नेतृत्वमा पुगेपछि आफूहरुमाथि समाजले आदर गर्नुका साथै छुवाछूत जस्ता विभेदहरु हटेको अनुभव जिल्लाका नौ वटा स्थानीय तहका ९९ वटा वडामा नेतृत्व गरेका महिला वडा सदस्यहरुको अनुभव छ । पहिले महिला त्यसमाथि पनि दलित भनेपछि कुनै पनि निकायमा उनीहरुको वास्तै हुँदैन्थ्यो । तर, अहिले दलित सदस्यको घरघरमा पुगेर भए पनि योजनाको बारेमा पुरुष सहकर्मीहरु सरसल्लाह लिन पुग्छन् ।

 

 यसरी घरमा आएकाहरुसँगै बसेर खाना खान थालेको वडा सदस्य राधिका बताउँछिन् । उनले भनिन् – ‘पहिले खाना खानु भन्दा बहाना बनाएर जान्थे तर, अहिले सँगै बसेर खान थालेका छन् ।” दलित महिलामाथि हुने विभेदमा विस्तारै कमी आएको लेकवेसी नगरपालिकाका नगर प्रमुख गगनसिंह सुनार बताउँछन् । नेतृत्वमा आएपछि दलित महिलाहरु सशक्त हुनाको साथै उनीहरुको कदर पनि हुन थालेको सुनारले बताए । 

 

अहिले जिल्लाका ९९ वडामा १९९ दलित महिला जनप्रतिनिधि छन् ।  जनप्रतिनिधि मात्र होइन समुदायको अन्य स्थानीय संरचना तथा निकायहरुको नेतृत्व गर्दै आएका दलित महिलाहरुमाथि गरिने व्यवहारमा पनि परिवर्तन आएको छ । त्यसकै प्रतिनिधि पात्र हुन् गुर्भाकोट नपा वडा नं ३ की मुसी बाँठा । उनी गाउँकी स्वयंसेविका हुन् । गाउँमा स्वास्थ्य समस्या भएमा, गर्भवती भएमा तथा परिवार नियोजनको सल्लाह लिनुपरेमा गाउँभरिका मानिस उनको घर जान्छन् । 

 

नेतृत्वको अवसरले गर्दा उनीहरुको आत्मबल बढेको प्रावि विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षक चन्द्रावती खत्रीले बताईन् । घरपरिवारको काममा मात्र सीमित महिलालाई घरबाहिरको काममा पनि सहभागी गराए उनीहरुमा आत्मविश्वास बढ्नाको साथै समस्या समाधान गर्ने क्षमता पनि बढ्छ । 

 

अझै पनि दलितहरुमाथि हुने विभेदका घटनाहरु उस्तै भएपनि नेतृत्व तहमा पुगेका महिलाहरुमाथि छुवाछूतको व्यवहार नभएको गुर्भाकोट नपाका उपप्रमुख मैना बिक बताउँछिन् । कानूनको डरले गर्दा पनि पछिल्लो समय दलितमाथि हुने विभेदका घटनामा केही कमी आएको उपप्रमुख मैनाले बताईन् । दलित महिला नेतृत्वमा पुगेपछि पछिल्लो समय दलित महिलाको हकहितका लागि योजनाको साथै कार्यक्रमहरु पनि सञ्चालनमा आएका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement