वैशाख ११ काठमाडौं । मानव बेचबिखनमा संलग्न रही फरार रहेका एक जनालाई प्रहरीले पक्राउ परेको छ । काठमाडौँ महानगरपालिका-२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका(१ घर भएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नेपालले पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगी १८ हजार रुपैयाँमा बेचबिखन गरेका थिए ।
घटनापछि फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले बबरमहलबाट पक्राउ गरेको हो ।
उनी उपर काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।