Advertisement
Advertisement
Advertisement
Advertisement

ग्रामीण भेगका महिलाको जीवनस्तरमा सुधार ल्याउने

  |      10:30:00   |  
वेब तस्विर
वेब तस्विर

माघ  ३, हेटौँडा । प्रदेश नं ३ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले सीमित स्रोत साधनबाट प्रदेशमा ऊर्जा र बायो ग्यासको उत्पादन बढाएर ग्रामीण महिलाको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य प्रदेश सरकारको रहेको बताउनुभएको छ । ग्रामीण प्राविधिक विकास केन्द्र, काठमाडौँद्वारा आज हेटौँडामा आयोजित ‘हरित तथा सभावेशी ऊर्जा’ प्रदेशस्तरीय परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेश नं ३ का १३ जिल्लाको भौगोलिक अवस्थाको पहिचान गरी बायोग्यास, सौर्य, सुधारिएको चुलोको उत्पादन गर्न सरकाले पाँचवर्षे आवधिक योजनातर्जुमा गर्न लागेको बताउनुभयो ।  मन्त्री नेपालले ग्रामीण भेगको वातावरणमा सुधार ल्याउन खाना पकाउने इन्धनका रुपमा प्रयोग हँुदै आएको दाउराको खपतलाई वैकल्पिकरुपमा परिवर्तन गरी त्यस भेगमा सुधारिएको चुलो, बायोग्यास र ग्रामीण विद्युतीकरणलाई सुलभरुपमा प्रयोगमा ल्याउन विभिन्न सङ्घसंस्थाको पनि सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा नेकपाका नेता एवं पूर्वमन्त्री गणेश शाहले अधिकांश ग्रामीण भेगमा स्थानीय महिलाले आफ्नो घरपरिवारमा खान पकाउने क्रममा दाउराको प्रयोग गर्दै आएको उल्लेख गर्दै यसबाट उनीहरुको जनजीवनमा गम्भीर प्रकृतिको सरुवा रोगको सङ्क्रमण बढेको बताउनुभयो । 

 

ग्रामीण महिलालाई बायोग्यास, सुधारिएको चुलो र सौर्य उर्जाको सुलभ तरिकाले उपलब्ध गराउनेतर्फ नीतिगत कार्यक्रम तर्जुमा गरी लागू गर्न प्रदेश सरकारलाई आग्रह गर्दै उहाँले महिलाको सहभागिता रहेको समूहलाई बायोग्यास र सुधारिएको चुलोको निर्माण गर्न वित्तिय क्षेत्रका बैंकले ऋण लगानी गर्न हिचकिचाउन नहुने धारणा व्यक्त गर्नुभयो ।  भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका उपसचिव रघुराम पराजुलीले आगामी १० वर्षभित्र विद्युतीय सवारी भित्र्याउने र ग्रामीण भेगमा बायोग्यास, सौर्य ऊर्जा, सुधारिएको चुलोको उत्पादन गर्नेतर्फ प्रदेश सरकारले नीतिगत कार्यक्रम तर्जुमा गरिने जानकारी दिनुभयो ।  ग्रामीण प्राविधिक केन्द्रका विज्ञ डा पुरुषोत्तम श्रेष्ठ र डा इन्दिरा शाक्यले प्रदेशका दुर्गम भेगमा पहुँच नभएका निरक्षर महिलाले आफ्नो जीवनलाई जोखिममा राखेर इन्धनका रुपमा दाउरा प्रयोग गर्दै आएकाले अब उनीहरुलाई जनचेतनाका माध्यमबाट दाउराको सट्टा बायोग्यास, सुधारिएको चुलोलाई प्रयोग गर्नेतर्फ स्थानीय निकायको साथै राजनीतिक दलको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।  ग्रामीण प्राविधिक केन्द्र काठमाडौँका कार्यकारी निर्देशक हरिगोपाल गोर्खाली, बायोग्यास विज्ञ पूर्ण रञ्जित र वातावरण पत्रकार सरोजमान श्रेष्ठले वैकल्पिक उर्जाको महत्वमाथि प्रकाश पार्नुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement