Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भवती, सुत्केरीमा पोषिलो खाना ? ‘अहँ छैन'

  |      11:17:00   |  
वेब तस्विर
वेब तस्विर

-इश्वर बलम्पाकी मगर

उदयपुरकोे त्रियुगा नगरपालिका ९ गैरीवन मुसहर बस्तीकी २५ वर्षीया कविता सदा सुत्केरी भएको डेढ महिना भयो । सामान्यतया सुत्केरीलाई घण्टै पिच्छे नभए एकरदुई घण्टाको अन्तरालमा पोषिलो खानेकुरा खुवाइन्छ । तर कवितालाई चौथो पटक सुत्केरी हुँदासम्म त्यो अनुभव छैन ।

 

कविताको खाने समय बिहान करिब ९ बजेर र बेलुका ७ बजे हो । बिहान चामलको भात, मुसुरोको दाल र तरकारी । अनि बेलुका पनि यहि खानेकुरा । १६ वर्षको उमेरमा छोरी जन्माएकी उनले गर्भावस्था या सुत्केरी उनको खानेकुरा यत्ति हुन् ।

 

गर्भवती, सुत्केरी अवस्थामा त पोषिलो खानेकुरा खानुपर्छ नि ? ‘पोषिलो’ खानेकुरा भन्दा अचम्म झैं मानिन् । अनि भनिन्, ‘घरमा जे हुन्छ त्यही खाने हो ।’


डेढ महिने शिशुको साथमा कविता

 

मजदुरी गरेर बचेको रकमबाट सकेसम्म हप्तामा एक मासु खाने उनले सुनाइन् । अहिले उनको बच्चा दुध पुग्दैन । ‘दुध नपुगेर बच्चा राम्रोसँग सुत्दैन’ उनले भनिन् ।

 

कविताको जेठी छोरी ९ वर्षकी छिन् । श्रीमान बिहानै मजदुरीमा जान्छन् । त्यसैले हरेक दिन खाना पकाउने, आफू खाने लगायत भान्छाको काम उनकै जिम्मेवारीमा आइसक्यो । उनले भनिन्, ‘सुत्केरीमै काम गर्नुपरेर होला ढाड दुख्ने ब्याथाले समाएको छ ।’

 

मंसिरको अन्तिम साता गैरीवनको मुसहर वस्ती पुग्दा हुस्सुले ढाकिएको चिसोमा कवितासँगै बसेर आगो तापिरहेकी थिईन् २१ वर्षकी फूला सदा । कवितासँग कुरा गर्दागर्दै थाहा भयो फूला गर्भवती रहिछन् ।

 

उनको गर्भ बसेको ४ महिना पुगेछ । यो अवस्था हरेक महिलाका लागि विशेष हो । विशेष किसिमको रेखदेख, हेरचाह चाहिने समय । बच्चाको अवस्था कस्तो छ थाहा पाउन पहिलो पटक जाँच गरिसकेको हुनुपर्ने ।

 

तर, फूला गर्भ जाँच गराउन गएकी छैनन् । न त उनले गर्भको विशेष ख्याल नै गर्न पाएकी छिन् । ११ वर्षको उमेरमा परिवारले नै उनको विवाह गदिदिएका थिए । उनले १३ वर्षमा नै पहिलो सन्तान घरमै जन्माइन् । तिनै सन्तान अहिलेकी ८ वर्षकी छोरी हुन् । १६ वर्षमा फूलाले अर्की छोरी जन्माउन पनि स्वास्थ्य संस्था गइनन् । उनी अहिले ५ वर्षकी छिन् ।

 

अहिले फूलाको तेस्रो गर्भ हो । तर, उनलाई आफू गर्भवती भएकोमा कुनै उत्साह छ न त रेखदेखको बारेमा चिन्ता चासो नै । फूलालाई लाग्छ विवाह पछि महिलाले सन्तान जन्माउनु सामान्य हो ।

 

अनि खानेकुरा ? फूलाले प्रष्ट्याइन्, ‘बिहान बेलुका दाल भात तरकारी हो खाने ।’ त्यतिमात्रै खानेकुरा , उनले थपिन्, ‘कहिलेकाँही मासु पनि खाने ।’

 

दिउँसो, बिहान थप के खानुहुन्छ ? प्रश्न थप्दै जाँदा फूलाले आफ्नो बाध्यता पनि सुनाइन् – बिहान बेलुका मजदुरी गर्न जानुपर्छ । श्रीमानसँगै ज्याला गर्न जान्छु । कहिलेकाँही दिउसो चटपटे खाइन्छ । होइन भने बेलुका घर आएर खाना खाने ।’


दुई छोरीको साथमा फूला

 

हुन त फूलालाई गर्भावस्थामा गह्रुँगो काम गर्नुहुँदैन भन्ने थाहा छ । अझ यस्तोबेला पोषिलो खानेकुरा खानुपर्छ भन्ने पनि बुझेकी छिन् । ‘घरमा २ छोरी, सासूससुरा छन् ।’ उनले बाध्यता सुनाइन्, ‘बुढाको कमाइले मात्रै धानिदैन । ज्याला गर्न त जानै पर्यो ।’

 

नगरपालिका भित्रैको बस्ती भएपनि मुसहर बस्तीका धेरै महिलाको अवस्था यहि हो । मुसहर बस्तीका अधिकांश परिवारसँग आफ्नै जग्गा छैन । जग्गा भएकाले पनि करेसाबारीमा तरकारी लगाउँदैनन् । बिहान उठेर हतार हतार खाना खान्छन् । मजदुरी गर्न जान्छन् । दिनभर कमाएको रकमले बेलुकाको खानाको जोहो गरेर घर फर्किन्छन् ।

 

उनीहरुकै अनुसार महिला बालबालिकाको विशेष अवस्थाका लागि छुट्टै पोषिलो खानेकुराको व्यवस्था हुँदैन । सबै उमेरकाले खाने बिहान बेलुकाको खाना नै हो ।

 

तिनै मध्येकी अर्की हुन् २७ वर्षकी ललकी सदा । उनका ६ सन्तान छन् । उनलाई एउटै चिन्ता छ, ‘एउटा छोराछोरी पनि खाइलाग्दो भएनन् ।’

 

ललकीका ६ सन्तान आमा बसेको नजिकै आगोको वरिपरि बसेर बिहानको भात खाइरहेका थिए । उनीहरुमध्ये एक जनापनि मोटोघाटो देखिँदैनन् ।

 

फूलाले आफ्नो बाध्यता पनि सुनाइन् – बिहान बेलुका मजदुरी गर्न जानुपर्छ । श्रीमानसँगै ज्याला गर्न जान्छु । कहिलेकाँही दिउसो चटपटे खाइन्छ । होइन भने बेलुका घर आएर खाना खाने ।’

 

‘बेलाबेला बिरामी भइरहन्छन् ।’ ललकी भन्छिन्, ‘आफू रोजी (मजदुरी) गर्न गइएन भने खान पाईंदैन । बिरामी भएपनि छाडेर जानुपर्छ ।’
 

ललकीलाई आफ्नो विवाह कति वर्षको उमेरमा भयो ठ्याक्कै यकिन छैन । बाबुआमाले सानैमा विवाह गरिदिएको मात्रै बताउँछिन् । छोराछोरी मात्रै होइन ललकी स्वयं पनि स्वास्थ छैनन् । भनिन्, ‘शरीरभरी घाउ छ ।’

 

ललकीलाई यो समस्या सानो झैं लाग्छ । महत्वपूर्ण त मजदुरी नै हो । उनले दोहोर्याइन्, ‘काम नगरी बेलुका खान पाईंदैन । शरीरमा सानोतिनो घाउ भयो भनेर घरमै बस्न कहाँ पाउनु’! 

 

सोही ठाँउकी १८ वर्षकी शोभा सदा सुत्केरी भएको डेढ महिना भयो । शोभाले पूर्ण समय गर्भ बोकिन् । जन्माउने समय पुगेर छोरा पनि जन्मियो । तर, जन्मेको चार दिनमै छोरा गुमाउन पर्यो ।


शोभा सदा

 

१६ वर्षकै उमेरमा विवाह भएको शोभालाई ‘छारे’ रोगको समस्या रहेछ । उनी पहिलेदेखि नै औषधि सेवन गर्थिन् । विवाहपछि गर्भ रह्यो । शोभा न त गर्भ जाँच गर्न गइन् । न छारे रोगको औषधि सेवन गर्न नै छाडिन् ।

 

गर्भावस्थामा पनि औषधि खान नछोडेकी उनी घरमै सुत्केरी भइन् । जन्मिएको चौथो दिनमा शिशुको मृत्यु भयो । जन्मिएलगत्तै बच्चामा समस्या देखिएपछि नजिकैको अस्पताल लैजाँदा डाक्टरले ‘छारेरोगको औषधिको असरले मृत्यु भयो’ भनेको शोभाले बताइन् ।

 

गर्भवती अवस्थामा पनि शोभाले पेटभर खान कहिलेकाँही मात्रै पाउँथिन् । चिकत्सकले भनेझैं सामान्य अवस्थामा भन्दा थप २ सय देखि ४ सय ७० क्यालोरीसम्म खान त कहिल्यै पाइनन् ।

 

सन्तान नभएपनि अहिले उनको सुत्केरी अवस्था नै हो । तर, सुत्केरी भएपछि उनको छाक भएको दिन दाल तरकारी नभए नुन खुर्सानीले नै टर्ने गरेको छ । ‘मासु किन्ने पैसा त छैन बुढाले पैसा पठायो भने किनेर खाने नत्र नखाने’ शोभाले बाध्यता सुनाइन् ।

 

शोभा बेला बेला रिंगाटा लाग्ने बताउँछिन् । उनको अनुहार पनि पहेँलो देखिन्छ । यस्तो अवस्थामा श्रीमान पनि सँगै छैनन् । ‘कमाउन पहाड जानुभएको छ’ शोभाले श्रीमान मजदुरी गर्न गएको बताइन् । त्यसैले घरमा एक्ली शोभाको रेखदेख गर्ने पनि कोही छैनन् ।

 

मुसहर बस्तीका महिला वा बालबालिका कोही पनि शरीरलाई आवश्यक पौष्टिक आहारको लागि खानेकुरा खाँदैनन् । उनीहरुको अवस्था र दैनिक खानेकुरा हेर्दा भन्न सकिन्छ, ‘यस समुदायका सबै भोक मेट्नको लागि मात्रै खाना खान्छन् ।’

 

स्थानीय बनिलाल सदाका अनुसार खेती नभएकोले काम गरेर आएको ज्यालाले दिनदिकै सबैले पेट भर्ने गर्छन् ।

 

खानेकुरा मिलाएर खान नजान्दा कुपोषण

 

जिल्लाको स्वास्थ्य कार्यालय उदयपुरका पोषण अधिकृत रामचन्द्र यादवका अनुसार खानेकुरा नभएर होइन मिलाएर खान नजानेका कारण कुपोषण हुने गर्छ ।

 

व्यस्त जीवन शैली, बजारमा पाइने विभिन्न तयारी खाने कुराको कारण कुपोषित हुनेको संख्या बढ्दै गएको उनले बताए । बालबालिकामा सामान्यतया ६ महिनादेखि १२ वर्षसम्मका बच्चालाई कुपोषण हुने सम्भावना हुन्छ । ६ महिनादेखि दुई वर्षसम्मका बच्चा कुपोषणको अति जोखिममा हुने अधिकृत यादव बताउँछन् ।

 

गत वर्ष उदयपुरको साविक तपेश्वरी गाविसमा ३ सय ३१ जना पाँच वर्ष मुनिका बालबाबालिकामा गरिएको सर्वेक्षणमा १ जनामा सिकिस्त कडा खालको कुपोषित बच्चा पाइएको थियो । भने, २९ जना मध्यम खालको कुपोषणको बालबालिका फेला परेको जिल्ला जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।

 

यस्तै बालबालिकालाई कुपोषणबाट बचाउन गर्भवती अवस्था देखिनै आमाले आफ्नो खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । गर्भाधरण भएको दिनदेखी जन्मेको २ वर्षसम्ममा बालबालिकाको ८० प्रतिशत दिमागको विकास हुन्छ ।

 

तसर्थ यस अवस्थामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स, कार्बोहाइड्रेड लगायत पोषणतत्वयुक्त खानेकुराको सेवन गर्न जरुरी हुन्छ हुने मानवअधिकार तथा वातावरण विकास केन्द्र, उदयपुरका मातृशिशु स्वास्थ्य तथा पोषण कार्यक्रम संयोजक विकल सुवेदीले बताए ।

 

उनका अनुसार मानिस स्वस्थ हुनको लागि हरेक दिन अन्नको साथ साथै दलहन (गेडागुडी), हरियो सागपात, फलफूल, दुधदहि तथा मासु जन्य परिकार खा शोभाले बताइन् ।

 

गर्भवती अवस्थामा पनि शोभाले पेटभर खान कहिलेकाँही मात्रै पाउँथिन् । चिकत्सकले भनेझैं सामान्य अवस्थामा भन्दा थप २ सय देखि ४ सय ७० क्यालोरीसम्म खान त कहिल्यै पाइनन् ।

 

सन्तान नभएपनि अहिले उनको सुत्केरी अवस्था नै हो । तर, सुत्केरी भएपछि उनको छाक भएको दिन दाल तरकारी नभए नुन खुर्सानीले नै टर्ने गरेको छ । ‘मासु किन्ने पैसा त छैन बुढाले पैसा पठायो भने किनेर खाने नत्र नखाने’ शोभाले बाध्यता सुनाइन् ।

 

शोभा बेला बेला रिंगाटा लाग्ने बताउँछिन् । उनको अनुहार पनि पहेँलो देखिन्छ । यस्तो अवस्थामा श्रीमान पनि सँगै छैनन् । ‘कमाउन पहाड जानुभएको छ’ शोभाले श्रीमान मजदुरी गर्न गएको बताइन् । त्यसैले घरमा एक्ली शोभाको रेखदेख गर्ने पनि कोही छैनन् ।

 

मुसहर बस्तीका महिला वा बालबालिका कोही पनि शरीरलाई आवश्यक पौष्टिक आहारको लागि खानेकुरा खाँदैनन् । उनीहरुको अवस्था र दैनिक खानेकुरा हेर्दा भन्न सकिन्छ, ‘यस समुदायका सबै भोक मेट्नको लागि मात्रै खाना खान्छन् ।’

 

स्थानीय बनिलाल सदाका अनुसार खेती नभएकोले काम गरेर आएको ज्यालाले दिनदिकै सबैले पेट भर्ने गर्छन् ।

 

खानेकुरा मिलाएर खान नजान्दा कुपोषण

 

जिल्लाको स्वास्थ्य कार्यालय उदयपुरका पोषण अधिकृत रामचन्द्र यादवका अनुसार खानेकुरा नभएर होइन मिलाएर खान नजानेका कारण कुपोषण हुने गर्छ ।

 

व्यस्त जीवन शैली, बजारमा पाइने विभिन्न तयारी खाने कुराको कारण कुपोषित हुनेको संख्या बढ्दै गएको उनले बताए । बालबालिकामा सामान्यतया ६ महिनादेखि १२ वर्षसम्मका बच्चालाई कुपोषण हुने सम्भावना हुन्छ । ६ महिनादेखि दुई वर्षसम्मका बच्चा कुपोषणको अति जोखिममा हुने अधिकृत यादव बताउँछन् ।

 

गत वर्ष उदयपुरको साविक तपेश्वरी गाविसमा ३ सय ३१ जना पाँच वर्ष मुनिका बालबाबालिकामा गरिएको सर्वेक्षणमा १ जनामा सिकिस्त कडा खालको कुपोषित बच्चा पाइएको थियो । भने, २९ जना मध्यम खालको कुपोषणको बालबालिका फेला परेको जिल्ला जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।

 

बालबालिकालाई कुपोषणबाट बचाउन गर्भवती अवस्था देखिनै आमाले आफ्नो खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । गर्भाधरण भएको दिनदेखी जन्मेको २ वर्षसम्ममा बालबालिकाको ८० प्रतिशत दिमागको विकास हुन्छ ।

 

तसर्थ यस अवस्थामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स, कार्बोहाइड्रेड लगायत पोषणतत्वयुक्त खानेकुराको सेवन गर्न जरुरी हुन्छ हुने मानवअधिकार तथा वातावरण विकास केन्द्र, उदयपुरका मातृशिशु स्वास्थ्य तथा पोषण कार्यक्रम संयोजक विकल सुवेदीले बताए ।

 

उनका अनुसार मानिस स्वस्थ हुनको लागि हरेक दिन अन्नको साथ साथै दलहन ९गेडागुडी०, हरियो सागपात, फलफूल, दुधदहि तथा मासु जन्य परिकार खान जरुरी हुन्छ ।

 

उनले २ देखि ३ वर्ष उमेरका बालबालिकालाई हजार देखि १ हजार ४ सय किलो क्यालोरी आवश्यक पर्ने बताए । यस्तै गर्भवती र सुत्केरी अवस्था अरु अवस्थाभन्दा विशेष ध्यान दिनुपर्ने भएकोले यस अवस्थामा साविकमा थप खानेकुरा खान आवश्यक हुने बताए ।

 

उनका अनुसार गर्भावस्थाको (१ देखि ३ महिना ) थप २०० क्यालोरी, (४ देखि ६ महिना) थप ३६० किलो क्यालोरी, (७ देखि ९ महिना) सम्म ४ सय ७० किलो क्यालोरी आवश्यक पर्ने जानकारी दिए । सुत्केरी भएको ६ महिना सम्म थप ५०० किलो क्यालोरी दैनिक आवश्यक पर्ने उनको भनाइ छ । जरुरी हुन्छ ।

 

उनले २ देखि ३ वर्ष उमेरका बालबालिकालाई हजार देखि १ हजार ४ सय किलो क्यालोरी आवश्यक पर्ने बताए । यस्तै गर्भवती र सुत्केरी अवस्था अरु अवस्थाभन्दा विशेष ध्यान दिनुपर्ने भएकोले यस अवस्थामा साविकमा थप खानेकुरा खान आवश्यक हुने बताए । महिला खबर 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement