Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाले सम्झाइदियो तगाँलो र आँखीझ्याल

  |      11:44:00   |  
कोरोनाले सम्झाइदियो तगाँलो र आँखीझ्याल

►ध्रुवसागर शर्मा

वैशाख २०,गलेश्वर ।  करिब तीन दशकअघि गाउँको स्वरुप नै भिन्नै थियो । अपरिचित मानिस वा पशु चौपायाबाट सुरक्षित रहन मानिसले खेतबारीको साँध र घरको आँगन नजिकै दुईतिर छेडिएका ९प्वाल पारेका० खाँवा गाडेर बीचबीचमा बाँस वा काठका ठिक्कका गरला राखी छेकबार लगाउने गर्दथे । समय फेरियो । समयसँगसँगै नयाँ प्रविधि र साधन मात्रै होइन, मानिसको सोंच र तौरतरिकामा पनि ठूलै परिवर्तन आयो ।
 
रैथाने सीप, प्रविधि र सुरक्षा विधि विस्थापित हुँदै गए । हुँदाहुँदै लोप हुने अवस्थामा पुगे । सूचना प्रविधि र विकासका पूर्वाधारका कारण गाउँलाई पनि आफ्नो मौलिक स्वरुपमा नराखी आधुनिक स्वरुपमा विकसित गर्न थालियो । मानिस जति–जति शिक्षित, चेतनशील, सभ्य र आधुनिक बन्दै गयो, उति–उति प्रकृतिमाथिको अतिक्रमण गर्ने क्रम बढ्दै गयो । महान् दार्शनिक रुसोले उतिबेला नै मानिसलाई ‘प्रकृतितर्फ फर्क’ भनेर चेताएका थिए । तर मानिसले प्रकृतिभन्दा विज्ञानका आविष्कारलाई महत्व दिन थाल्यो । दम्भ र अभिमान चुलिदै गयो । अन्ततः मानिस जितेको अभिनय गर्दागर्दै हार्न बाध्य भयो र अहिलेको अवस्था आयो ।

गत नोभेम्बरको अन्त्यतिर चीनको हुवान प्रान्तमा देखिएको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । यो समाचार तयार पार्दै गर्दासम्म विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ लाख ६० हजार ३२२ पुगेको छ भने एक लाख ८५ हजार ४६८ को ज्यान गएको छ । नेपालमा पनि ५९ जना सङ्क्रमित भएका छन् भने १६ निको भएर घर फर्किएका छन् ।

संसारभरि महामारीको रुप लिएको कोरोना भाइरसले मानिसलाई धेरै कुरा सोच्न र सम्झन बाध्य बनाएको विभिन्न क्षेत्रका व्यक्तिको भनाइ छ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ६० वर्षीय पदमपाणि शर्मा भन्नुहुन्छ, “कोरोनाले पूर्वीय दर्शन र आध्यात्मिक भावलाई विश्वभरि चिनाएको छ ।” उहाँको तर्क छ “हात धुने, नमस्कार गर्ने, एकान्तमा बसेर चिन्तनमनन गर्ने, छाडा होइन अनुशासित बन्ने, शाकाहारी भोजन गर्ने यी कुरा अहिले विश्वले थाहा पाएको छ । तर हाम्रा लागि यी कुरा सनातन नै हुन् । उहिल्यैदेखि गरिदै र अपनाइँदै आइएका कुरा हुन् । मात्र हामीले हाम्रा यस्ता अमूल्य र वैज्ञानिक मान्यतालाई बिर्सिएका रहेछौँ, अहिले कोरोनाले सम्झाइदिएको हो ।”

“समयले मानिसलाई अब गाउँतिर फर्कन बाध्य बनाएको छ । गाउँका तगाँलो र आँखीभm्याललाई सम्झाइदिएको छ, माटोको महक कस्तो हुन्छ भन्ने बुझ्दैछन् शहरमा आना र धुरमा धर्तीलाई चिराचिरा पार्नेहरुले”, शर्माले भन्नुहुन्छ । शर्माको भनाइसँग ७० वसन्त पार गरिसक्नुभएका भविन्द्रविक्रम शाह पनि सहमत हुनुहुन्छ । शाह भन्नुहुन्छ, “ओल्लो गाउँको मानिस पल्लो गाउँमा आउँछ कि भनी बाटो र पुलमा बार लगाइएको छ । पहिला–पहिला बालीमा पशु पस्छ कि भनेर तगालो हालिन्थ्यो, अहिले ग्याविन जाली, रुख, जस्तापाताले पशुलाई होइन मानिसलाई नै छेकवार लगाएको छ ।”

“घरभित्र बसेर बाहिर आएका मानिससँग बोल्न र भेट्नसमेत डर मान्नु परेको छ । बाहिरबाट कसैले बोलायो भने पनि ढोका खोल्न डर मान्छन् अचेल मानिसहरु । पहिला–पहिला पो आँखीभm्याल हुन्थे र भित्रैबाट हेर्न पाइन्थ्यो”, शाहले भन्नुभयो, “कोरोनाले तँगालो र आँखीझ्याललाई पनि सम्झाइदिएको छ ।” “अहिले बाटोमा बार लगाएर मानिसलाई रोकथुन गरेका खबर स्थानीयवासीदेखि राष्ट्रिय सञ्चारमाध्यममा पनि पढ्दा, सुन्दा र हेर्दा उहिलेको जमानाको याद आयो”, मङ्गला गाउँपालिकाको रणवाङका हरिकृष्ण पौडेलले भन्नुभयो, “हाम्रा पुर्खा कति दूरद्रष्टा र सीपालु रहेछन् भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन पनि कोरोना महामारी सफल भएको छ ।”

“घरको झ्यालढोका नै नखोलीकन बाहिर को आएको छ, भन्ने बुझ्न सजिलो होस् भनेर नै आँखीभm्याल बनाइएको हुनुपर्छ”, वातावरण र संस्कृतिका अध्येता सुशन सापकोटाले भन्नुभयो, “अक्सिजन र प्रकाश दुवै ठिक्क मात्रामा भित्रिने गरी निर्माण गरिएका आँखीझ्याल वास्तुकलाका अनुपम नमूना हुन्, तर दुर्भाग्य ती अमूल्य सम्पदाहरुको संरक्षण गर्न सकिएन, नास भए । तर, कोरोनाले सम्झाइदिएको छ ।”

“शहरबजारमा फलामको गेट खोलेर ओहोरदोहोर गर्नेहरुका लागि तगाँलो भनेको कुन चरिको नाम हो, थाहै थिएन । गाउँमै जन्मेहुर्केकाले पनि भुलिसकेका थिए । तर अहिले ठाउँगाउँमा लगाइएका बारले मान्छे पनि पशुजस्तै बनेको हो कि रु उसलाई भनेर नलागे वा नमानेपछि बार नै लगाएर छेकथुन गर्नुपर्ने अवस्था आएझैँ लाग्न थाल्यो”, बगरफाँटका नरबहादुर कार्कीले भन्नुभयो, “कोरोनाले नै सम्झाइदियो तगाँलो पनि ।”
 
विशेषगरी विसं २०७२ को महाभूकम्पपछि बनेका घर र भूकम्पप्रतिरोधी निर्माण विधिका कारण कहीँकतै बचेको गाउँमा आँखीझ्याल र तगारो राख्ने चलन पनि हराएको स्थानीयवासीको भनाइ छ । “पुनःनिर्माण प्राधिकरणले घर बनाउँदा सिमेन्ट दल्नैपर्ने उर्दी जारी ग¥यो, सानो झ्याल राख्नै नपाइने नियम बनाएपछि पुर्खाले मेहेनत गरेर बनाएका चार–पाँच सय वर्ष पुराना आँखीझ्याल विस्थापित भए । भूकम्पअघि गाउँमा कसैले नयाँ घर बनाए पनि आँखीझ्याल पुरानै राख्ने चलन थियो”, भीमबहादुर कार्कीले बताउनुभयो ।

भूकम्पपीडित जिल्लामा प्राधिकरणले खटाएका इञ्जीनियरले आँखीझ्याल कामै लाग्दैन भने । प्राधिकरणको नियमानुसार झ्यालको साइज चार बाइ छ हुनुपथ्र्यो । राँबो र छिनोको सहयोगमा परम्परागत बुट्टा कुँदिएका आँखीझ्याल साना साइजका हुन्थे । कोरोना भाइरसको सन्त्रासले अहिले फेरि गाउँ–गाउँमा तगाँलो हाल्न शुरु गरिए आँखीझ्याल भने विस्मृतिको गर्भमा लोप भएर गएका छन् । अब आँखीझ्यालको स्मृति मात्र बाँकी रहेको र त्यो पनि कोरोनाले सम्झाइदिएको गाउँलेहरुको भनाइ छ ।

‘न गाउँ गाउँजस्ता रहे, न गाउँ शहरजस्ता भए’

प्रविधिको पहुँच र विकासको लहरले गर्दा गाउँलाई केही सुविधायुक्त बनाए पनि जोखिमबाट भने गाउँ पनि सुरक्षित नरहेको गाउँलेहरुको भनाइ छ । “गाउँमा नयाँ प्रविधि भित्रिएको र सुविधा पुगेकामा जति खुशी छौँ, रैथाने सीप र प्रविधि गुमाउनुपर्दा त्यत्तिकै दुःखी पनि छौँ”, धवलागिरि गाउँपालिकाको ताकमका ७४ वर्षीय बुद्धिप्रसाद सुवेदीले भन्नुभयो, “न गाउँ गाउँजस्ता रहे, न गाउँ शहरजस्ता भए ।”

गाउँ–गाउँमा सङ्क्रमण फैलियो भने गाउँको स्रोत र साधनले सङ्क्रमितलाई बचाउन सक्ने सामथ्र्य त छैन । जोगिने उपाय भने आफूले सिक्दै अरुलाई पनि सिकाउन सक्ने अवस्थामा भने गाउँ छ । गाउँका गौँडामा हालिएको तगाँलो कसैलाई ओहोरदोहोरमा बन्देज लाउनका लागि नभइ कोरोना सङ्क्रमणका सचेतनाका लागि भएको गाउँलेहरुले बताएका छन् ।
 
अर्का एक युवामा पनि डेङ्गु पोजेटिभ

कोरोना भाइरस सङ्क्रमणको त्रास बढिरहेको बेलामा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटका ३० वर्षीय एक युवामा डेङ्गु पोजेटिभ देखिएको छ । बेनी अस्पतालमा उपचाररत ती बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको बेनी अस्पतालका डा मनोज घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा डेङ्गुको सङ्क्रमणबाट जोखिन जनचेतनामूलक कार्यक्रम सञ्चालन अति आवश्यक रहेको डा घिमिरेको बताउनुभयो । गत वैशाख ८ गते जिल्लाको मङ्गला गाउँपालिका–५ अर्मन सिर्कुमका १७ वर्षीय युवामा डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण देखिएको थियो । एक्कासी टाउको, जोर्नी दुख्ने, आलस्यता हुनेजस्ता लक्षण देखिएपछि ल्याब परीक्षणमा डेङ्गु पोजेटिभ देखिएपछि बिरामीको अस्पतालमै उपचार भइरहेको छ । डेङ्गु एडिस नाम गरेको लामखुट्टेबाट सर्ने रोग हो ।
 
मौसम परिवर्तनसँगै मुसाबाट सर्ने स्क्रब टाइफसको लक्षण देखिएका बिरामीको आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने, किराले टोकेको ठाउँमा रातो डाबरजस्तो समस्या देखिने पाटन स्वास्थ्य प्रतिष्ठानबाट बेनी अस्पतालका डा अजय गौतमले बताउनुभयो । डेङ्गु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।
 
डेङ्गुबाट जोगिन बनजङ्गलमा घाँस दाउरा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणका लागि उपयुक्त विधि अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । गत वर्ष म्याग्दीमा १२ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । डेङ्गु सङ्क्रमितको दर हेर्दा म्याग्दीमा यस वर्ष बिरामीको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement