Advertisement
Advertisement
Advertisement
Advertisement

किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

  |      16:40:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १३, काठमाडौं ।  विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । शरीरलाई आवश्यक पर्ने सुक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता भन्ने गरिन्छ । हरियो सागपात, गेडागुडी, फलफूल आदिमा सुक्ष्म पोषकतत्व आइरन तत्व हुन्छ । 

 

नेपालमा पहिलो पटक गरिएको एक अध्ययनमा १०–१९ वर्ष उमेर समूहका ११ प्रतिशत किशोरमा रक्तअल्पता, पाँच प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ । 

 

नेपालमा हालसम्म किशोरमा पनि रक्तअल्पता हुन्छ कि हुँदैन भनेर कुनै अध्ययन अनुसन्धान भएको थिएन । परिवार स्वास्थ्य महाशाखाले संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफ, अमेरिकी सहयोग नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा सम्पन्न नेपालमा राष्ट्रिय सुक्ष्म पोषण तत्व सर्वेक्षणमा रक्तअल्पता जनस्वास्थ्यको प्रमुख समस्याको रुप लिँदै गएको देखाएको छ । 

 

ती निकायहरुद्वारा संयुक्तरुपमा आज  आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सर्वेक्षणमा ६ देखि ५९ महिनाका हरेक पाँचमध्ये एक बालबालिका, १० देखि १९ वर्षका किशोरी र १५ देखि ४९ वर्षका महिला रक्तअल्पताबाट पीडित रहेका देखाएको छ । 

 

हिमाल, पहाड, तराईका ७३ जिल्लाका ४ हजार ३२० घरधुरीका १२ हजार ५१२ बालबालिका, किशोरकिशोरी तथा महिलामा दुई वर्ष समय लगाएर सो सर्वेक्षण सम्पन्न भएको थियो । सर्वेक्षणमा भनिएको छ, “रक्तअल्पताको प्रकोप सबैभन्दा बढी गर्भवती महिलामा छ । यो सङ्ख्या २७ प्रतिशत छ ।”

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहिलो प्राथमिता कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई आइरन चक्की वितरण तथा बालबालिकामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम सञ्चालित छ । 

 

विश्व स्वास्थ्य सङ्गठनले रक्तअल्पतालाई मातृमृत्यु, शिशु मृत्यु एवं बाल्यकालीन बौद्धिक विकासमा हुने एक प्रमुख कारकका रुपमा लिएको छ । सर्वेक्षणले रक्तअल्पताको प्रकोपदर बढ्दै जाँदा जनस्वास्थ्यको प्रमुख समस्या देखिएको जनाएको छ ।

 

 सर्वेक्षणले ६देखि ५९ महिनाका १०० बालबालिकामध्ये २१ जनामा जिन्कको कमीसमेत देखाएको छ । यसको कमीले बालबालिकामा पुड्कोपन तथा रोगसित लड्ने शक्तिमा ह्रास गराई रोगको दर बढाउछ । सर्वेक्षणमा प्रजनन उमेर समूहका एक चौथाइ महिलामा समेत जिन्कको कमी रहेको देखाएको छ । 


सर्वेक्षणमा ६देखि ५९ महिनाका २० प्रतिशत बालबालिका तथा १५ देखि ४९ उमेर ४० प्रतिशत महिलामा हेलिकोब्याक्टर एच पाइलोरीको सङ्क्रमण, १४ प्रतिशत किशोर र १६ प्रतिशत किशोरीमा एच पाइलोरीको सङ्क्रमण पाइएको छ । महिला र बालबालिकामा एच पाइलोरीको सङ्क्रमण दिसामा तथा किशोर किशोरीमा रगत जाँच गरिएको थियो ।

 

चिकित्सकका अनुसार एच पाइलोरीको सङ्क्रमणले शुरुमा पेट दुख्ने, वाक्वाकी लाग्ने हुन्छ । शुरुमा परीक्षण नभएमा यसबाट अल्सर तथा आमाशयको क्यान्सर हुने सम्भावनासमेत हुनसक्छ । सर्वेक्षणमा विशेष गरी पाँच वर्षमुनिका बालबालिका र यसमा पनि तराई÷मधेशमा बढी रक्तअल्पताको प्रकोप दर बढी रहेको देखाएको छ । 

 

बालबालिकामा हुने अन्धोपनको प्रमुख कारकतत्वका रुपमा भिटामिन ‘ए’ को कमीलाई लिइन्छ । मोडिफाइड रिलेटिभ डोज रेस्पोन्सका आधारमा गरिएको सर्वेक्षणमा छदेखि ५९ महिनाका चार प्रतिशत बालबालिका तथा १५ देखि ४९ वर्ष का तीन प्रतिशत महिलामा भिटामिन ‘ए’ को कमी देखाएको छ । विशेषगरी तराई क्षेत्रमा यसको कमी बढी भएको पाइएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सर्वेक्षण सार्वजनिक गर्दै आगामी नीति निर्माण तय गर्न सर्वेक्षणबाट निस्केका नतिजाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement