चैत १७, तम्घास । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, “सरकार सेनालाई पनि आफ्नो...
चैत्र १७, २०७५ भारतको नयाँ दिल्लीमा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको उद्धार गरिएको छ । इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिनादेखि नयाँ दिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा बन्धक बनाईएका ती...
चैत १७, सुर्खेत । गत चैत ६ गते अपहृत बालिका उद्धार गर्ने एक नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सम्मान गरेको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका हर्कबहादुर बुढामगरलाई आज जिल्ला प्रहरी कार्यालय सुर्खेतका...
चैत १६, कञ्चनपुर । बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक...
चैत १४, वासिङ्टन । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । “यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग...
चैत १४, लहान । छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरका एक परिवार अहिले ठूलो बिजोगमा परेको छ। धुमधामका साथ छोरीको बिहे गर्छु भन्ने ठूलो...
चैत १४, गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका...
चैत १४, खलङ्गा । जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ । गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो ।...
चैत १४, रारा । जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ । खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता...
चैत १४, काठमाडौं । सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित...
चैत १३, राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालन गर्ने भएको छ । महिलाको सुरक्षालाई ध्यानमा राखेर उपमहानगर आफैँले बस सञ्चालन गर्ने तयारी गरेको नगर प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिनुभयो । “चालू...
►निलिफा सुब्बा चैत १३, धरान । को सिप तथा क्षमता विकास गरि आय आर्जन गराउने उद्देश्यले धरानमा क्रिष्टलको माला बनाउने तालिम गरिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर १६ कार्यलयले ५ दिने क्रिष्टलको माला डिजाइनिङ बनाउने तालिम...
चैत १३, भद्रपुर । झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय...
चैत १२, काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले लामो समयदेखि पत्रकारिताका माध्यमबाट राष्ट्रको विकासमा योगदान पु¥याएका १५ महिला पत्रकारको जीवनमा आधारित कृति सार्वजनिक गरेको छ । डब्लुडब्लुजेले आज आयोजना...
चैत ११, रोल्पा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी जिल्लाका सबै छात्रालाई लक्षित गरी महिनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड वितरण गरिएको छ । जिल्लाका १७ परीक्षा केन्द्रमा शिक्षा विकास तथा समन्वय एकाइको...
चैत ११, दाङ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको...
►प्रेम रौले चैत ११, मार्तडी । छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने कार्यक्रम अगाडि...
चैत १०, चैनपुर । बझाङ केदारस्युँ गाउँपालिका–४ खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोमा चार महिला घाइते भएका छन् । सिँचाइ नहरका लागि बालुवा निकाल्दै गर्दा आज...
चैत १०, इलाम । सदरमुकामस्थित इलाम नगरपालिकाको गरिमा टोलमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । डोजरले बाटो खन्ने क्रममा ढुङ्गाले लागेर स्थानीयवासी १३ वर्षीया देवी न्यौपानेको घट्नास्थलमै मृत्यु भएको प्रहरी...
चैत १०, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा महिलाको नेतृत्वमा पदमार्ग निर्माण गरिएको छ । महिलाले नाचगान गरेर जुटाएको पैसा परिचालन र श्रमदान जुटाएर पदमार्ग बनाएका हुन् । जनजागृति आमा समूहको नेतृत्वमा...
–रमेश गिरी चैत १०, भक्तपुर । भक्तपुर दुवाकोटकी ५३ वर्षीया मीना आलेमगर आइतबारदेखि शुरु हुने माध्यामिक शिक्षा परीक्षा अर्थात एसइईको तयारीमा व्यस्त हुनुहुन्छ । यस वर्षको एसइईमा सहभागी हुने भएपछि घरधन्दाका अतिरिक्त...
चैत १०,लहान । सिरहाको छुट्टाछुट्टै स्थानमा आज भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा आज साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो । ...
चैत १०, पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महीना दिनदेखि चार वर्षीया छोरीसहित बेपत्ता हुनुभएको छ । गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४ वर्षीया शर्मिला...
चैत १०, गौशाला । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३...
चैत १०, विराटनगर । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक स...
चैत १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सचेतक एवं प्रतिनिधिसभा सांसद शान्ता चौधरी इसइई परीक्षामा सहभागी भएकी छन् । दाङको तुलसीपुरस्थित मावि सेन्टर स्कुल चौधरीको सेन्टर हो । दुई वर्षअघि कक्षा ८ मा भर्ना भएकी...
चैत ८, सर्लाही । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर...
चैत ८, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन...
चैत ८, काठमाडौं । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको...
चैत ८, काठमाडौं । प्रदेश नं ३ सरकार, सामाजिक विकास मन्त्रालयले ११ उत्कृष्ट महिला सहकारीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । सो मन्त्रालयले यहाँ आज एक समारोहको आयोजना गरी गुराँस महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड...