►कालिका खड्का चैत ८, काठमाडौं । कानूनले ‘कुप्रथा’ को सङ्ज्ञा दिएको छाउपडीका कारण सुदूरपश्चिम र मध्यपश्चिमका किशोरीले ‘छाउ’ भएको समयमा पढ्ने अवसरबाट वञ्चित भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । ...
चैत ८, काठमाडौं । विभिन्न राजनीतिक दल सम्बद्ध महिला नेत्रीहरुले मिडियामा महिलाका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। अन्तरपार्टी महिला सञ्जालले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सबै...
चैत ८, विराटनगर । पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको हो । नेपाल चौथो पटक उपाधिबाट वञ्चित भएको छ । विराटनगरको...
चैत ८, काठमाडौं । भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु भएको छ । मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्नुभयो । कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै उहाँले पुष्प...
चैत ७, भरतपुर । चितवनको इच्छाकामना गाँउपालिका–१ थाप्राङकी माया चेपाङका १२ जना सन्तान मध्ये दुई जनाको सानैमा ज्यान गयो । जिल्ला सदरमुकाम भरतपुरदेखि एक दिन पैदल दूरीमा रहनुभएकी मायाका एक छोरा र एक छोरी महिनौ थला परे । तीन...
►विमलबहादुर विष्ट चैत ७, डोटी । दीपायल सिलगढी नगरपालिका– २ खातिवाडाकी ५६ वर्षीया महामती साउद नयाँ जीवन पाएर आजभोलि निकै खुशी हुनुहुन्छ । उहाँका श्रीमान् भागीको ज्यान पनि अहिले हलुङ्गो भएको छ । उहाँ शैलेश्वरी अस्पताल...
चैत ७, लमही । कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन । अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तरजातीय विवाह गर्ने प्रायः...
►हेमन्त केसी चैत १, जाजरकोट । जाजरकोटको दुर्गम बारेकोटमा सञ्चालित घुम्ती शिविरमा ७२ वर्षीया एक ज्येष्ठ महिलादेखि तीन दिने सुत्केरी समेतले नागरिकता लिने अवसर पाएका छन् । बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन...
चैत १, ललितपुर । विभिन्न क्षेत्रका अगुवा तथा युवा गरी ९ जना व्यक्तित्वलाई सम्मान गरिएको छ । मोतीदेवी स्मृति केन्द्रले १ सय नवौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधबार एक कार्यक्रम गरी सम्मान गरेको हो ।सम्मानित...
चैत १, सुर्खेत । कर्णाली प्रदेश सभाका महिला सांसदहरुले आफूहरुलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् ।प्रदेशसभा सचिवालयको आयोजनामा वीरेन्द्रनगरमा बिहीबार भएको सांसद र सञ्चार सम्बन्ध विषयक अन्तरक्रियामा...
चैत १, सप्तरी । सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन...
फागुन ३०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ । महिला प्राध्यापकले यहाँ आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयअन्तर्गतका ६१ वटा आङ्गिक...
फागुन ३०, हुम्ला । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण...
फागुन ३०, काठमाडौं । सामान्यरुपमा खानपान तथा व्यायाममा ध्यान दिनसके मिर्गौलासम्बन्धीको रोग नलाग्ने चिकित्सकले बताएका छन् । उच्च रक्तचाप र मधुमेह भएका बिरामीलाई मिर्गौलासम्बन्धीको रोग लाग्ने सम्भावना अधिक हुने भएकाले...
फागुन ३०, हुम्ला । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया...
फागुन ३०, दमौली । एसइइ परीक्षामा सम्मिलित छात्रालाई परीक्षा केन्द्रमै सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेकाले प्रदेशको सामाजिक...
फागुन ३०, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा महिलाको अगुवाइमा अथितिगृह सञ्चालन भएको छ । गाउँमा भित्र्ने पर्यटक र पाहुनालाई खाने बस्ने सुविधाका लागि राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेर...
फागुन ३०, काठमाडौं । विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । साथीसँग झगडा गरेको, गृहकार्य नगरेको, विद्यालय ढिलो आएको आदि घटनाको निहुँमा...
फागुन ३०, वीरगञ्ज । केही महीनायता प्रदेश नं २ मा बलात्कारको घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ ।प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले रासससँगको कुराकानीमा फौजदारी...
फागुन २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताउनुभएको छ । महिलाको स्थ...
फागुन २९, पर्वत । एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै...
►प्रेम रौले फागुन २९, मार्तडी । जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । कम उमेरमा विवाह गर्ने गरेका महिलाको सङ्ख्यामा वृद्धि हँुदै गएकाले उनीहरु नै २० वर्ष कम उमेरका महिलाले...
फागुन २८, रुकुम (पूर्व) । सिस्ने गाउँपालिकाले आफ्नो कार्यालयमा स्तनपान र पोषण कक्ष निर्माण गरेको छ । महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाले कार्यालयभित्र स्तनपान कक्ष निर्माण गरेको हो । कार्यालयमा...
फागुन २८, खस्यौली । बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको...
फागुन २८, काठमाडौं । बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित...
फागुन २७, लमही । दाङको विकट मानिने गढवा गाउँपालिकामा मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यले जापान सरकारको लगानीमा स्वास्थ्य परियोजना शुरु भएको छ । जापान र नेपाल सरकारबीच सम्झौता भई ‘आम्दा माइन्स’ र ‘आम्दा नेपाल’को...
►भेषराज बस्नेत फागुन २७, राँझा । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा बाँकेमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । मधेशी तथा मुसलमान समुदायको बाहुल्य रहेको बस्तीमा सानै उमेरमा विवाह गरिदिने संस्कार...
►लक्ष्मी भण्डारी फागुन २७, वीरेन्द्रनगर । पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा १ म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई...
फागुन २७, विराटनगर । पाँचौँ महिला साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताको शिल्ड आज यहाँ सार्वजनिक गरिएको छ । अखिल नेपाल फूटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिल्ड सार्वजनिक गर्नुका साथै सहभागी टोलीका...
फागुन २७, घोराही । घोराही उपमहानगरपालिका–१९ का २१ वर्षीया सन्तोष घर्तिमगर बालिका बलात्कार गरेको आरोपममा पक्राउ परेका छन् । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक रामप्रसाद...