Advertisement
Advertisement
Advertisement
Advertisement

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा १६ महिनादेखि नाका नखुल्दा उत्पादित गलैंचा घरमै थन्किए

  |      14:29:00   |  
Web Image
Web Image

 चैत ९ , ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा उत्पादित गलैंचा १६ महिनादेखि बिक्री भएको छैन । कोरोना महामारीका कारण गत वर्षको चैतमा लकडाउन लगाइएपछि गलैंचाको व्यापार हुन नसकेको हो । ओलाङचुङ्गोलामा उत्पादन भएको गलैंचा चीनका बजारमा खपत हुँदै आएको छ ।

यस क्षेत्रका स्थानीयवासीको प्रमुख पेशाको रुपमा गलैँचा उत्पादन रहेको छ । समुन्द्र सतहदेखि तीन हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङ्गोलामा हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । यहाँका बासिन्दाले पशु र गलैंचा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

हिमाली बस्ती ओलाङचुङ्गोला, याङ्मा, घुन्सा र फले क्षेत्रका समुदायको पुख्र्यौली पेशाका रुपमा प्रत्येक घरपरिवारमा गलैंचा बुन्ने काम गर्दै आएको फक्ताङलुङ–६ टाँसीका तेञ्जिी शेर्पाले बताए ।

लामो समयसम्म ओलाङचुङ्गोलाको टिप्ताला नाका खुल्न नसक्दा स्थानीय मर्कामा परेका छन् । नाका बन्द हँदा १६ महिनादेखि उत्पादन गरेको गलैंचा घरमै थन्क्याएर राख्नुपरेको स्थानीय तेञ्जिङ वालुङको गुनासो छ ।

‘लामो समयसम्म पनि नाका खुल्न सकेन । घरमा उत्पादन गरेको गलैंचा सदरमुकाम फुङलिङ बजारमा लगिएर बिक्री गयो भने लागत नै उठाउन मुस्किल पर्दछ,’ उनले भने ।

लकडाउनका समयमा बुनेको ५० थान गलैंचा घरमै थन्काएर राखेको लामा भुजुङ शेर्पाले बताए । एउटा गलैंचाको मूल्य १५ हजारदेखि २७ हजारसम्ममा चीनमा बिक्री हुने उनले बताए । सरदर हिसाब गर्ने हो भने नौ लाख ५० हजार रुपैयाँ बराबरको गलैंचा घरमै थन्क्याइएको शेर्पाको भनाइ छ ।

नाका नखुल्दा गलैंचा बिक्री हुन नसकेर ओलाङचुङ्गोलामा प्रत्येक घरमा सरदर ३० थान गलैंचा थन्किएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए ।
‘ओलाङचुङ्गोलाका प्रमुख आयस्रोत गलैँचा हो । त्यही गलैँचा १६ महिनादेखि घरमै थन्क्याएर बस्नुपरेको छ,’ उनले भने । आफूले उत्पादन गरेको गलैंचा बिक्री हुन नसकेपछि दैनिक जीविकोपार्जन गर्न समस्या भएको भोटेले बताए ।

आलाङचुङ्गोलाको टिप्ताला नाका हुँदै निर्यात हुने नेपाली उत्पादनमा एक ओलाङचुङ्गोलामा उत्पादन भएको गलैँचा पनि भएको व्यापारी तावा च्युङदाक शेर्पा बताउँछन् । लामो समयसम्म पनि नाका खोल्ने विषयमा छलफल भएको छैन । सरकारको निर्णयानुसार गृह मन्त्रालयले गत हप्ता जिल्ला प्रशासन कार्यालयमा नाकामा आवतजावत गर्न स्थानीयवासीलाई दिनु भनेर परिपत्र गरेको छ । सीमा सुरक्षा प्रहरी चौकीदेखि पास लिएर आवतजावत गर्न पाउने जनाइएको छ ।

गृह मन्त्रालयले परिपत्र गरेपनि एकपक्षले मात्र निर्णय गरेर नहुने फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए । सीमानाका जस्तो संवेदनशील क्षेत्रमा दुई देशको निर्णयमा मात्र सम्भव हुने उनको भनाइ छ । आवश्यक परेमा खाद्य सामग्री चीनले ल्याएर सीमा क्षेत्रमा छाडिदिनसक्ने चिनियाँ अधिकारीले बताएको उनले जानकारी दिए  ।  रासस

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement