Advertisement
Advertisement
Advertisement
Advertisement

‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रिमियर, दीपाश्री भन्छिन् : युद्ध जितेजस्तै

  |      17:46:00   |  
‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रिमियर, दीपाश्री भन्छिन् : युद्ध जितेजस्तै

चैत १८ काठमाडौं ।   प्रसारणको पूर्वसन्ध्यामा प्रतीक्षित टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’लाई प्रिमियर गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रिमियरमा कलाकार र शोको टिम सहभागी रह्यो ।

शोमा अध्यक्षको रुपमा देखिन लागेकी दीपाश्री निरौलाले यो कार्यक्रम गर्दा आफूलाई ‘युुद्ध जितेजस्तो महसुस’ भएको बताइन् । ‘मलाई यतिबेला फिल्मको प्रिमियरमा जस्तै ढुकढुक भएको छ’ उनले भनिन् ।
हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले दर्शकलाई विविध विषयवस्तुमा गुणस्तरीय कार्यक्रम उपलब्ध गराउने टेलिभिजनको ध्येय रहेको बताए । यो कार्यक्रमले पनि आफूहरूको उक्त आशा पुरा गर्ने कँडेलले बताए ।

निर्देशक विशाल भण्डारीले दर्शकमाझ नयाँ सिजन ल्याएर आउन लाग्दा आफू एकदमै उत्साहित रहेको बताए । सो अवसरमा शोमा प्रस्तुति दिने हास्य कलाकारको परिचय दिलाइएको थियो । साथै, दीपकराज गिरी र जितु नेपाल अतिथि रहेको पहिलो एपिसोडको प्रदर्शन गरिएको थियो ।
शोमा प्रभात लामा, भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइरालाले शोमा हास्य प्रस्तुति दिनेछन् । भब्य सेट र संरचनासहित आउन लागेको शोलाई थ्री प्रोडक्सन प्रालिले निर्माण गरेको हो ।

यो शो हिमालय टिभीमा प्रसारण हरेक साताको मंगलबार राती ९ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलमा आउनेछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement