वैशाख ३१ काठमाडौं । गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
बाग्लुङ बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामी पक्राउ परेका हुन्।
उनलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनीविरूद्ध १४ वर्षीया बालिकालाई रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडामा शनिबार बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।