Advertisement
Advertisement
Advertisement
Advertisement

हलिउड अभिनेत्री क्रिस्टन स्टीवर्टले गरिन् प्रेमिकासँग विवाह

  |      14:59:00   |  
हलिउड अभिनेत्री क्रिस्टन स्टीवर्टले गरिन् प्रेमिकासँग विवाह

वैशाख ८ काठमाडौं । हलिउड फिल्म ‘ट्वाइलाइट’ फिल्मको श्रृंखलाबाट विश्वभर चर्चित अभिनेत्री क्रिस्टन स्टीवर्टले विवाह गरेकी छिन् । उनले आफ्नी प्रेमिकालाई जीवनसाथी बनाएको हलिउड संचारमाध्यमले जनाएका छन् ।

उनले लगभग ६ वर्षदेखि डिलन मेयरसँग डेट गरिरहेकी थिइन् । दुबैको विवाहको तस्वीरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । क्रिस्टनले धेरै वर्ष पहिले आफू ‘बाइसेक्सुअल’ भएको घोषणा गरेकी थिइन् ।
डिलन पेशाले फिल्म लेखिका हुन् । ‘ट्वाइलाइट’ स्टारले अमेरिकाको लस एन्जलसमा आयोजित एक निजी समारोहमा लामो समयदेखिकी प्रेमिकासँग विवाह गरेकी हुन् । यी दुईबीच तीन वर्षअघि इन्गेजमेन्ट भएको थियो ।
टीएमजेडका अनुसार, ३५ वर्षीया स्टीवर्ट र ३७ वर्षीया मेयरले अप्रिल २०, २०२५ को इस्टरको अवसरमा आइतबार लस एन्जलसस्थित घरमा विवाह गरेका हुन् । सो अवसरमा उनीहरू निकट व्यक्ति उपस्थित थिए । उक्त पोर्टलले विवाहका फोटोहरू पनि सार्वजनिक गरेको छ ।

क्रिस्टेन र डिलनको भेट एक फिल्ममा काम गर्ने क्रममा भएको थियो । अगस्ट २०१९ मा उनीहरूको प्रेम सम्बन्धको हल्ला बाहिर आएको थियो । त्यसपछि अक्टोबर २०१९ मा, दुवैले इन्स्टाग्राममा आफ्नो सम्बन्ध सार्वजनिक गरे । सम्बन्धलाई अगाडि बढाउँदै, उनीहरूले २०२१ मा इन्गेजमेन्ट गरे । क्रिस्टेनले डिलनले आफूलाई प्रपोज गरेको पनि बताइन् ।
क्रिस्टेनको जन्म अप्रिल ९, १९९० मा अमेरिकामा भएको थियो । उनी १२ वर्षको उमेरदेखि नै ग्ल्यामर दुनियाँमा काम गर्दै आएकी छिन् । उनले ‘द ट्वाइलाइट सागा’ फिल्म श्रृंखला (२००८/२०१२) मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रसिद्धी हासिल गरिन् । सन् २०१७ मा उनले आफूलाई बाइसेक्सुअल घोषणा गरेकी थिइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement