Advertisement
Advertisement
Advertisement
Advertisement

हमासले बन्धक बनाएकी ८५ वृद्धा छुटेपछि भन्छिन्,'नर्कजस्तो ठाउँमा बसेर आएँ '

  |      13:01:00   |  
हमासले बन्धक बनाएकी  ८५ वृद्धा छुटेपछि भन्छिन्,'नर्कजस्तो ठाउँमा बसेर आएँ '

कार्तिक १४, काठमाडौं ।हमासले दुई सातासम्म बन्धक बनाएर सोमवार रिहा गरेकी एक ८५ वर्षीया वृद्ध तथा अभियानकर्मी योखेभेद लिफ्शिट्जले आफू नर्कजस्तो ठाउँमा बसेर आएको बताएकी छन्।

मोटरसाइकलमा आइका बन्दुकधारीहरूले उनी र उनका पतिलाई अपहरण गरी गाजास्थित भूमिगत सुरुङमा पुर्‍याएको उनले बताइन्।

बन्धक बनाएर लैजाँदा लट्ठीले कुटिएको भन्दै उनले धेरै बन्धकहरूलाई भने “राम्रो व्यवहार” गरिएको बताइन्।

सोमवार राति उनीसँगै ७९ वर्षीया अर्की महिला नुरिट कूपरलाई पनि हमासले रिहा गरेको थियो।
 

शान्तिको सन्देश
सार्वजनिक भएका केही तस्बिरहरूमा उनी रिहा हुनुअघि बन्धक बनाउने हमासका एक बन्दुकधारी पुरुषसँग लिफ्शिट्जले हात मिलाएको दृश्य देखिएको छ। उक्त दृश्य उनलाई गाजा र छिमेकी इजिप्टसँग जोडिएको रफाह सीमानाकास्थित अन्तर्राष्ट्रिय रेडक्रसमा सुम्पिनु अघिको हो।

उनले ती बन्दुकधारीलाई 'शलोमू भनेकी थिइन् जसको अर्थ हीब्रू भाषामा' शान्ति हो।

दक्षिणी इजरेलको निर ओज किबुट्स भन्ने ठाउँबाट अक्टोबर ७ तारिखमा योखेभेद लिफ्शिट्ज र उनका पति ओडेडलाई अपहरण गरिएको थियो। उनका पतिलाई भने अझै पनि रिहा गरिएको छैन।

किबुट्स्स्थित सानो समुदायलाई हमासले आक्रमण गर्दा बिहान सबेरै थियो। उक्त आक्रमणमा बालबालिकासहित हरेक चारमध्ये एक जना बासिन्दा मारिएको वा अपहरणमा परेको ठानिएको छ।

लिफ्शिट्ज रिहा भएको केही घण्टापछि तेल अभिभस्थित इखिलोब अस्पतालमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले आफूलाई अपहरण गरिएपछि केके भयो भनेर बताएकी थिइन्।

माकुराको जालोजस्तो सुरुङ
लिफ्शिट्जका आमाछोरी
तस्बिरको क्याप्शन,
लिफ्शिट्ज र उनको छोरी पत्रकार सम्मेलनका क्रममा

अपहरण गरेर लगिने क्रममा आफूलाई लट्ठीले पिटिएको र नीलडाम बसेको अनि सास फेर्न गाह्रो भएको उनले बताइन्।

उनकी छोरी श्यारोन लिफ्शिट्ज आफ्नी आमाले बोलेको कठिन अवस्थाबारे संवाददाताहरूलाई अनुवाद गरिदिएकी थिइन्। उनका अनुसार ८५ वर्षीया महिलालाई भिजेको बाटोमा केही किलोमिटर हिँड्न बाध्य पारिएको थियो।

श्यारोनले उनकी आमालाई गाजाको जमिनमुनि “माकुराको जालोजस्तो लाग्ने ठूलो सञ्जाल हुँदै सुरुङभित्र” लगिएको बताइन्।

लिफ्शिट्जले आफूसँगै अन्य २५ बन्धकलाई सुरुङभित्र लगिएको र केही घण्टापछि उनीसहित किबुट्स्‌कै पाँच जनालाई एउटा छुट्टै कोठामा लगिएको बताइन्। त्यहाँ उनीहरू प्रत्येकका छुट्टै गार्ड थिए र प्यारामेडिक तथा चिकित्सक पनि पहुँचमै थिए।
 

गाजाको जमिनमुनि छ गोप्य सुरुङको यस्तो सञ्जाल
हमासका लडाकुहरूले इजरेलमा किन गरे भीषण आक्रमण
उनले त्यहाँभित्र सफा ठाउँ रहेको र सुत्नका लागि भुइँमा डस्ना ओछ्याइएको बताइन्। उनीजस्तै बन्धक बनाइएका अर्का व्यक्ति भने अपहरण गरेर गाजा लैजाने क्रममा मोटरसाइकल दुर्घटनामा परी नराम्ररी घाइते भएका थिए र उनलाई त्यहीँभित्र एक चिकित्सकले उपचार गरेका थिए।

'हामी बिरामी नपरौँ भनेर उनीहरूले व्यवस्था गरेका थिए र प्रत्येक दुई वा तीन दिनमा हामीलाई चिकित्सकले हेर्ने व्यवस्था थियो।'

उनीहरूलाई आवश्यक पर्ने औषधिको पनि त्यहाँ व्यवस्था थियो र त्यहाँ केही महिला थिए जसलाई “महिला स्वास्थ्यको सरसफाइ”बारे जानकारी थियो।

बन्धक बनाइएकाहरूलाई पनि हमासका सुरक्षागार्डले खानेजस्तै रोटी, चीज र काँक्रो दिइएको लिफ्सिट्सकी छोरी श्यारोनले बताइन्।

बन्दुकधारीसँग किन हात मिलाइन्र
पत्रकारहरूले किन उनले बन्दुकधारीसँग हात मिलाइन् भनेर सोधिएको प्रश्नमा उनले बन्धक बनाएर राख्नेहरूले आफूलाई राम्रो व्यवहार गरेको र बाँकी बन्धकहरू पनि राम्रो अवस्थामा रहेको बताइन्।

श्यारोनले आफ्नी आमाको त्यस्तो कदमबाट आफू अचम्मित नभएको बताउँदै भनिन्,'उहाँ जसरी असन्तुष्ट रूपमा त्यहाँबाट हिँड्नुभयो तर फेरि फर्किनुभयो अनि धन्यवाद भन्नुभयो, त्यो मेरा लागि विश्वास गर्नै गाह्रो कुरा थियो। तर उहाँ त्यस्तै हो,' उनले बीबीसीसँग भनेकी थिइन्।

लिफ्शिट्ज र नुरिट कूपरलाई सोमबार साँझ रिहा गरिनु केही घण्टाअघि इजरेली सेनाले पत्रकारहरूलाई एउटा भिडिओ देखाएका थिए, जसमा दुई साताअघि इजरेलमाथि आक्रमण कति निर्मम थियो भन्ने देखाउन खोजिएको थियो।

त्यसरी देखाइएको भिडिओमा हमासका बन्दुकधारीहरूले बाटोमा सर्वसाधारणलाई गोली हानेपछि कसरी खुसीयाली मनाएका थिए र पछि किबुट्स्‌मा घरमै गएर कसरी उनीहरूले आमाबुवा र बच्चाहरूको ज्यान लिएका थिए भन्ने देखिन्थ्यो।

आक्रमणमा १,४०० भन्दा बढी मानिस मारिएका थिए र त्यसमा धेरैजसो सर्वसाधारण छन्।

लिफ्शिट्ज र उनका ८३ वर्षीय पति ओडेड चिरपरिचित अभियानकर्मी हुन्। उनीहरूले बिरामी मानिसहरूलाई गाजाबाट इजरेलस्थित अस्पतालहरूमा लैजान मद्दत गर्ने उनीहरूका परिवारहरूले बताएका छन्।

श्यारोनले बीबीसीसँग बोल्दै आफ्ना बुवा पत्रकार रहेको र उनले शान्ति तथा प्यालेस्टिनीको अधिकारका लागि दशकौँदेखि काम गर्दै आएको बताइन्।

न्याश्नल यूनियन अफ जर्नलिस्टका अनुसार ओडेड अल हमिश्मार पत्रिकाका लागि काम गर्ने गर्थे। सन् १९८२ मा बेइरूतस्थित दुई वटा प्यालेस्टिनी शरणार्थी शिविरहरूमा भएका हत्याबारे समाचार लेख्ने सुरुका केही पत्रकारमध्ये उनी पनि थिए।

'उहाँले राम्रोसँग अरबी भाषा बोल्न सक्ने हुनाले त्यहाँ रहेका मानिसहरूसँग राम्रोसँग संवाद गर्न सक्नुहुन्छ। उहाँ गाजामा धेरै मानिसलाई चिन्नुहुन्छ। उहाँलाई ठिक हुनेछ भन्ने म विश्वास गर्दछु,' आफ्ना बुवाबारे बोल्दै श्यारोनले भनिन्।

इजरेलले अझै पनि दुई सयभन्दा बढी मानिसलाई बन्धक बनाइएको जनाएको छ।साभार बीबीसी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement