 
                                    
                                वैशाख ५ काठमाडौं । रौतहटको गढीमाई नगरपालिका ४ संग्रामपुर पर्साका रामकिशोर ठाकुरलाई फोन आयो/ छोरी मर्न सक्छ, कस्तो कस्तो गरेकी छ। ठाकुरले २०७६ जेठ ५ मा छोरी अलका ठाकुरको बिहे दुर्गा भगवती गाउँपालिका ३ मत्सरीका प्रेमनारायण झाको छोरा संजीव झासँग गरिदिएका थिए।
हुन त जेठो छोरासँग विवाहको कुरो छिनिएको थियो तर भोलिपल्टै जेठो छोरा गाउँमा अर्की युवतीसँग प्रेमसम्बन्ध रहेको सुनियो। सम्धीले कान्छो छोरोसँग विवाहको प्रस्ताव गर्दा ठाकुरले भनेका थिए /ठिकै छ, योग्य छ भने कान्छो छोरोसित पनि बिहे गर्न कुनै आपत्ति छैन।
केही दिनमै तामझामका साथ ठाकुरले छोरीको विवाह गरिदिए। कुनै तिलक र दहेज नलिने कुरो भए पनि बिहेमा साढे २२ लाख रुपैयाँ खर्च भएको ठाकुरको दाबी छ। केटो जापानमा इन्जिनियर रहेको बुझिएकोले दिल खोलेर खर्च गर्न कुनै द्विविधा ठाकुरमा भएन। केही महिनापछि ज्वाइँले गाडी किन्छु भनेपछि साढे तीन लाख रुपैयाँ पनि हातमा थमाएको ठाकुरको भनाइ छ।
बिहे भएको करिब ६ वर्षमा विवाह दर्तासमेत नगराएको र ज्वाइँ जापानमा बस्दा खासै राम्रो सम्बन्ध नहुँदा छोरीले एउटा बिमा कम्पनीमा काम गरेर आफ्नो गुजारा चलाउन थालेकी थिइन्। घरबाट अपहेलित भए पनि घरपरिवारमा मिलेर बस्ने र सबैलाई सहयोग गर्ने छोरीको बानी भएकाले गत वर्षमात्रै छोरीले ज्वाइँलाई ७ लाख रुपैयाँ दिएकी थिइन्। तर सबैतिर अपहेलनाको सिकार हुँदै जाँदा छोरी अलका ठाकुर डिप्रेसनको सिकार बन्न पुगेको माइती पक्षले आरोप लगाएको छ।
घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अलकाका भाइ मनमोहन ठाकुरले भने, ‘डिप्रेसन पनि पूर्णतया ठीक भइसकेको चिकित्सकको सम्पूर्ण रिपोर्टले बताउँछ। दिदीले औषधि सेवन पनि छोडिसक्नु भएको थियो।’ गत वैशाख १ गते घरमा सबैले पूजापाठ गर्दै खुसियाली मनाइरहेको बेला ज्वाइँले गरेको फोनबाट झस्केका ठाकुरले जानकारी दिए।
त्यसपछि गौर नगरपालिकाको सिसवा गाउँमा रहेको आफन्तलाई तुरुन्त फोन गरेर घटनाबारे बुझ्न पठाउँदा छोरी अलका ठाकुर घरको पंखामा झुन्डिएको अवस्थामा रहेको र प्रहरी तथा आफन्तले सबैतिरबाट घेरेको भनेपछि उनको होस खुलेन।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई पोस्टमार्टमका लागि अस्पताल पठाउन लाग्दा ठाकुर परिवारले गौरमा पोस्टमार्टम नगरी काठमाडौंमा नै गर्ने अडान लिएपछि बाध्य भएर प्रहरीले मृतक अलका ठाकुरको भाइ मनमोहन ठाकुरको जिम्मा दिई काठमाडौं पठाएको थियो।
काठमाडौंमा मृतकको शव बुझ्ने पनि भाइ मनमोहन नै थिए। मृतकको शव रौतहट ल्याएपछि तीन भ्यान प्रहरीले घेरा हाली बलजफ्ती मत्सरीका आफन्तलाई बुझाएको आरोप ठाकुर परिवारको छ। रौतहटको गरुडामा शुक्रबार पत्रकार सम्मेलन गर्दा मृतक ठाकुरका पिता रामकिशोर ठाकुर र आमा अनिताकुमारी ठाकुरले भक्कानिए।
उनीहरूले भने, ‘अस्पतालमा शव बुझ्ने मेरो छोरोलाई सद्गति गर्न नदिई प्रहरीले शव खोसेर मत्सरीका मानिसलाई बुझाए, शव दिन नखोज्दा उल्टै लाठी चार्ज गरे, मारपिट गरे। जसले बिहे भएको ६ वर्षसम्म छोरीको विवाह दर्ता गराएको थिएन, सोही परिवारसित मिलेर प्रहरीले हामीमाथि अत्याचार गर्यो।’
उनीहरूले मृतक छोरीको मृत्यु भएको अवस्थाको फोटोसमेत खिच्न नदिएको आरोप लगाएका छन्। ठाकुरले भने, ‘झा परिवारले मिलेर हत्या गरी झुन्ड्याएको हो। अहिलेसम्म प्रहरीले हाम्रो निवेदन पनि लिन मानेको छैन।’ पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी नलिने प्रहरीको भनाइ रहेको ठाकुरले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले पोस्टमार्टमको रिपोर्ट आएपछि जाहेरी दर्ता हुने बताउँदै घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको उल्लेख गरेका छन्।
 नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                                                                                        नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                            
                         काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                                                                                        काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                            
                         काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                                                                                        काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                            
                         काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                                                                                        काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                            
                         काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                                                                                        
काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                            
                         काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                                                                                        काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                            
                         काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                                                                                        काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                            
                         साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                                                                                        साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                            
                         काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...
                                                                                        काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...