Advertisement
Advertisement
Advertisement
Advertisement

सूर्ति बेच्दै परिवार धान्दै महोत्तरीकी पञ्चीदेवी

  |      12:12:00   |  
web image
web image

फागुन १०, महोत्तरी । पहेँलो साडी, निलो विनप्रुफ ज्याकेट अनि सिउँदोमा सदाबहार सिन्दूर । झट्ट हेर्दा पञ्चीदेवीको परिचय यति हो । तर, उनको जीवन भोगाइलाई नजिकबाट नियाल्ने हो भने गहिरो जीवनदर्शन भेट्न सकिन्छ ।


महोत्तरीको औरही नगरपालिका घर भएकी पञ्चीदेवीको सानैदेखि दुःख र अभाव पर्याय नै बनेको छ । उनको जीवनले घामपानी खाएको पनि ६० हिउँद छुन लाग्यो । तर, उनी आफ्नो संघर्षमा अविराम छिन् । उस्तै लय र भाकामा जीवनको ध्वनी जगाइरहन्छिन् । मधेसको भूमि, महिलालाई घुम्टोबाहिर विरलै देख्न पाइन्छ । देहातमा गरिबीको गर्तबाट जन्मिएकी पञ्चीदेवीले बामे सर्न छाडेदेखि नै वयस्क हुनुपर्‍यो । घरधन्दाको काममा सघाउपघाउमात्र होइन, साहू महाजनको बुहार्तन सहनुपर्‍यो ।

 

बालखैमा विवाह भइहाल्यो । विवाहपश्चात् पनि उनलाई गरिबीले पछ्याउन छाडेन । दपेट्न छाडेन । त्यसलाई टारेर बिहानबेलुकाको चुह्लो जगाउन उनले पसिनाको धारा खर्चिइन् । तराई-मधेसका दीन-हीनमध्ये अधिकांशको आफ्नै जमिन छैन । भूमिमा उनीहरूको हक कायम हुन सकेको छैन । साहूको जग्गामा अधियाँ गर्नु उनीहरूको अविच्छिन्न बाध्यता हो ।

 

उनले पनि साहूको जग्गामा धेरै वर्ष पसिना बगाइन् । तर, दुःखको फसलबाहेक केही हात लागेन ।

 

‘साहूको काम जति गरे पनि पैसाको मुख देख्न पाइने होइन । उही दुई(चार माना अन्नमा चित्त बुझाउनुपर्ने हो,’ उनी निराश हुँदै सुनाउँछिन् ।

श्रमले नउकासेपछि उनले काठमाडौँको बाटो पनि नतताएकी होइनन् ।

 

लगालग ४ छोरी र दुई छोरा जन्मिए । ती पनि आफूजस्तै दुःखको गर्तबाट नउकासिने भयले उनले २०७० सालमा काठमाडौंको बाटो तताइन् । श्रीमान्‌सँगै आफूले पनि घर बनाउने, ज्याला मजदुरी गर्ने ठाउँमा श्रम खर्चिइन् ।

 

कठोर श्रमले दैनिकै सहज भएन । बरु स्वास्थ्यमा समस्या पो देखिन थाल्यो । श्रीमान्-श्रीमतीलाई एकै प्रकृतिको समस्याले गाँजेपछि काठमाडौंको गौशालामा चियाचमेना बेच्न थालिन् । श्रीमान्‌ले पनि उनको छेवैमा नाङ्ले पसल सुरू गरे ।

दुईचार पैसाको मुख देख्न गाह्रो भएन । बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म सडकमै खटिन थाले । जीवन उकासिन थाल्यो ।

तर, पञ्चीदेवीको समय सधैँ एकनास चलेन । श्रीमान्को औँलामा देखिएको सानो घाउ बढ्दै गएर नाङ्ले पसल गर्न पनि सक्न छाडे । नियमित ग्राहकमध्येका एकले श्रीमान्‌लाई सुझाए, ‘श्रीमतीलाई लगाए पनि त हुन्छ नि, सकीनसकी आफैँ गर्नु भन्दा त ।’

 

यो सुन्दा सुरुमा त उनी लाजले भुतुक्कै भइन् । सूर्ति टुक्र्याएर त्यसमाथि चुना हालेर दिनु लज्जाकै विषय थियो उनका लागि । आफ्नो समुदायका महिलाहरू हिच्किचाए पनि पहाडका महिलाहरूले लाज जितेको उनले देखेकी थिइन् । र, उनले पनि काम सुरु गरिन् ।

 

सूर्ति टुक्र्याएर बेच्न सजिलो थिएन । सूर्ति मसिन्याउँदा कयौँपटक उनका औँला काटिएका छन् । तर, जीवनको रथ गुडाउन यतिको संघर्ष सामान्य हो ठान्दै उनी आफ्नो काममा कृतसंकल्प रहिन् ।


सूर्ति बेच्न पारङ्गत बनेपछि उनी अहिले आफ्नै थातथलो फर्किएकी छन् ।

‘आफ्नो गाउँठाउँजस्तो अन्यत्र कहाँ हुन्छ र रु फेरि काठमाडौंको बसाई पनि कहाँ सस्तो छ र रु दिनहुँ बढी रहेको महँगीमा सडकको कमाइले पुग्दैन नि नानी १,’ उनी महोत्तरी नै फर्कनुको कारण पनि बताउन बिर्सिन्नन्।

 

५० हिउँद काटेपछि जीवनले पहार ताप्न पाएकोमा मख्ख छिन् उनी । फागुनको सुरूवातमा भेट्दा उनी आफ्ना संघर्षका कथा चाख मान्दै सुनाइन् । यसबीचमा उनले चारवटै छोरीको विवाह पनि गरेकी छन् ।

 

‘चारवटै छोरी श्रीमान्‌का घर गइससकेका छन्’, उनी सन्तुष्ट सुनिन्छिन् ।

‘कस्तो घरमा दिनुभयो त छोरी रु,’ यो प्रश्न भुइँमा खस्न पनि पाएको थिएन ।

उनले भनिन्, ‘आफैँजस्तै गरिब तर श्रम गरेर खानेलाई दिएँ । आफैँसरहको भएपछि दहैजको लोभ गर्ने कुरा पनि आएन । मधेसमा त दहैजको ठूलो समस्या तपाईंले बुझ्नु भएकै छ नि,’ उनले अनुहार बिगार्दै भनिन् ।

 

उनी अहिले ६ सय ५० रूपैयाँको सूर्ति ल्याएर एक हजार रूपैयाँ बनाउँदी रहिछन् । दिनको एक हजार पाँच सय रूपैयाँसम्म कमाउँछिन् । हटियाको दिन भने दोब्बर हुन्छ ।

 

उनले आफ्नै कमाइबाट जेठो छोरो रघुनन्दन मण्डललाई कक्षा ८ र कान्छो जयनाथलाई ६ कक्षामा पढाइरहेकी छन् । सन्तानको पढाईमा ध्यान पुर्‍याउन सके भविष्य सुखमय हुने विश्वासमा छिन् उनी ।

फुटपाथमा त्यसरी सूर्ति बेचेर जीविकोपार्जन गर्ने महिला उनी एकमात्र हुन् । उनको व्यवसाय देखेर स्थानीय आश्चर्यमा पनि छन् ।

 

पञ्चीदेवीले आफ्नो कमाईबाट जेठो छोरो रघुनन्दनलाई कक्षा ८ मा र कान्छो छोरो जयनाथ मण्डललाई ६ मा पढाइरहेकी छन् । बिरामी श्रीमान्‌को औषधी उपचार र घर बहाल बुझाउनसमेत सहयोग मिलेको छ । यसरी बर्दिबासमा सूर्ति बेचेर जिविकोपार्जन गर्ने उनी एकमात्रै महिला हुन् ।

 

‘यसरी महिलाले सूर्ति बेचेको देखेको छैन । खसी, कुखुरा काटेर मासु बेचेको, ट्याक्टर चलाएको, हलो जोतेको देखेको भए पनि सूर्ति बेच्ने उनी एकमात्र महिला हुन्,’ बर्दिबासका शिक्षक तथा स्थानीय केदार कोइराला बताउँछन् ।

 

पञ्चीदेवी घुम्टो बाहिर निस्केर सूर्ति बेचबिखनमा रमाउनुलाई मिश्रित संस्कृतिको प्रभाव मान्नेहरू भने अरू पनि छन् ।

 

स्रोत- नेपाल प्रेस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement