वैशाख ३० काठमाडौं । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । मंगलबार स्थानिय बजारमा सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ३ हजार ७ सयले घटेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम थियो ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।