वैशाख १८,काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन भने सुन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिनपनि सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटका कारण नेपाली बजारमा समेत सुनको मूल्य घटेको हो ।
यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ७८ डलरले घट्दै प्रतिऔंस ३ हजार २२९ डलरमा कारोबार भईरहेको छ । पहिलो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि अपेक्षा गरेभन्दा कमजोर भएसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउन सक्ने आँकलनका बीच सुनको मूल्यमा भारी गिरावट आएको हो । पअिलो त्रैमासमा अमेरिकाको जीडीपी ०.३ प्रतिशतले घटेको छ । यो गिरावट पछिल्लो ३ वर्षकै पहिलो हो ।
आज स्थानिय बजारमा चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।