वैशाख १९,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन ।
आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको संघले जनाएको छ । यो दिन सुनको मूल्य १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य आज प्रतितोला १ हजार ९३० रुपैयाँ पुगेको छ ।