Advertisement
Advertisement
Advertisement
Advertisement

सालिन पोखरेल मृत्यु प्रकरणका आरोपीले पाए ‘सफाइ’

  |      13:23:00   |  
सालिन पोखरेल मृत्यु प्रकरणका आरोपीले पाए ‘सफाइ’

चैत १२ काठमाडौं । रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलकी छात्रा सालिन पोखरेलको रहस्यमय मृत्युसम्बन्धी मुद्दामा अदालतले तीन अभियुक्तलाई सफाइ दिएको छ।

आत्महत्या दुरुत्साहनको अभियोगमा पेश भएको मुद्दामा जिल्ला अदालत चितवनले दाबी नपुग्ने ठहर गर्दै सोमबार फैसला सुनाएको हो। न्यायाधीश ध्रुवकुमार ढकालको इजलासबाट सुनाइएको उक्त फैसलापछि विद्यालयका प्रिन्सिपलसहित तीनजना मुक्त भएका छन्।

२०८० फागुन १२ गते बिहान १४ वर्षीया सालिन पोखरेल स्कुल होस्टलको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि मृतकका आफन्तले ज्यानसम्बन्धी कसुरमा उजुरी दिए पनि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहनको अभियोगमा २०८० चैत ४ गते तीन जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो।

सरकारी वकिल कार्यालयले पेस गरेको अभियोगमा अदालतले प्रमाण अपर्याप्त ठहर गरेसँगै अभियुक्तहरू निर्दोष ठहरिएका हुन्। अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार आत्महत्या दुरुत्साहन पुष्टि हुने पर्याप्त प्रमाण पेश हुन नसकेकाले मुद्दा खारेज गरिएको हो।

पोष्टमार्टम रिपोर्टले मृतकमाथि कुनै किसिमको यौन दुर्व्यवहार नभएको पुष्टि गरेको थियो। घटनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए।

मुद्दामा विद्यालयका प्रिन्सिपल बालहरी देवकोटा (६०), भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी (४०) र होस्टल वार्डेन कमल शर्मा पौडेल (४८) प्रतिवादी बनाइएको थियो। उनीहरूमध्ये एक जना भाइस प्रिन्सिपल र अर्का वार्डेन हुन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement