भदौं १,काठमाडौं ।शारदा नगरपालिका-१० पैयाखर्ककी मीना पुन १२ वर्षकी मात्र थिइन्, भारतको हिमाचाल जाँदा, सानैदेखिको सपना त नर्स बन्ने थियो, तर घरको आर्थिक कारण पढाइ बीचमै रोकियो । सानै उमेरमा बुबा गुमाएकी उनकी आमा काम गर्न नसक्ने भएपछि पढाइ छाड्नु प¥यो । भारत कामका लागि दिदी-भेनासँगै गइन् ।
भारत गएको ३ वर्षमै परिवर्तन गाउँपालिका- ५ राङकाटका पूर्णबहादुर पुनसँग पे्रमविवाह गरिन् । बच्चा जन्मिएपछि घरकै काममा सीमित भइन् । श्रीमान्ले अर्को विवाहगरे पछि उनले अर्को काम गर्नु पर्ने आयो । २०७५ सालमा छोराछोरी आमालाई जिम्मा लगाएर मलेसिया गइन् । ३ बर्ष मलेसिया बसि उनी दश लाख कमाएर अब देशमा केहि गर्छु भनेर घर फर्किइन् । देशमा केहि गर्ने सोच थियो । फलस्वरुप, अटो चलाउन सिकिन् र चार लाखमा अटो किनेर चलाउन थालिन् ।त्यही अटो जीविकोपार्जनको स्रोत बनेको छ । उनी अहिले सामाजिक सेवामा पनि सक्रिय हुन थालेकी छन् । गाँउघरमा कोही बिरामी भयो भने दिनरात सेवामा जुट्छिन् । आर्थिक अवस्था कमजोर,अपांगता भएका र बिरामीलाई निस्शुल्क सेवा दिन्छिन् ।
खासमा इच्छाशक्ति भए महिलाले पनि पुरुषसरह हरेक किसिमका काम गर्न सक्छन् भन्ने जिल्लाकै गतिलो उदारहरण बनेकी छन् ।
मर्मत तेल कटाएर अटोबाट उनले दैनिक सरदर दुईहजारदेखि पच्चिस सयरुपयाँ कमाउने गर्छिन् ।छोराछोरालाई राम्रो विद्यालयमा पढाएकी छु भनिन्।