चैत २९ काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बजार नजिकैको बाँके–संग्रामपुर सडकखण्डमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ भने अर्की किशोरी घाइते भएकी छन् ।
शुक्रबार बिहान करिब श्रीनगरबाट धनकौलतर्फ गइरहेको ना ५ ख ३८५८ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । साइकलमा ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी रामदुलार महतोकी १७ वर्षीय छोरी अञ्जली कुमारी महतो सवार थिइन्। ठक्करबाट अञ्जलीको घटनास्थलमै मृत्यु भएको हो ।
साइकलको पछाडि बसेकी अञ्जलीकी १५ वर्षीय बहिनी पूजा कुमारी महतो सामान्य घाइते भएकी छन् । उनको उपचार श्रीनगरस्थित स्थानीय मेडिकलमा भइरहेको छ ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी गौरीशंकर सर्लाहीबाट प्रहरी निरीक्षक श्यामसुन्दर साहको नेतृत्वमा ४ जनाको टोली र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा १७ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
ट्रक चालक हरिवन नगरपालिका–१०, ताइवान टोलका ३१ वर्षीय लक्ष्मण विकलाई नियन्त्रणमा लिइएको छ । ट्रकसहित उनलाई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ ।
घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनास्थल प्रहरी चौकी गौरीशंकरदेखि करिब ३ किलोमिटर दक्षिणमा पर्दछ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...