Advertisement
Advertisement
Advertisement
Advertisement

समाजले 'छोरीले खेल्न हुन्न'भन्दै गर्दा आफ्नै मेहनतले यहाँसम्म आएँ :साम्बा

  |      17:08:00   |  
web image
web image

चैत १५,काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा'ले छोरीले खेल्नु हुँदैन भन्ने समाजको मान्यतालाई चिर्दै आफू अगाडि आएको बताएकी छिन् ।

विद्यालय पढ्दै गर्दा कतिपयले आफू खेलमा लागेको देखेर 'छोरीले खेल्नु हुन्न' भन्ने गरेको तर आफूले त्यसलाई बेवास्ता गर्दै अघि बढेको साम्बाको भनाइ छ । पामचोक, लमजुङ स्थायी घर भएकी उनले भनिन्, 'म विकट भेगमा हुर्किरहँदा समाजमा छोरी मान्छेलाई खेलाउनु हुन्न भन्ने गरियो । धेरैले छोरा मान्छेले मात्र खेल्नुपर्छ भन्ने धारणा राख्थे । मैले पढाइका साथ खेलललाई अगाडि बढाइरहँदा मेरा साथीहरूले खेल र पढाइलाई छाड्दै विवाह गर्न बाध्य भएका थिए ।'

अहिले सूचना प्रविधिको युग भएकाले महिलालाई अघि बढ्न पनि सहज भएको उनको भनाइ छ । जुनसुकै क्षेत्रमा लागे पनि मेहनतसाथ अगाडि बढ्नुपर्ने र आफैलाई विश्वास गर्नुपर्ने उनले बताइन् । उनले अगाडि भनिन्, 'स्पोर्ट्स सेक्टरमा भविष्य छैन भनेर विदेसिनु पर्ने हो कि भन्ने प्रश्न उठ्ने गरेको छ । आफू संलग्न क्षेत्रमा आफू कति डेडिकेटेड छु भन्ने कुरामा पनि व्यक्तिको वृत्तिविकास भर पर्छ । अहिलेको युवा पुस्ताले आफैंलाई विश्वास गर्नसक्नुपर्छ । सबैकुरामा अरुको मात्र भर नपरी अलिकति आफ्नै साइडबाट पनि मेहनत गर्नुपर्छ ।'

आफूले के गरिरहेको छु भन्ने परिवारलाई नै थाहा नभएको उनको भनाइ छ । 'हामीले परिवारलाई दिन सक्ने मेडलबाहेक केही हुँदैन । मैलै आफ्नो देशको प्रतिनिधित्व गरेर अगाडि बढिरहेको छु तर मेरा बुवाआमालाई त्यति पनि थाहा छैन । उहाँहरू साक्षर नभएकाले पनि मैले के गर्दैछु भन्ने उहाँहरूलाई थाहा छैन,'उनले भनिन् ।

'खेलेर जीविकोपार्जन पनि गर्छु र देशलाई पनि चिनाउँछुु भन्ने कुरा आफूमा निर्भर हुने कुरा भएको उनको भनाइ छ । उनले भारत र माल्दिभ्सका लिग पनि खेलेको उल्लेख गर्दै आफ्नै मेहनतले अगाडि बढ्न सफल भएको बताइन् । उनले भनिन्, संस्थाले के दियो भन्दा पनि मैले के दिएँ भन्ने कुरा महत्त्वपूर्ण हो जस्तो लाग्छ मलाई ।'

जीविकोपार्जनका साथै देशको प्रतिनिधित्व कुन तहसम्म पुर्‍याउने भन्ने कुरा आफूमा निर्भर हुने कुरा उनले दोहोर्‍याइन् ।

थोरै लगानीमा पनि नेपाली राष्ट्रिय महिला फुटबल टिमले धेरै रिजल्ट दिएको उनले बताइन् । उनले खेल क्षेत्रमा धेरैजना ग्रामीण भेगबाट आएको र गरिब परिवारका भएकाले पनि सरकार र सरोकारवाला संस्थाले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले अगाडि भनिन्, 'अधिकांश खेलाडी ग्रामीण भेगबाटै हुनुहुन्छ । हामी गरिब परिवारबाटै आएका छौं । स्पोर्ट्स सेक्टरमा कम लगानीमा पनि साथीहरूले मेहनत गर्नु भएको छ । खेलुन्जेल त बाँचिन्छ । तर त्यसपछि खेलाडीको जीवन कसरी सहज बनाउने भन्नेबारे सरकारले सोच्नुपर्छ । खेलुन्जेल त हामीले परिवारलाई पैसा दिन्छौँ त्यसपछि के गर्ने ?'

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement