Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीमानकै योजनामा चुनुकुमारीको हत्या, धरानको जंगलमा भेटिएको थियो शव

  |      17:10:00   |  
श्रीमानकै योजनामा चुनुकुमारीको हत्या, धरानको जंगलमा भेटिएको थियो शव

वैशाख ४ काठमाडौं । धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको श्रीमान् प्रेम दाहालको योजनामा हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार श्रीमान् प्रेम दाहालले आफ्नी श्रीमतीको हत्याका लागि भारु पाँच लाखको सुपारी दिएका प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित पञ्चकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेका थिए।

प्रहरी अनुसन्धानबाट वैदेशिक रोजगारीका लागि कोरियामा रहेका प्रेम दाहाल आफ्नी श्रीमतीको हत्याका लागि योजना बनाई कोरियाबाट नेपाल आएको खुलेको छ। प्रहरी अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, ‘श्रीमानले भारु पाँच लाख रुपैयाँमा सुपारी दिएको र त्यसपछि हत्या गर्नका लागि एक भारतीय नागरिक आएका थिए। श्रीमानले श्रीमतीको हत्याका लागि पहिले नै ३० हजार रुपैयाँ एडभान्स दिएको र बाँकी रकम काम सम्पन्न भएपछि दिने सर्त रहेको थियो। ’ 
प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। अनुसन्धानले यस घटनामा कुल ६ जनाको संलग्नता रहेको देखाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भिम दाहालले घटनाबारे थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताए। ‘यस  घटनामा केही व्यक्तिलाई पक्राउ गरिएको छ। पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिनेछौं,’ उनले भने।
सुनसरी प्रहरीले पक्राउ परेकाहरूको विरुद्धमा कर्तव्य ज्यान मुद्दामा सुनसरी अदालतमा म्याद थपका लागि पेश गरेको छ। प्रहरीले पत्रकार सम्मेलनपछि मात्रै पक्राउ परेका व्यक्तिहरूको पहिचान सार्वजनिक गर्ने जनाएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिका २ की चुनुकुमारी दाहाल बुढाथोकी करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन्। उनको माइती महालक्ष्मी नगरपालिका १ मा रहेको छ।

प्रहरीले अहिलेसम्म हत्याको कारण खुलाएको छैन। आज अपराह्न ५ बजे इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement