Advertisement
Advertisement
Advertisement
Advertisement

शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?

  |      10:28:00   |  
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?

वैशाख ९ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराइले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री भट्टराईबिच आज दिउँसो छलफल भएको थियो । त्यससलगत्तै उनले राजीनामा दिएकी हुन् । 
जबकि आज बस्ने मन्त्रिपरिषद् बैठकमा शिक्षा मन्त्रालयले शिक्षकहरू माग मुद्दा सम्बोधन गर्न सात बुँदे प्रस्ताव लैजाने तयारी थियो । त्यसका लागि नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँगको आइतबारको छलफलमा अब बस्ने (आज) मन्त्रिपरिषद् बैठकमा सरकारले गर्न सक्ने विषयहरू लैजाने बताएकी थिइन । 

शिक्षा मन्त्रालयले बाल विकास शिक्षकको तलब हाल १७ हजार ३ सय बनाउने, शिक्षकहरूको मर्यादाक्रम कायम गर्ने, ग्रेड समायोजन गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुट व्यवस्था गर्ने, दुर्गम भत्ताको व्यवस्था गर्नेलगायत प्रस्ताव शिक्षा तयार पारेर मन्त्रिपरिषद्मा पेस गर्ने तयारी थियो । तर, प्रस्ताव पेस गर्न केही घण्टा अगाडि उनले राजीनामा दिइन् । 
उनले राजीनामालगत्तै मन्त्री क्वार्टर पनि छाडिन् । उनको सचिवालय स्रोतका अनुसार राजीनामा बुझाएलगत्तै उनी निस्किएकी थिइन् । राजीनामाअघि प्रधानमन्त्रीसँग उनले केके विषयमा छलफल गरिन्, त्यो भने बाहिर आउन सकेको छैन । 
स्वकीय सचिव अशेष पोखरेलले भने भट्टराईको राजीनामा स्वास्थ्यका कारण आएको बताएका छन् । 
भट्टराईले शिक्षकका माग सम्बोधन गर्न अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितता माग गरेकी थिइन । अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा उनले शिक्षकहरूको तत्काल माग सम्बोधन गर्नुपर्ने विषयहरूमा आवश्यक बजेटको व्यवस्था गर्न अनुरोध गरेकी थिइन् । तर अर्थमन्त्री पौडेलले बजेट दिन नसकिने प्रस्ट पारेका उनीनिकट स्रोत बताउँछ । त्यसपछि भट्टराईले सोही जानकारी प्रधानमन्त्रीलाई समेत गराएकी थिइन् । प्रधानमन्त्रीसमेत प्रस्ताव कार्यान्वयनका लागि सहमत भएनन् र उनी राजीनामाको मुडमा पुगेकी थिइन् । 

सरकारबाटै असहयोग !

शिक्षकहरूले गत माघ २० गतेदेखि आन्दोलन थालेका थिए । त्यही वेला पहिलो दोस्रो गरेर चरणबद्ध आन्दोलन थालेका थिए । र चैत २० गतेदेखि अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्ने चेतावनी उहीवेला दिएका थिए । 

मन्त्री भट्टराई त्यही वेलादेखि शिक्षकका माग सम्बोधन गर्न लागिपरेकी थिइन् । त्यस्तै विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै उनले तदारुकता देखाएकी थिइन् । यसमा लबिङ गर्दै आएकी थिइन् ।शिक्षकहरूबाट ठुलो दबाबमा परेकी भट्टराईले प्रधानमन्त्री, अर्थमन्त्री तथा पार्टीबाटै साथ पाउन सकेकी थिइनन् । 

प्रधानमन्त्री ओलीले शिक्षा र शिक्षकहरूको विषयमा जथाभावी बोल्दै हिँडेको विषयमा समेत उनको आपत्ति थियो । प्याब्सनको कार्यक्रममा निजी विद्यालयलाई लगानी गर्न प्रोत्साहित गर्दै सरकारले लगानी सुरक्षित गर्ने बताएका थिए । भट्टराईले उक्त विषयमा समेत असन्तुष्टि व्यक्त गरेकी थिइन् । 

पार्टीको बैठकमा नेताहरूसँग प्रधानमन्त्रीको उक्त भनाइको प्रतिवाद गर्दै संविधान पढ्न सुझाव दिएकी थिइन् । संविधानले निःशुल्क शिक्षाको ग्यारेन्टी गरेको तर, निजी विद्यालयलाई थप लगानी गर्न प्रोत्साहित गर्नु संविधानविपरीत हुने उनको तर्क थियो । 

त्यस्तै शिक्षकहरूको समेत अपमान गराउनेगरी सार्वजनिक अभिव्यक्ति दिने गरेको भन्दै उनले पार्टी निकटसँग दुःख व्यक्त गर्ने गरेकी थिइन् । मन्त्री भट्टराईले पदभार ग्रहण गरेदेखि नै आफू काम गर्न आएको र काम गर्न नसकेको खण्डमा राजीनामा दिने बताएकी थिइन् । 

विद्यालय शिक्षा ऐन जति चाँडो ल्यायो त्यति नै शिक्षामा विद्यमान समस्या समाधान गर्न बाटो खुल्ने उनले बताउँदै आएकी थिइन् ।  सोहीअनुसार उनी सरकारको तर्फबाट विद्यालय शिक्षा ऐन जारी गराउन सम्भव भएका सबै बैठकमा उपस्थित हुने गरेकी थिइन् । 

२० दिनदेखि शिक्षकहरू आन्दोलनमा रहेका वेला प्रधानमन्त्री ओली विदेश तथा देश दौडाहमा थिए । मन्त्रालय तहबाट समस्या समाधान गर्न नसकिने विषय भए पनि प्रधानमन्त्री घुमघाममा मस्त थिए । ुएक्लीु शिक्षामन्त्री अहोरात्र खटिएकी थिइन् । 

शिक्षकहरूसँगको छलफलमा समेत उनले ऐन जारी गराउन सरकारको तर्फबाट कस्तो प्रतिबद्धता जनाउनुपर्ने हो, त्यो आफूले जनाउने बताएकी थिइन् । तर, शिक्षकहरूले आन्दोलन रोकेर घर फर्किनुपर्ने बताएकी थिइन् । शिक्षकहरूले ऐन जारी नहुँदासम्म कुनै हालतमा आन्दोलन नरोकिने बताएका थिए । त्यसपछि शिक्षा मन्त्रालय सर्तविना साँतबुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजान तयार भएको थियो । र आजको बैठकमा पेस गर्ने तयारी थियो । 

प्रधानमन्त्री र शिक्षामन्त्रीबिच सुरुदेखि नै तालमेल मिलेको थिएन । प्रधानमन्त्रीले शिक्षामन्त्रीको कुरै सुन्दैनन् भन्दै शिक्षा मन्त्रालयका उच्च तहका अधिकारीहरू अनौपचारिक गफमा कुरा गर्थे । 

चैत १५ गते त्रिभुवन विश्वविद्यालय उपकूलपति प्राडा केशरजंग बरालले राजीनामा दिँदासमेत फिर्ता गराउनुपर्छ भनिरहेकी थिइन् । त्यसका लागि प्रधानमन्त्री समक्षसमेत कुरा गरेकी थिइन् । तर, प्रधानमन्त्रीले राजीनामा दिएको दुई सातापछि मात्रै स्वीकृति गरेका थिए । 

त्यस्तै त्रिभुवन विश्वविद्यालयको जग्गासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने अडानमा शिक्षामन्त्री थिइन् । तर, प्रधानमन्त्रीले त्यसमा कुनै प्रतिक्रिया जनाएका थिएनन् । विगतदेखि नै प्रधानमन्त्री टसलमा रहेकी शिक्षामन्त्रीले शिक्षकहरूको आन्दोलन र उनीहरूका माग मुद्दा सम्बोधन गराउन नसकेपछि राजीनामा दिन बाध्य भएकी हुन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement