Advertisement
Advertisement
Advertisement
Advertisement

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

  |      13:54:00   |  
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

वैशाख ११ काठमाडौं ।  स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिईएको हो । 
वालिङ नगरपालिका वडा नं। २ मा भएको तालिमकोे समापन गर्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशीलतामा जोड्न लागिएको बताए । उनले भने, ‘महिलालाई आर्थिक रुपमा सवल बनाउन माटो सुहाँउदो खेती आवश्यक छ ।’ सकारात्मक सोचका साथ काम गर्ने हो भने सफलता सहजै प्राप्त हुने उहाँको भनाई छ । व्यवहार परिवर्तन,मेलमिलाप,सहकार्य अहिलेको आवश्यक्ता भएको उनले बताए । 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले विकास निर्माण र सामाजिक कार्यमा महिलाहरुको सहभागिता बढ्दो रहेको बताए । व्यवहार परिवर्तन र जिम्मेवारी बोधका कारण महिलाहरुको सहभागिता बढेको उनको भनाई छ । 
दीगो उत्पादन  तथा यसको बजारीकरणका लागि पालिकाले काम गरिरहेको अधिकृत सुवेदीले बताए । 
महिलाहरुको सक्रियता समाज परिवर्तनका लागि महत्वपूर्ण रहने वडा नं। २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताए । महिलाको पहुँच बृद्धि र व्यवहारपरिवर्तनका लागि आधारशिला तालिम प्रभावकारी हुनेमा जोड दिए । 
चक्रदेवी स्वावलम्वी सुन्तला उत्पादक महिला कृषक समूहका ३२ जना सदस्यहरुका लागि तीन दिने आधारशिला तालिम प्रदान गरिएको परियोजनाका सामुदायिक सहजकर्ता सुस्मिता पौड्यालले जानकारी दिइन् । 
तालिममा पौड्याल सहित विष्णु न्यौपाने र बुद्धिप्रसाद सिग्देलले सहजिकरण गरेका थिए । 
वालिङ नगरपालिकाका वडा नं। १ देखि ७ सम्म सञ्चालन भईरहेको परियोजनामा एक हजार ६ सय महिला आवद्ध रहेका छन् । जसमा ५६ वटा समूह गठन भएको परियोजनाले जनाएको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement