वैशाख ९ काठमाडौं । धनुषामा विष सेवनबाट तीन छोराछोरीको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको छ।
धनुषाको सहिदनगर नगरपालिका-५ बासुदेपट्टी बस्ने सुशीलकुमार साहकी २५ वर्षीया पत्नी बबिताकुमारी साहले सोमबार साँझ ८ वर्षीय छोरा अदित्य साह, ५ वर्षीया छोरी कृति साह र ३ वर्षीया छोरी प्रीतिकुमारी साहलाई विष खुवाएर आफूले पनि सेवन गरेको धनुषा प्रहरीले जनाएको छ।
विष सेवनबाट अवस्था गम्भीर भएको परिवारले थाहा पाएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए। उपचारका क्रममा बच्चाहरूलाई चिकित्सकले मृत घोषित गरेका थिए भने गम्भीर अवस्थामा रहेकी बबिताको उपचार जनकपुरकै रामजानकी अस्पतालमा भैरहेको छ।
बबिताको गर्भमा रहेको बच्चालाई शल्यक्रिया मार्फत निकालिएको छ। सुत्केरी गराउने समय पूरा भैसकेको हुनाले नवजात शिशुको अवस्थामा सामान्य रहेको अस्पतालले जनाइएको छ।
नवजात छोराको स्वास्थ्य अवस्था सामान्य रहेको र आमा बबिताको अवस्था चिन्ताजनक रहेको बुझिएको छ।
घरायसी विवादका कारण बबिताले छोराछोरीलाई खानामा विष मिसाएर खुवाएको र आफूले पनि खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको धनुषा प्रहरीले जनाइएको छ। यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले रौतहटले जनाएको छ।
वैशाख १६ काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको...
वैशाख १६ काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजुमा एकजना महिलाले आफैँलाई आगो...
वैशाख १६ काठमाडौं । घरभित्रको पीडा, असमझदारी र झगडापछि आक्रोशमा एक आमाले चालेको कदमले...
वैशाख १६ काठमाडौं । साहित्यकार तथा २०७४ की मदन पुरस्कार बिजेता डा नीलम कार्की निह...
वैशाख १५ काठमाडौं । भारतको ओडिसास्थित गंजम जिल्लामा बलात्कारको मुद्दामा जेल परेका २६...
वैशाख १५ काठमाडौं । कैलालीमा साढे दुई किलो चरेस र करीब चार ग्राम लागुऔषध खैरो हेरोईनसहित चार...
वैशाख १५ काठमाडौं । ललितपुर महानगरपालिकाले भोलिदेखि (वैशाख १६ गते) सबै सामुदायिक विद्यालय...
वैशाख १५ काठमाडौं । पर्सामा इँटाभट्टाले बनाएको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।...
वैशाख १५ काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार...