वैशाख २३,काठमाडौं । विवाहको विषयमा विवाद हुँदा हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ घर भएका ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहान छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौहानविरुद्ध कर्तव्य ज्यानको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
पोखरिया–६ का ३३ वर्षीय धर्मेन्द्रप्रसाद चौहानको पोखरिया–५ कि निशा कुमारी चौहानसँग ४ वैशाख २०७६ मा विवाह भएको थियो । विवाह सम्पन्न भएपछि बेहुली बिदाइ गर्न नमानेको विषयमा केटा पक्ष र केटी पक्षबीच विवाद भएको थियो ।
यही रिसइबीलाई लिएर ९ वैशाख २०७९ को दिउँसो २ बजेतिर पोखरिया–४ उद्यान अंग्रेजी बोर्डिङ स्कुलको प्रांगणमा आपसमा झगडा भएको थियो । झगडाको क्रममा बेहुलाका बुवा शंकर प्रसाद महचो चाइको टाउकामा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा ११ असार २०७९ मा काठमाडौंस्थित शहिद गंगालाल अस्पतालमा मृत्यु भएको थियो ।
सोही घटनामा उनी पक्राउ परेका हुन् ।